Sikshya Plus Get appGet the app free
Class 11 · Nepali

संस्कृतिको नयाँ यात्रा – Class 11 Nepali Notes and Solutions

Complete solutions and answers for “संस्कृतिको नयाँ यात्रा”, a chapter in Class 11 Nepali (NEB exam preparation).

  • Free, no login needed
  • 5 min read
  • Updated 20 November 2026

Chapter at a glance

प्रस्तुत च्याप्टरमा नेपाली संस्कृति, विविधता, परम्परा र यसका विविध पक्षहरूको बारेमा चर्चा गरिएको छ। यसमा शब्दभण्डार, व्याकरण (नाम, सर्वनाम, विशेषण, क्रियापद), बोध र अभिव्यक्ति तथा अभ्यासका सम्पूर्ण समाधानहरू समावेश गरिएका छन्।

  • शब्दभण्डार र पर्यायवाची शब्द
  • नेपाली चाडपर्व, नृत्य र भेषभूषा
  • सांस्कृतिक विविधता र समतामूलक समाज
  • व्याकरण: नाम र यसका भेदहरू
  • व्याकरण: सर्वनाम र विशेषण
  • व्याकरण: क्रियापद र यसका प्रकारहरू

Exam focus: विद्यार्थीहरूले पाठको बोध र अभिव्यक्ति अन्तर्गतका प्रश्नहरूको उत्तर दिन, सांस्कृतिक विविधताको महत्त्व बुझ्न तथा नेपाली व्याकरणअन्तर्गत नाम, सर्वनाम, विशेषण र क्रियापदको पहिचान तथा अभ्यासमा विशेष ध्यान दिनुपर्छ।

Key formulas and definitions

  • व्यक्तिवाचक नाम: विशेष व्यक्ति, ठाउँ वा वस्तुको नाम बुझाउने शब्द
  • जातिवाचक नाम: एउटै वर्ग वा जातिको समग्र नाम बुझाउने शब्द
  • समूहवाचक नाम: वस्तु वाप्राणीहरूको समूह बुझाउने शब्द
  • द्रव्यवाचक नाम: पग्ल्न वा नापतौल गर्न सकिने वस्तु बुझाउने शब्द
  • भाववाचक नाम: गुण, अवस्था वा भाव बुझाउने शब्द

Solutions and answers

शब्दभण्डार, बोध र अभिव्यक्ति, व्याकरण अभ्यास - सम्पूर्ण अभ्यास समाधान

शब्दभण्डार
१. उस्तै अर्थ आउने शब्दहरुको जोडा मिलाउनुहोस् ।
प्रतिष्ठा : इज्जत
एकाकार : एकै किसिमको
उत्पीडन : पीडा दिइएको
विद्रोह : ठूलो विरोध
कार्यान्वयन : विधिपूर्वक व्यवहारमा ल्याउने काम
प्रवाहशील : निरन्तर बगिरहने
२. दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस् ।
क) जीवनलाई पवित्र पार्ने काम : जीवनबोध
ख) समुद्रको जहाजमा बसेर यात्रा गर्ने : नाविक यात्रा
ग) एउटै मात्र संस्कृति : एकल संस्कृति
घ) यात्रालाई प्रत्येक्ष हेर्ने दर्शक : यात्राको साक्षी
ङ) सांस्कृतिक हिसाबले प्राप्त गर्ने न्याय : साँस्कृतिक न्याय
च) विचलित नहुने यात्रा : अविचलित यात्रा
छ) सबैको हग लाग्ने सन्तति : साझा सन्तति
३. शब्दकोश हेरेर दिइएका शब्दहरुको अर्थ लेख्नुहोस् ।
स्मृति : स्मरण, सम्झना
जिज्ञासा : कुनै कुरा जान्ने इच्छा
जीववैज्ञानिक : जीव विज्ञानसम्बन्धी अध्ययन गर्ने व्यक्ति
प्रगति : उन्नति, विकास
सामेल : भेला, तोकिएको ठाउँमा उपस्थित हुने काम
दमन : चिचोमिचो, दबदबाउ
मनुष्यत्व : मनुष्य हुनुको भाव, मानवता
दमित : दमन गरिएको, दविएको
बाहिष्कार : खारेजी, निष्कासन
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उदात्त : सबैका आ आफ्ना आमाबाबु उदात हुन्छन् ।
अनुभूति : मलाई विज्ञान विषय लिनुको अनुभूति भई सक्यो ।
सुनिश्चितता : सरकारले अझैँ पनि कक्षा ११ को पाठ्यक्रम सुनिश्चित गरेको छैन ।
दमक : हाम्रो समाजमा अझैँ पनि गरिबलाई दमक गरिन् छ ।
पङ्खफुका : अहिलेको यस्तो समयमा हामिले पङ्खफुका गर्नु हुदैन् ।
निर्मित : राम मन्दिरमा रामको मूर्ति निर्मित गरिएको छ ।
न्यायपूर्ण : हामीले सधैं न्यायपूर्ण काम गर्नु पर्छ ।
अविचलित : हामी अविचलित भएर काम गर्यौ भने एकदिन अवश्य सफल हुनेछौँ ।
५. दिइएका विषयक्षेत्रका शब्दहरु खोजेर लेख्नुहोस् ।
क) नेपाली चाडपर्वहरु : तिज, दसैं, तिहार, पुर्णिामा, ल्होसार, माघी आदि ।
ख) नेपाली नृत्यहरु : साकेला, लाखे, देउडा, सोरठी आदि ।
ग) नेपालका भाषाहरु : नेपाली, मैथिली, भोजपुरी, थारु, कुमाले, माझी, नेवारी आदि ।
घ) नेपालीका पोसाक : दौरा, सुरुवाल, ढाकाटोपी, चोली, पटुका, धोती आदि ।
ङ) नेपाली खानाका स्थानीय परिकार : दाल, भात, रोटी, तरकारी, अचार, खीर आदि।
बोध र अभिव्यक्ति
२. दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) माथिको पाठ कति अनुच्छेदमा संरचित छ ? – आठ अनुच्छेदमा संरचित छ ।
ख) पाठको दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव बनाइएको छ ? – बहुजातीयतामा फक्रेको नेपाली कला र संस्कृतिको विषय ।
ग) पाठको छैटौं अनुच्छेदमा कस्ता विषय वस्तुलाई प्रस्तुत गरिएको छ ? – सांस्कृतिका नाममा आउने विकृतिको अन्त्य हुनुपर्ने कुरा ।
घ) निबन्धको पाँचौं अनुच्छेदमा कतिवटा वाक्यहरु छन् ? – २२ ओटा वाक्यहरु छन् ।
३. पाठको अन्तिम अनुच्छेद पढी पाँच प्रश्न बनाउनुहोस् ।
क) विरगंजमा कस्तो खाल्को संसृति पाहिन्छ ?
ख) 'वसुधैव कुटुम्वकम्' को अर्थ के हो ?
ग) निबन्धकारको स्मृतिमा के कुरा ताजै छ ?
घ) हामी कस्तो संस्कृति निर्माणको समयमा छौँ ?
ङ) नयाँ पुस्ताका निबन्धकारले कस्तो उज्यालो ज्योति देखेकी छन् ?
४. पाठको आधारमा उपयुक्त विकल्प छानी खाली ठाउँ भर्नुहोस् ।
(क) जब म यो नै संस्कृति हो भनेर बुझ्न थालेँ, त्यति बेलासम्म र पनि यी पर्व मेरो जीवन र मनोविज्ञानमा सदैव रहिरहेका छन्।
(ख) नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए?
(ग) मनुष्य जीवनको सार्थकता भन्नु नै चेतना हो।
(घ) मैले यस यात्रामा सामेल भएर आवाज दिएँ।
(ङ) मनुष्यको मनुष्यत्व र मानवको मानवता नै सबैभन्दा ठूलो कुरा हो।
५. "जीवन एउटा प्रवाहशील..." निबन्धांश पढी उत्तर ।
क) जीवनलाई किन यात्रा भनिएको हो ? – जीवन एक नदी जस्तै निरन्तर बगिरहन्छ, सुख-दुःखको यात्रा हुन्छ, त्यसैले यात्रा भनिएको ।
ख) अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् । – पहाडको दुर्गम गाउँमा जन्मिएकी, शिक्षाका लागि काठमाडौँ पुगेकी, आफूलाई फुलबारीको विरुवा रुपमा उभ्याएकी पात्र ।
ग) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङ्लो भनिएको ? – विभिन्न जातजाति, धर्म, संस्कृतिको एकीकृत अनुभव भएकाले ।
घ) अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लेखित ? – नेवार, थकाली, किराँत, शेर्पा, मधेसी, मगर, थारु, दार्चुला, कर्णाली, कञ्चनजङ्घासम्मका संस्कृति ।
६-७. आलोचनात्मक, संस्कृति परिकल्पना, संविधान सुनिश्चितता
जीवनमा आलोचनात्मक हुन प्रश्न गर्नुपर्छ। प्रश्नले तथ्य र सत्य बोध हुन्छ।
संस्कृति परिकल्पना : विभेदरहित, न्याय र समतामुलक, सबैको मूल्य अटाउने सुन्दर साझा संस्कृति।
संविधानले सुनिश्चित गरेका : भेदभाव अन्त्य, हरेक समुदायले भाषा, लिपि, संस्कृति, सम्पदा संरक्षण गर्न पाउने।
८-१०. सांस्कृतिक विविधता, श्रम र संस्कृति, न्यायपूर्ण संस्कृति, समीक्षा
नेपालमा नेवार, थकाली, किरात, शेर्पा, मधेसी, मगर, थारु जस्ता विविधता ।
श्रम र संस्कृति अन्तरसम्बन्धित : श्रमबाटै लोकजीवन, लोकसंस्कृति जन्मन्छ ।
न्यायपूर्ण संस्कृतिको निर्माण : संविधानले महिला/पुरुष समान अधिकार, विभेदमुक्त समाज कार्यान्वयनबाट ।
सबल पक्ष : विविधतामा सहिष्णुता, एकता; दुर्बल : विषमता, बहिष्कार, विकृति ।
सांस्कृतिक न्यायले मात्र समतामूलक समाज बन्छ ।
११-१२. संस्कृतिभित्र लुकेका, बुँदा टिपोट र सारांश
संस्कृतिभित्र: लवाइखवाइ, विशभूषा, भाषा, दर्शन, मान्यता । बहुजातीय मुलुकका विशेषता: सांस्कृतिक विविधता, सम्पन्नता, जातीय सद्भाव, राष्ट्रिय एकता ।
बुँदा: १. पुर्खाको विगत नै भोलिको धरोहर २. आमाबुबा, गुरु, पाहुना, वनस्पति देवत्व ३. संस्कारयुक्त शिक्षा ४. परोपकारी संस्कार संरक्षण ।
सारांश: नेपाली संस्कृति अमूल्य निधि, संस्कारयुक्त शिक्षादीक्षाबाट संरक्षण गर्नुपर्छ ।
व्याकरण अभ्यास
नाम वर्ग – अनुच्छेदबाट नाम पहिचान, सूची
व्यक्तिवाचक: गोपाल, काठमाडौं, कर्नाली, रामायण, मुनामदन, तिहार, दसैँ।
जातिवाचक: फूल, गाई, किताब, घर, विद्यालय, जुत्ता, साइकल ।
समूहवाचक: बथान, लहर, चाङ, फौज ।
द्रव्यवाचक: रगत, कुहिरो, ढुङ्गा, सुन, पानी ।
भाववाचक: रिस, प्रेम, मानवता, शिक्षा, गरिबी, बाल्यावस्था ।
पाठको पहिलो अनुच्छेदबाट नाम: वाल्यकाल, दसैँ, स्मृति, हृदय, नेपाल, पहाड, गाउँ, बुबा, आमा, झरना, कोसी, धर्ती, पुर्खा, लुगा, पिङ, खाना, दक्षिणा, तिहार आदि ।
सर्वनाम अभ्यास – पुनर्लेखन, सूचीकरण, प्रयोग
क) आमाबुबाले छोराछोरीलाई पढ्न धनगढी पठाए। उनीहरू त्यहाँ बसी धेरै पढे । छोरी पढीसकेपछि गाउँ फर्की । उसले गाउँमा विद्यालय खोली । छोरो पनि फर्क्यो, उसले पढाउन थाल्यो । आमाबुबा खुशी हुनुभयो ।
सर्वनाम उपवर्ग: प्रथम पुरुष (म, हामी), द्वितीय (तँ, तिमी, तपाईं), तृतीय (ऊ, उनी, उहाँ), दर्शकवाचक (यो, त्यो), सम्बन्धवाचक (जो, जुन), प्रश्नवाचक (को, के), निजवाचक (आफू, स्वयम्) ।
वाक्य प्रयोग: त्यो, तिनीहरु, यी, स्वयम्, जे, को, के, आफू, उहाँ, कोही, प्रत्येक, अरु, सबै, केही, हजुर ।
विशेषण – पहिचान, उपवर्गीकरण
गुणबोधक: सेतो, बलियो, गतिलो, सांस्कृतिक, नैतिक, मलिलो ।
सङ्ख्याबोधक: लाखौं, पाँच, सयौं, सप्त ।
परिमाणबोधक: प्रशस्त, अलिकति, थोरै, सबै ।
सार्वनामिक: यो, त्यो, यी, ती । भेदक: उसको, मेरो, तिम्रो ।
निबन्धबाट विशेषण: मेरो, एक, निलो, मीठो, दुर्गम, गतिशील, साझा, वास्तविक, हाम्रो, नयाँ ।
क्रिया पद – गद्यांशबाट क्रिया, उपवर्ग, वाक्य प्रयोग
क्रियापदहरू: झुके, वने, सकेनन्, बद्लिए, बहकिए, मिसिए, लरबरियो, रह्यो ।
अर्थप्रधान मुख्य क्रिया/सहायक क्रिया, बनोटले सरल/जटिल, कर्मका आधारमा सकर्मक/अकर्मक । उदा: सुन्छ (सकर्मक), हाँस्छ (अकर्मक), आइसक्यो (जटिल) ।
दोस्रो अनुच्छेदबाट क्रियापद: हो, रहेछौ, रहेछ, पुगेँ, भयो, थालेँ, पाएँ, मनाउँथ्यौ, गाउँथे, बताउँथे, बुझेँ, गरेँ, थिए ।
Discover more: Science | Primary & Secondary Schooling (K-12) | Books & Literature | History | Educational Resources
Download our mobile app for offline access – NEB exam prep
App Store Icon | Play Store Icon

Frequently asked questions

What is संस्कृतिको नयाँ यात्रा about?

प्रस्तुत च्याप्टरमा नेपाली संस्कृति, विविधता, परम्परा र यसका विविध पक्षहरूको बारेमा चर्चा गरिएको छ। यसमा शब्दभण्डार, व्याकरण (नाम, सर्वनाम, विशेषण, क्रियापद), बोध र अभिव्यक्ति तथा अभ्यासका सम्पूर्ण समाधानहरू समावेश गरिएका छन्।

Which topics are covered in संस्कृतिको नयाँ यात्रा?

Class 11 Nepali “संस्कृतिको नयाँ यात्रा” covers: शब्दभण्डार र पर्यायवाची शब्द; नेपाली चाडपर्व, नृत्य र भेषभूषा; सांस्कृतिक विविधता र समतामूलक समाज; व्याकरण: नाम र यसका भेदहरू; व्याकरण: सर्वनाम र विशेषण; व्याकरण: क्रियापद र यसका प्रकारहरू.

What should I focus on in संस्कृतिको नयाँ यात्रा for the exam?

विद्यार्थीहरूले पाठको बोध र अभिव्यक्ति अन्तर्गतका प्रश्नहरूको उत्तर दिन, सांस्कृतिक विविधताको महत्त्व बुझ्न तथा नेपाली व्याकरणअन्तर्गत नाम, सर्वनाम, विशेषण र क्रियापदको पहिचान तथा अभ्यासमा विशेष ध्यान दिनुपर्छ।

What are the key formulas or definitions in संस्कृतिको नयाँ यात्रा?

व्यक्तिवाचक नाम: विशेष व्यक्ति, ठाउँ वा वस्तुको नाम बुझाउने शब्द; जातिवाचक नाम: एउटै वर्ग वा जातिको समग्र नाम बुझाउने शब्द; समूहवाचक नाम: वस्तु वाप्राणीहरूको समूह बुझाउने शब्द; द्रव्यवाचक नाम: पग्ल्न वा नापतौल गर्न सकिने वस्तु बुझाउने शब्द; भाववाचक नाम: गुण, अवस्था वा भाव बुझाउने शब्द.

Where can I read the Class 11 Nepali “संस्कृतिको नयाँ यात्रा” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for संस्कृतिको नयाँ यात्रा. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install