Sikshya Plus Get appGet the app free
Class 10 · Social Studies

जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध – Class 10 Social Studies Notes and Solutions

Complete solutions and answers for “जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध”, a chapter in Class 10 Social Studies (SEE exam preparation). This page covers एकाइको सार (Unit Overview), प्रमुख अवधारणाहरू (Key Concepts), अभ्यासका प्रश्नोत्तर (Textbook Exercise Solutions) and सिर्जनात्मक तथा सामुदायिक कार्य (Creative & Community Activities).

  • Free, no login needed
  • 5 min read
  • Updated 20 November 2026

Chapter at a glance

कक्षा 10 सामाजिक अध्ययन अन्तर्गत जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध को एकाइको सार, प्रमुख अवधारणाहरू, पाठ्यपुस्तकका अभ्यास समाधान तथा सामुदायिक कार्यको विस्तृत संकलन।

  • जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध को अवधारणा र पृष्ठभूमि
  • जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध का प्रमुख तत्व तथा आयामहरू
  • समाज र राष्ट्रिय विकासमा यसको उपादेयता
  • जनसंख्या र वातावरणबिचको अन्तरसम्बन्धको व्याख्या गर

Exam focus: जनसंख्या र वातावरणबिचको अन्तरसम्बन्धलाई आफ्नै शब्दमा छोटकरीमा लेख्न अभ्यास गर्नुहोस्। जनसंख्या वृद्धिका कारण हुने प्रदूषणलाई बुँदागत रूपमा (सहरीकरण, औद्योगीकरण, रासायनिक मलको प्रयोग आदि) कण्ठ गर्नुहोस्। व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारको भूमिकालाई छुट्टाछुट्टै बुँदामा लेख्न सक्ने गरी तयारी गर्नुहोस्।

Key formulas and definitions

  • जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध को मूल मर्म र सामाजिक मूल्य
  • नागरिक सक्षमता तथा जीवनोपयोगी सिप
  • सकारात्मक सोच र सामाजिक रूपान्तरण
On this page (5 sections)
  1. एकाइको सार (Unit Overview)
  2. प्रमुख अवधारणाहरू (Key Concepts)
  3. अवधारणाजनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध: मुख्य अवधारणाहरू र सिकाइ बिन्दुहरू
  4. अभ्यासका प्रश्नोत्तर (Textbook Exercise Solutions)
  5. सिर्जनात्मक तथा सामुदायिक कार्य (Creative & Community Activities)

Solutions and answers

Class 10 undefined · एकाइ १० (जनसङ्ख्या र यसको व्यवस्थापन)

एकाइको सार (Unit Overview)

📱 जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध - अध्याय सारांश

यो पाठ कक्षा १० को सामाजिक अध्ययन अन्तर्गत एकाइ १० (जनसङ्ख्या र यसको व्यवस्थापन) को पाठ ५ हो। यस पाठमा जनसङ्ख्या र वातावरणबिचको घनिष्ट सम्बन्ध, जनसंख्या वृद्धिका कारण उत्पन्न हुने वातावरणीय समस्याहरू, प्रदूषण नियन्त्रणमा विभिन्न निकायको भूमिका तथा वातावरण संरक्षणका विभिन्न उपायहरूबारे प्रष्ट पारिएको छ।

कक्षा 10 को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पाठ्यक्रम अन्तर्गत "जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध" एक अत्यन्त महत्त्वपूर्ण पाठ हो। यसले विद्यार्थीहरूलाई सामाजिक, नागरिक तथा व्यावहारिक जीवनका विविध आयामहरूबारे सुसूचित गराउँछ।

यस पाठको गहन अध्ययनबाट विद्यार्थीहरूमा सकारात्मक चिन्तन, सामाजिक सद्भाव, सहअस्तित्व, नागरिक दायित्व र व्यावहारिक जीवनोपयोगी सिपहरूको सर्वाङ्गीण विकास हुन्छ।

प्रमुख अवधारणाहरू (Key Concepts)

अवधारणाजनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध: मुख्य अवधारणाहरू र सिकाइ बिन्दुहरू

  • जनसंख्या र वातावरणको सम्बन्ध: यी दुई एक-अर्काका परिपूरक हुन्। मानिसको अस्तित्व वातावरणविना सम्भव छैन भने वातावरणको सदुपयोग र संरक्षणमा पनि मानिसको मुख्य भूमिका हुन्छ।
  • जनसंख्या वृद्धि र प्रदूषण: जनसंख्या बढ्दै जाँदा खाद्यान्न, वासस्थान र ऊर्जाको माग बढ्छ, जसले प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन, सहरीकरण, र औद्योगीकरण गराई वायु, जल र भूमि प्रदूषण गराउँछ।
  • विभिन्न निकायको जिम्मेवारी: वातावरण जोगाउन व्यक्तिको सचेतना, परिवारको फोहोर व्यवस्थापन, समुदायको वृक्षारोपण र स्थानीय सरकारको कानुनी तथा सहरी व्यवस्थापन योजना अति आवश्यक छ।
  • संरक्षणका उपायहरू: वृक्षारोपण गर्ने, नदीकिनारामा तटबन्ध निर्माण, वैज्ञानिक कृषि प्रणालीको अवलम्बन, वैकल्पिक ऊर्जाको प्रयोग र उद्योगहरू मानव बस्तीबाट टाढा स्थापना गर्ने।
  • जनसंख्या र वातावरणबिचको अन्तरसम्बन्धको व्याख्या गर्न: जनसंख्या र वातावरणबिचको अन्तरसम्बन्धको व्याख्या गर्न।
  • अनियन्त्रित जनसंख्या वृद्धिका कारण वातावरण कसरी प्रदूषित हुन्छ भनी बुझ्न: अनियन्त्रित जनसंख्या वृद्धिका कारण वातावरण कसरी प्रदूषित हुन्छ भनी बुझ्न।
  • वातावरण प्रदूषण नियन्त्रणमा व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारको भूमिका पहिचान गर्न: वातावरण प्रदूषण नियन्त्रणमा व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारको भूमिका पहिचान गर्न।
  • वातावरण संरक्षणका लागि अपनाइने विभिन्न उपायहरूको सूची तयार गर्न: वातावरण संरक्षणका लागि अपनाइने विभिन्न उपायहरूको सूची तयार गर्न।
  • जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध को सैद्धान्तिक तथा व्यावहारिक पक्षको समन्वयात्मक बुझाइ: जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध को सैद्धान्तिक तथा व्यावहारिक पक्षको समन्वयात्मक बुझाइ।
  • समसामयिक समाजमा यस विषयको प्रभावकारिता र उत्तरदायी नागरिकको भूमिका: समसामयिक समाजमा यस विषयको प्रभावकारिता र उत्तरदायी नागरिकको भूमिका।

अभ्यासका प्रश्नोत्तर (Textbook Exercise Solutions)

१. जनसंख्या र वातावरणबिचको अन्तरसम्बन्धको व्याख्या गर्नुहोस् ।

जनसंख्या र वातावरण बिचमा घनिष्ट सम्बन्ध रहेको पाइन्छ । मानिसका लागि आवश्यक पर्ने स्वच्छ हावा, पानी, खाजकुरा सबै कुराहरू वातावरणबाट नै प्राप्त हुन्छ । साथै वातावरणबिना मानव जीवन अस्तित्वमा नै आउन सक्दैन । त्यसैगरी मानवविना वातावरणको अस्तित्व रहँदैन । वातावरणमा रहेका वस्तुहरूको उपयोग मानिसमा निर्भर रहन्छ । साथै वातावरणको संरक्षण गर्न कार्यमा समेत मानिसको महत्त्वपूर्ण भूमिका रहन्छ । मानिसका हरेक क्रियाकलापबाट वातावरणमा प्रत्यक्ष प्रभाव पर्दछ । मानिसले वातावरणमा रहेका विभिन्न तत्वहरूलाई सही र आदर्श ढंगले उपयोग गर्न सकेको खण्डमा मानिसको जीवन सकारात्मक प्रभाव पर्दछ भने मानिसले वातावरणीय वस्तुको जथाभाबी ढंगले उपयोग गरेको खण्डमा वातावरणीय ह्रास हुन गई मानव जीवनमा नकारात्मक असर निम्त्याउँछ । मानिसले भौतिक वातावरणलाई आफू अनुकूल प्रयोग गर्न भएकोले त्यसको उपयोग गर्दा संरक्षणका पक्षमा समेत ध्यान दिनु पर्छ । वातावरण संरक्षण गर्न कि विकास गर्न भन्ने कुरा मानिसको व्यवहारमा नै भर पर्दछ । त्यसले मानिसको जीवनमा नै प्रभाव पार्दछ । त्यसैले जनसंख्या र वातावरणबिच घनिष्ट सम्बन्ध रहेको छ भन्न सकिन्छ ।

२. जनसंख्या वृद्धिका कारणले कसरी वातावरण प्रदूषण हुन्छ, उल्लेख गर्नुहोस् ।

जनसंख्या वृद्धि को कारणले वातावरण प्रदूषण हुने कारणहरूलाई तल बुँदागत रूपमा प्रस्तुत गरिएको छ :

जनसंख्या वृद्धिसँगसँगै मानिसको आवश्यकता वृद्धि हुँदै जाने भएकोले आवश्यकता परिपूर्तिका लागि वातावरणीय स्रोत साधनको अनियन्त्रित रुपमा उपयोग हुन्छ । जसले गर्दा जनसंख्या र वातावरणबिच असन्तुलन भई वातावरण प्रदुषण हुन्छ ।

जनसंख्या वृद्धिसँगसँगै सहरीकरण र औद्योगीकरण को वृद्धि हुँदै जान्छ । सहरी क्षेत्रबाट निस्कने धुँवा धूलो तथा उद्गमधन्दाबाट निस्कने धुँवा धूलो तथा रसायनिक पदार्थले वातावरण प्रदूषण हुन्छ ।

जनसंख्या वृद्धिसँगै मानिसहरूले घर समुदाय, अस्पताल, उद्योग धन्दाबाट निस्कने फोहोरको मात्रा बढ्न गई वातावरण प्रदूषण हुन्छ ।

जनसंख्या वृद्धिसँगै मानिसले जमिनमा जथाभावी ढंगले खेती गर्ने, रासायनिक मल तथा किटनाशक औषधि को प्रयोग गर्दा समेत वातावरण प्रदूषण हुन जान्छ ।

अन्त्यमा जनसंख्या वृद्धिको कारण वातावरणमा रहेको वस्तुहरूको अत्याधिक उपयोग र प्रयोगबाट बढ्न गई त्यसको कारणले वातावरण प्रदूषण हुन्छ ।

३. वातावरण प्रदूषण नियन्त्रणका लागि व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, सुझाव प्रस्तुत गर्नुहोस् ।

वातावरण प्रदूषण नियन्त्रण का लागि व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारले निर्वाह गर्नुपर्ने भूमिकाहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ :

व्यक्तिको भूमिका

वातावरण संरक्षणका कार्यमा सहभागी

वातावरण संरक्षण सम्बन्धी जनचेतना

जथाभावी रूपमा फोहोर नफाल्ने

परिवारको भूमिका

परिवारमा वातावरण संरक्षणका सम्बन्धमा छलफल गर्ने

वातावरण संरक्षणका कार्यमा परिवारलाई सहभागी हुने

घर परिवारबाट निस्कने फोहोरलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने

समुदायको भूमिका

समुदायको सरसफाई र फोहोरमैला व्यवस्थापन लाई ध्यान दिने

वातावरण प्रदुषणको असर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन

वनजङ्गल संरक्षण तथा वृक्षारोपण कार्यक्रममा सहभागी हुने ।

स्थानीय सरकारको भूमिका

व्यवस्थित सहरीकरणको लागि योजना बनाई कार्यान्वयन गर्ने

स्थानीय तहबाट लिएको फोहोरहरूको उचित व्यवस्थापन गर्ने

उद्योग तथा कलकारखाना मानव बसोबासभन्दा टाढा राख्नुपर्ने कानुन व्यवस्था गरी कार्यान्वयन गर्ने

सिर्जनात्मक तथा सामुदायिक कार्य (Creative & Community Activities)

४. वातावरण संरक्षणका उपायको सूची बनाउनुहोस् ।

वातावरण संरक्षण का उपायहरूलाई तल बुँदागत रूपमा प्रस्तुत गरिएको छ :

वृक्षारोपण गर्ने: वातावरण संरक्षण गर्नको लागि खाली ठाउँमा वृक्षारोपण गर्नुपर्छ ।

नदीकिनारामा तटबन्ध निर्माण गर्ने: बाढीको कारणले नदी किनारका क्षेत्रमा पुऱ्याउन सक्ने असर नियन्त्रणका लागि नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्छ ।

आधुनिक सहरी सुविधा सहितको सहर विकास गर्नुका साथै सहरी क्षेत्रमा वायु प्रदुषण नियन्त्रण, फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

वैज्ञानिक कृषि प्रणाली अवलम्बन गर्ने: भिरालो जमिनमा खेतीपाती नगरी जमिनको स्वरूप अनुसार वैज्ञानिक कृषि प्रणालीको अवलम्बन गरी कृषि कार्य गर्नुपर्छ ।

वन विनास नियन्त्रण गर्ने: इन्धनको लागि वैकल्पिक ऊर्जाको प्रयोग गरी वनजङ्गल विनास हुनबाट नियन्त्रण गर्नुपर्छ ।

वातावरण संरक्षणका लागि सरकारी तथा गैह्रसरकारी निकायले संयुक्त रूपमा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्छ । उद्योगधन्दाहरू मानव वस्तीबाट टाढा स्थापना गर्नुपर्छ ।

यी उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र दिगो वातावरणीय संरक्षण सम्भव छ। थप जानकारीका लागि नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको वेबसाइट भ्रमण गर्न सकिन्छ।

सामुदायिक सचेतना तथा व्यवहारिक परियोजना कार्य:

पाठ "जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध" को मूल सन्देशलाई स्थानीय परिवेशमा अवलम्बन गर्दै सरोकारवाला निकाय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन विद्यार्थी समूहद्वारा सचेतनामूलक छलफल तथा अन्तरक्रिया सञ्चालन गर्नुहोस्।

स्थानीय स्तरमा देखिएका अवसर र चुनौतीहरूको पहिचान गरी समस्या समाधानका रचनात्मक उपायहरू प्रस्तुत गर्नुहोस्।

Frequently asked questions

What is जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध about?

कक्षा 10 सामाजिक अध्ययन अन्तर्गत जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध को एकाइको सार, प्रमुख अवधारणाहरू, पाठ्यपुस्तकका अभ्यास समाधान तथा सामुदायिक कार्यको विस्तृत संकलन।

Which topics are covered in जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध?

Class 10 Social Studies “जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध” covers: जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध को अवधारणा र पृष्ठभूमि; जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध का प्रमुख तत्व तथा आयामहरू; समाज र राष्ट्रिय विकासमा यसको उपादेयता; जनसंख्या र वातावरणबिचको अन्तरसम्बन्धको व्याख्या गर.

What should I focus on in जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध for the exam?

जनसंख्या र वातावरणबिचको अन्तरसम्बन्धलाई आफ्नै शब्दमा छोटकरीमा लेख्न अभ्यास गर्नुहोस्। जनसंख्या वृद्धिका कारण हुने प्रदूषणलाई बुँदागत रूपमा (सहरीकरण, औद्योगीकरण, रासायनिक मलको प्रयोग आदि) कण्ठ गर्नुहोस्। व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारको भूमिकालाई छुट्टाछुट्टै बुँदामा लेख्न सक्ने गरी तयारी गर्नुहोस्।

What are the key formulas or definitions in जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध?

जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध को मूल मर्म र सामाजिक मूल्य; नागरिक सक्षमता तथा जीवनोपयोगी सिप; सकारात्मक सोच र सामाजिक रूपान्तरण.

Where can I read the Class 10 Social Studies “जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install