Sikshya Plus Get appGet the app free
Class 11 · Social Studies

किशोरावस्था र स्वास्थ्य जीवनशैली – Class 11 Social Studies Notes and Solutions

Complete solutions and answers for “किशोरावस्था र स्वास्थ्य जीवनशैली”, a chapter in Class 11 Social Studies (NEB exam preparation). This page covers एकाइको सार (Unit Overview), प्रमुख अवधारणाहरू (Key Concepts), अभ्यासका प्रश्नोत्तर (Textbook Exercise Solutions) and सिर्जनात्मक तथा सामुदायिक कार्य (Creative & Community Activities).

  • Free, no login needed
  • 6 min read
  • Updated 20 November 2026

Chapter at a glance

कक्षा 11 सामाजिक अध्ययन अन्तर्गत किशोरावस्था र स्वास्थ्य जीवनशैली को एकाइको सार, प्रमुख अवधारणाहरू, पाठ्यपुस्तकका अभ्यास समाधान तथा सामुदायिक कार्यको विस्तृत संकलन।

  • किशोरावस्था र स्वास्थ्य जीवनशैली को अवधारणा र पृष्ठभूमि
  • किशोरावस्था र स्वास्थ्य जीवनशैली का प्रमुख तत्व तथा आयामहरू
  • समाज र राष्ट्रिय विकासमा यसको उपादेयता
  • किशोरावस्थाको परिभाषा र यसको उमेर सीमा (१० देखि १९

Exam focus: किशोरावस्थामा देखिने शारीरिक र मानसिक परिवर्तनहरूको सूची बनाएर याद गर्नुहोस्। यो उमेरमा किन चुनौतीहरू उत्पन्न हुन्छन् (जस्तै: हर्मोनको परिवर्तन, संवेगात्मक अस्थिरता) भन्ने कारणहरू स्पष्टसँग बुझ्नुहोस्। किशोरकिशोरीलाई स्वस्थ जीवनशैली किन चाहिन्छ र यसले उनीहरूको भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा आफ्नै शब्दमा उत्तर लेख्न अभ्यास गर्नुहोस्।

Key formulas and definitions

  • किशोरावस्था र स्वास्थ्य जीवनशैली को मूल मर्म र सामाजिक मूल्य
  • नागरिक सक्षमता तथा जीवनोपयोगी सिप
  • सकारात्मक सोच र सामाजिक रूपान्तरण
On this page (5 sections)
  1. एकाइको सार (Unit Overview)
  2. प्रमुख अवधारणाहरू (Key Concepts)
  3. अवधारणाकिशोरावस्था र स्वास्थ्य जीवनशैली: मुख्य अवधारणाहरू र सिकाइ बिन्दुहरू
  4. अभ्यासका प्रश्नोत्तर (Textbook Exercise Solutions)
  5. सिर्जनात्मक तथा सामुदायिक कार्य (Creative & Community Activities)

Solutions and answers

Class 11 undefined · एकाइ ११ (स्वास्थ्य सेवा र सामाजिक विकास)

एकाइको सार (Unit Overview)

--

परिवार, विद्यालय र समाजको सकारात्मक सहयोगले भविष्य निर्माणमा पार्ने प्रभावबारे।

शारीरिक तथा मानसिक परिवर्तन: यौन अङ्गको विकास, स्वप्नदोष, महिनावारी, हस्तमैथुनको बानी, गहिरो ढङ्गले सोच्ने क्षमताको विकास र भविष्यको योजना बनाउने प्रवृत्ति।

संवेगात्मक र सामाजिक अस्थिरता: छिट्टै रिसाउने, खुसी हुने, हडबडाउने, अभिभावकको कुरामा विमति जनाउने, जोखिम मोल्ने र साथीसङ्गतको प्रभावमा पर्ने।

किशोरावस्था भनेको भविष्यको सुदृढ आधार निर्माण गर्ने सुनौलो समय हो। यस चरणमा किशोरकिशोरीहरूमा असीमित ऊर्जा, जिज्ञासा र सिर्जनशीलता हुन्छ। यदि उनीहरूलाई सही परामर्श, सकारात्मक सोच र उचित वातावरण प्रदान गरियो भने उनीहरूले समाजका नकारात्मक कुराहरूलाई परिवर्तन गरी देशको विकासमा ठुलो योगदान पुर्‍याउन सक्छन्। यसैले, शारीरिक तथा मानसिक परिवर्तनलाई सहज रूपमा आत्मसात् गर्दै स्वस्थ जीवनशैली अपनाउनु अत्यन्त जरुरी छ।

कक्षा 11 को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पाठ्यक्रम अन्तर्गत "किशोरावस्था र स्वास्थ्य जीवनशैली" एक अत्यन्त महत्त्वपूर्ण पाठ हो। यसले विद्यार्थीहरूलाई सामाजिक, नागरिक तथा व्यावहारिक जीवनका विविध आयामहरूबारे सुसूचित गराउँछ।

यस पाठको गहन अध्ययनबाट विद्यार्थीहरूमा सकारात्मक चिन्तन, सामाजिक सद्भाव, सहअस्तित्व, नागरिक दायित्व र व्यावहारिक जीवनोपयोगी सिपहरूको सर्वाङ्गीण विकास हुन्छ।

प्रमुख अवधारणाहरू (Key Concepts)

अवधारणाकिशोरावस्था र स्वास्थ्य जीवनशैली: मुख्य अवधारणाहरू र सिकाइ बिन्दुहरू

  • किशोरावस्थाको परिभाषा र यसको उमेर सीमा (१० देखि १९ वर्ष) बारे: किशोरावस्थाको परिभाषा र यसको उमेर सीमा (१० देखि १९ वर्ष) बारे।
  • यस अवस्थामा हुने तीव्र शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक परिवर्तनहरूबारे: यस अवस्थामा हुने तीव्र शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक परिवर्तनहरूबारे।
  • किशोरावस्थामा सामना गर्नुपर्ने प्रमुख चुनौतीहरू र तीबाट बच्ने उपायहरूबारे: किशोरावस्थामा सामना गर्नुपर्ने प्रमुख चुनौतीहरू र तीबाट बच्ने उपायहरूबारे।
  • किशोरावस्था र स्वास्थ्य जीवनशैली को सैद्धान्तिक तथा व्यावहारिक पक्षको समन्वयात्मक बुझाइ: किशोरावस्था र स्वास्थ्य जीवनशैली को सैद्धान्तिक तथा व्यावहारिक पक्षको समन्वयात्मक बुझाइ।
  • समसामयिक समाजमा यस विषयको प्रभावकारिता र उत्तरदायी नागरिकको भूमिका: समसामयिक समाजमा यस विषयको प्रभावकारिता र उत्तरदायी नागरिकको भूमिका।

अभ्यासका प्रश्नोत्तर (Textbook Exercise Solutions)

अभ्यासका विषयहरू

किशोरावस्थाको परिचय दिनुहोस्।

किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो, किन?

किशोरावस्थाका मुख्य चुनौतीहरूको सूची तयार पार्नुहोस्।

किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ? कारणहरू उल्लेख गर्नुहोस्।

१. किशोरावस्थाको परिचय दिनुहोस्।

शारीरिक विकासका विभिन्न चरणहरूमध्ये किशोरावस्था एउटा महत्त्वपूर्ण चरण हो। १० देखि १९ वर्षसम्मको उमेर समूहलाई किशोरावस्था भनिन्छ। साधारण शब्दमा भन्नुपर्दा, बाल्यावस्था र युवावस्था बिचको उमेरलाई किशोरावस्था भनिन्छ। यस अवस्थामा केटा र केटी दुवैमा शारीरिक परिवर्तन देखा पर्नुका साथसाथै मानसिक स्थितिमा समेत परिवर्तन आउँछ। यसै बेलादेखि केटा र केटीमा यौवनको सुरुवात हुन्छ। यो उमेरमा अरूको देखासिकी गर्न मन पराउनुका साथै व्यक्ति विपरीत लिङ्गीप्रति आकर्षित हुन थाल्छ।

किशोरावस्थामा किशोरकिशोरीहरूमा तीव्र रूपमा शारीरिक तथा मानसिक परिवर्तन हुने अवस्था हो। यो उमेरमा हुने शारीरिक तथा मानसिक परिवर्तनले उनीहरूका सोचाई, आशा, आकाङ्क्षा जस्ता कुराहरू समाज र परिवारले तोकेको वा मान्दै आएको विश्वास तथा मान्यताहरूभन्दा फरक हुन सक्छन्। जसले गर्दा किशोरकिशोरीले आफूलाई असहज र अप्ठ्यारो स्थितिमा भएको महसुस गर्न सक्छन्। यो बेला उनीहरूलाई आफूमा आएको परिवर्तनलाई सजिलै आत्मासात् गर्न सक्ने बनाउनका लागि उचित ज्ञान दिनु आवश्यक हुन्छ। यस्तो स्थितिमा उचित वातावरण (शिक्षा, सूचना तथा परामर्श आदि) को अभाव हुन दिनु हुँदैन। उचित वातावरण सिर्जना गरी किशोरकिशोरीलाई परिवर्तनको क्रममा हुने विभिन्न उतारचढावहरूलाई व्यवस्थापन गर्न सक्ने बनाउनुपर्छ। किशोरावस्था र यसमा हुने शारीरिक, संवेगात्मक र सामाजिक परिवर्तनहरू प्राकृतिक हुन् भनी बुझाउनुका साथै किशोरावस्थामा हुने परिवर्तनहरू जस्तै: यौन अङ्गको विकास हुने, हस्तमैथुन गर्ने बानी बस्ने, स्वप्नदोष हुने र महिनावारी हुने जस्ता परिवर्तनका प्रचलित धारणाहरूबारे जानकारी गराइरख्नुपर्छ।

२. किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो, किन?

किशोरावस्था भनेको एउटा व्यक्तिको जीवनको त्यो समयावधि हो जतिबेला ऊ बालक त रहँदैन, तर युवा पनि भइसकेको हुँदैन। विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्षको उमेर समूहको व्यक्तिलाई किशोरकिशोरी भनेको छ।

किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो। यस बेला व्यक्ति विभिन्न शारीरिक तथा मानसिक परिवर्तनहरूबाट गुज्रिन्छ। यस अवस्थामा किशोरकिशोरीहरूले आफ्नो शरीरमा आउने थुप्रै परिवर्तनहरू र मनमा आउने भावनाहरूको सामना गर्नुपर्ने हुन्छ। यस बेला किशोरकिशोरीहरूमा आफ्नो परिवार र साथीसङ्गीहरूसँगको भावनात्मक तथा संवेगात्मक सम्बन्धमा परिवर्तन आउँछ। उसले सामाजिक अपेक्षाहरू र आफूप्रतिको हेराइमा परिवर्तन आएको अनुभूति गर्छ। उसको शारीरिक विकास हुँदा यौनिक आकर्षण बढ्दै जाने र परिपक्वता आउने हुन्छ।

किशोरावस्थामा किशोरकिशोरीहरू कुनै पनि कुरामा गहन ढंगले सोच्न सिकिरहेका हुन्छन्, जसको आधारमा उनीहरू भविष्यका लागि योजना निर्माण गर्न खोज्छन्। किशोरावस्थामा आफूलाई मन लाग्ने कुरामा परीक्षण गर्ने, जोखिम वा खतरा मोल्ने जस्ता कार्यहरू गर्नु सामान्य हो र यस्ता कार्यहरू सही निर्णय गर्न सक्ने सीप विकास गर्ने प्रक्रियाको एउटा पाटो पनि हो।

किशोरावस्थामा साथीभाइहरू र जेठाबाठाहरूले गरेका व्यवहारको सकारात्मक तथा नकारात्मक दुवै असर पर्छ। वयस्क मानिसहरूले यस्ता कुरामा ध्यान पुर्‍याई मुख्यतया खराब व्यवहार र नकारात्मक सोचाईले पार्न सक्ने असरहरूको बारेमा छलफल गरी सही विकल्प छान्ने काममा किशोरकिशोरीहरूलाई सहयोग गर्नुपर्छ। कम्तीमा पनि परिवार तथा समाजका वयस्क व्यक्तिको एउटा मात्र सकारात्मक सहयोग तथा अभिभावकको प्रभावले किशोरावस्थाको वृद्धि, विकास र परिवर्तनलाई आत्मसात् गराउन सहयोगी भई आइपर्ने तनावसँग जुध्न, धैर्यता राख्न तथा प्रफुल्ल रहन सघाउ पुग्छ।

३. किशोरावस्थाका मुख्य चुनौतीहरूको सूची तयार पार्नुहोस्।

किशोरकिशोरीहरूले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। यो उमेर उनीहरूको पहिचान खोज्ने उमेर हो। एकातिर उनीहरूलाई आफ्नो काम, व्यवहार र व्यक्तित्वले आफ्ना साथी समूहमा स्थापित हुनुपर्ने हुन्छ भने अर्कोतिर आफ्ना स्वप्निल सपनाको दुनियामा हराउने हुँदा उनीहरूको महत्त्वाकाङ्क्षा वा सपना पूरा नहुन सक्ने अवस्था हुन्छ। संसार जित्ने कल्पनामा रमाउने यस उमेरका किशोरकिशोरीको कल्पनाशीलताको जहाजलाई कसरी सफल अवतरण गराउने त्यो अर्को चुनौतीका रूपमा रहेको हुन्छ। उनीहरूको कल्पना शक्तिलाई सिर्जनशीलतातिर जोड्न सकेमा उनीहरू भोलि सफल सर्जक बन्न सक्छन्। यो उमेरलाई आँधी र तुफानको उमेरका रूपमा लिइने कारण यस अवस्थाका किशोरकिशोरीहरू हतास र निराश हुन्छन्।

किशोरावस्थाका मुख्य चुनौतीहरू यसप्रकार रहेका छन्:

अत्यधिक रूपमा मानसिक र शारीरिक परिवर्तन हुनु,

काम गराइमा हडबडाउने बानी हुनु,

अभिभावकका विचार र काम गराइमा विमति जनाउनु,

छिट्टै रिसाउने र खुसी हुने जस्ता संवेगात्मक अस्थिरता,

हर्मोनमा हुने परिवर्तन र मनोवैज्ञानिक दबाब,

बढ्दो साथी सङ्गत र घुलमिलले अपराध र दुर्व्यसनतिर प्रवृत्त हुने सम्भावना।

सिर्जनात्मक तथा सामुदायिक कार्य (Creative & Community Activities)

४. किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ? कारणहरू उल्लेख गर्नुहोस्।

किशोरावस्था मानिसको जीवनको महत्त्वपूर्ण अवस्था हो। यो अवस्थामा उनीहरूले प्राप्त गर्ने माया, सहयोग, संस्कार, शिक्षा आदिले उनीहरूको भविष्यको आधार तय गर्छ। राम्रो वातावरण पाएमा उनीहरू असल, सफल र सुसंस्कृत मानिस बन्न सक्छन्। अनुकूल वातावरणको अभावमा उनीहरू असफल र अपराधी पनि बन्न सक्छन्। त्यसैले हामीले किशोरकिशोरीको मनोविज्ञान कति बुझ्ने गरेका छौँ र उनीहरूको अवस्थालाई कति महत्त्वले हेरेका छौँ? भन्ने प्रश्न महत्त्वपूर्ण छ।

उनीहरूको हुर्काइमा विभिन्न विषयले प्रभाव पारिरहेको हुन्छ। पारिवारिक वातावरण, विद्यालय, साथी, समाज आदिका माध्यमबाट उनीहरूले जीवनका चौतर्फी ज्ञानहरू सिक्ने अवसर प्राप्त गर्छन्। यही क्रममा उनीहरूले जीवनको बाटो छान्छन्। यस अवस्थामा ध्यान पुगेन भने उनीहरू राष्ट्र निर्माता नबनेर राष्ट्रका ध्वंशक तत्व पनि बन्न सक्छन्।

किशोरावस्था जीवनको एउटा आकर्षक र सम्भवतः सबैभन्दा विषम अवस्था पनि हो। यस बेला किशोरकिशोरीहरूले नयाँ जिम्मेवारी र आत्मनिर्भरताको प्रयोग र परीक्षण गर्ने गर्छन्। उनीहरू आफ्नो अस्तित्व खोज्छन्, सानो बच्चाको बेलामा थाहा पाएका मूल्यमान्यताहरू प्रयोग गर्न सिक्छन्। एउटा कृपालु, मानवीय, दयालु तथा उत्तरदायी वयस्क हुन सहयोग गर्ने सीप विकास गर्छन्। यदि किशोरकिशोरीहरूलाई मानवीय भावनाले वयस्कहरूद्वारा सहयोग र प्रोत्साहित गरियो भने उनीहरूले अप्रत्याशित ढंगले प्रगति गर्न सक्छन्। उनीहरू स्रोतहरूले भरिपूर्ण हुन्छन् साथै परिवार र समाजका लागि योगदान गर्न सक्छन्। ऊर्जा, जिज्ञासा तथा उत्साहले भरिपूर्ण किशोरकिशोरीले समाजमा रहेका नकारात्मक व्यवहारहरू परिवर्तन गर्ने र एक पुस्ताबाट अर्को पुस्तामा स्थानान्तरण हुँदै आएको हिंसा तथा भेदभावको श्रृङ्खलालाई समाप्त गर्ने क्षमता राख्छन्। सिर्जनशीलता, असीमित ऊर्जा र उत्साहको कारण किशोरकिशोरीहरूले यस समाजलाई नै आश्चर्यचकित ढंगले परिवर्तन गर्नुका साथै संसारलाई उनीहरूका लागि मात्र नभई सम्पूर्णका लागि एउटा योग्य स्थान बनाउन सक्छन्।

सामुदायिक सचेतना तथा व्यवहारिक परियोजना कार्य:

पाठ "किशोरावस्था र स्वास्थ्य जीवनशैली" को मूल सन्देशलाई स्थानीय परिवेशमा अवलम्बन गर्दै सरोकारवाला निकाय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन विद्यार्थी समूहद्वारा सचेतनामूलक छलफल तथा अन्तरक्रिया सञ्चालन गर्नुहोस्।

स्थानीय स्तरमा देखिएका अवसर र चुनौतीहरूको पहिचान गरी समस्या समाधानका रचनात्मक उपायहरू प्रस्तुत गर्नुहोस्।

Frequently asked questions

What is किशोरावस्था र स्वास्थ्य जीवनशैली about?

कक्षा 11 सामाजिक अध्ययन अन्तर्गत किशोरावस्था र स्वास्थ्य जीवनशैली को एकाइको सार, प्रमुख अवधारणाहरू, पाठ्यपुस्तकका अभ्यास समाधान तथा सामुदायिक कार्यको विस्तृत संकलन।

Which topics are covered in किशोरावस्था र स्वास्थ्य जीवनशैली?

Class 11 Social Studies “किशोरावस्था र स्वास्थ्य जीवनशैली” covers: किशोरावस्था र स्वास्थ्य जीवनशैली को अवधारणा र पृष्ठभूमि; किशोरावस्था र स्वास्थ्य जीवनशैली का प्रमुख तत्व तथा आयामहरू; समाज र राष्ट्रिय विकासमा यसको उपादेयता; किशोरावस्थाको परिभाषा र यसको उमेर सीमा (१० देखि १९.

What should I focus on in किशोरावस्था र स्वास्थ्य जीवनशैली for the exam?

किशोरावस्थामा देखिने शारीरिक र मानसिक परिवर्तनहरूको सूची बनाएर याद गर्नुहोस्। यो उमेरमा किन चुनौतीहरू उत्पन्न हुन्छन् (जस्तै: हर्मोनको परिवर्तन, संवेगात्मक अस्थिरता) भन्ने कारणहरू स्पष्टसँग बुझ्नुहोस्। किशोरकिशोरीलाई स्वस्थ जीवनशैली किन चाहिन्छ र यसले उनीहरूको भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा आफ्नै शब्दमा उत्तर लेख्न अभ्यास गर्नुहोस्।

What are the key formulas or definitions in किशोरावस्था र स्वास्थ्य जीवनशैली?

किशोरावस्था र स्वास्थ्य जीवनशैली को मूल मर्म र सामाजिक मूल्य; नागरिक सक्षमता तथा जीवनोपयोगी सिप; सकारात्मक सोच र सामाजिक रूपान्तरण.

Where can I read the Class 11 Social Studies “किशोरावस्था र स्वास्थ्य जीवनशैली” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for किशोरावस्था र स्वास्थ्य जीवनशैली. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install