Sikshya Plus Get appGet the app free
Class 9 · Nepali

भविष्य निर्माण – Class 9 Nepali Notes and Solutions

Complete solutions and answers for “भविष्य निर्माण”, a chapter in Class 9 Nepali. This page covers शब्दभण्डार and बोध र अभिव्यक्ति.

  • Free, no login needed
  • 7 min read
  • Updated 20 November 2026

Chapter at a glance

यस च्याप्टरमा देवकुमारी थापाद्वारा रचित 'भविष्य निर्माण' कथामा आधारित शब्दभण्डार, व्याकरण, बोध र अभिव्यक्ति तथा बालमनोविज्ञानसम्बन्धी विभिन्न प्रश्नोत्तरहरूको अध्ययन गरिएको छ। यसले बालबालिकाको हुर्कने वातावरण र उनीहरूको मानसिक विकासमा परिवारको भूमिकालny प्रष्ट पार्छ।

  • शब्दार्थ र टुक्काको वाक्यमा प्रयोग
  • अनुकरणात्मक शब्दहरूको प्रयोग
  • 'भविष्य निर्माण' कथाको सारांश र प्रश्नोत्तर
  • बालमनोविज्ञान र आमाको भूमिका
  • सहकार्य सिकाइ र व्याकरण (वाच्य, प्रत्यय, 'र' का रूपहरू)

Exam focus: विद्यार्थीहरूले 'भविष्य निर्माण' कथाको मूल सन्देश, पार्वतीको चरित्रचित्रण, कथाको परिवेश तथा व्याकरणगत विषयहरू जस्तै प्रत्यय र वाच्य परिवर्तनमा विशेष ध्यान दिनुपर्छ।

Key formulas and definitions

  • अनुकरणात्मक शब्द: फटाफट, खुरुखुरु, खपाखप, पखालपुखुल, थपक्क
  • कृत् प्रत्यय: धातुमा प्रत्यय जोडेर बन्ने शब्द (जस्तै: सिकारु)
  • तद्धित् प्रत्यय: नाम वा विशेषणमा प्रत्यय जोडेर बन्ने शब्द (जस्तै: प्रभावकारी)
  • कर्मवाच्य: कर्तालाई गौण वा तृतीया विभक्तिमा राखेर कर्मलाई मुख्य बनाउने रचना

Solutions and answers

शब्दभण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
(क) स्वप्नसपना
(ख) अखबारसमाचार पत्र
(ग) अलग्गैभिन्नै
(घ) गम्भीरएकान्त / गहिरो सोचमग्न
(ङ) व्यर्थनिरर्थक
(च) कलकाँटायान्त्रिक उपकरण
(छ) अबोधकेही नबुझ्ने
(ज) कण्ठघाँटी
२. दिइएका टुक्काको अर्थ पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :

झसङ्ग हुनु : एक्कासि कुनै कुराले त्रास दिनु / झस्कनु

वाक्यमा प्रयोग: पढिरहेको ठाउँमा एक्कासी आमा आएर जोडले बोलाउँदा म त झसङ्ग भएँ ।


रङ उड्नु : अत्यास वा डरले अनुहार मलिन हुनु (अध्याँरो मुख हुनु)

वाक्यमा प्रयोग: साथी दुर्घटनामा परेको खबर सुनेर हरिको अनुहारको रङ उड्यो ।


खिन्न हुनु : दुःखी वा उदास हुनु

वाक्यमा प्रयोग: छोरो 'कुलतमा' लागेकाले बुबाआमा खिन्न हुनुभएको छ । परीक्षामा सोचेजस्तो अङ्क नआउँदा रामको मन खिन्न भयो ।


कण्ठ भरिनु : धेरै भावुक भएर वा रोदनका कारण स्वर अड्कनु

वाक्यमा प्रयोग: विदेश गएको कान्छो छोराले घर फर्किन भनेपछि आमाको कण्ठ भरिएर आयो ।


गला रुद्ध हुनु : अत्यधिक दुःख वा पीडाका कारण बोल्न नसक्ने हुनु

वाक्यमा प्रयोग: आफ्नो बालक छोरो अकालमै मरेपछि आमा सरस्वतीको गला अबरुद्ध भयो ।

३. पाँचओटा अनुकरणात्मक शब्दको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् ।

प्रश्न: अनुकरणात्मक शब्दहरू (फटाफट, खुरुखुरु, खपाखप, पखालपुखुल, थपक्क) प्रयोग गरी अनुच्छेद:

उत्तर: मैले फटाफट आफ्नो गृहकार्य गरेँ । गृहकार्य सकेर खुरुखुरु खाना पकाएँ अनि भाईलाई दिएँ । भाइले खाना खपाखप खायो त्यसपछि मैले थालहरू पखालपुखुल पारेँ र थपक्क राखेँ ।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

भित्तो, झ्याल, शिक्षित, हृदय, द्विविधा, औषधी, प्रार्थना, प्रतिहिंसा
(नोट: यी शब्दहरूलाई शिक्षकको सहायतामा कक्षाकोठामा पालैपालो शुद्ध उच्चारण अभ्यास गर्नुहोस् ।)

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) कथाको प्रारम्भ कुन घटनाबाट भएको छ ?

उत्तर: कथाको प्रारम्भ दार्जिलिङको तङसुङ बस्तीमा एउटा चिटिक्क परेको घर छ र त्यहाँको वातावरण कस्तो छ भन्ने कुराबाट भएको छ ।


(ख) 'नरेशले ... गइसकेको थियो' अनुच्छेदको मुख्य घटना के हो ?

उत्तर: कृष्णले आफूले युद्धमा जर्मनहरूलाई मारेर कप्तान भएको कुरा सुनाउनु र सो कुराले बालक नरेशमा कौतुहलता जगाउनु यस अनुच्छेदको मुख्य घटना हो।


(ग) कथामा उपस्थित भएका पात्रको नाम भन्नुहोस् ।

उत्तर: कथामा उपस्थित भएका मुख्य पात्रहरू पार्वती, कृष्ण र नरेश हुन् ।


(घ) कथाको अन्त्यतिर नरेशमा कस्तो परिवर्तन आएको छ ?

उत्तर: कथाको अन्त्यमा आमाको सकारात्मक सम्झौटका कारण नरेशले हिंसा र बदलाको भावना त्यागेर ठुलो भएपछि सबैलाई साथी बनाउने र रोगीलाई निको पार्ने औषधि बनाउने कुरा गरेको प्रसङ्ग आएकाले नरेशमा सकारात्मक परिवर्तन आएको देखिन्छ ।

४. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) पार्वतीको हृदय किन भारी थियो ?

उत्तर: विश्वभरि फैलिरहेको अशान्त वातावरण र दाम्पत्यभारका कारण आफ्नो एक्लो छोराको भविष्य कस्तो होला भन्ने चिन्ताले तिनको हृदय धेरै दिनदेखि भारी थियो ।


(ख) युद्धका घटनाले बाल मस्तिष्कमा कस्तो प्रभाव पार्न सक्छ ?

उत्तर: युद्धका हिंस्रक घटना र प्रसङ्गले बाल मस्तिष्कमा नकारात्मक प्रभाव पार्छ, जसले गर्दा उनीहरूमा प्रतिहिंसा र अपराध गर्ने प्रवृत्तितर्फ आकृष्ट हुने नराम्रो असर पर्न सक्छ ।


(ग) नरेशका आमाबुबाले छोरालाई कुन कुराबाट अलग राख्न खोजेका थिए ?

उत्तर: नरेशका आमाबुबाले छोरालाई विश्वमा भइरहेको युद्धको भयावह समाचार तथा हिंसात्मक प्रवृत्तिका युद्धका खेलहरू खेल्नबाट अलग राख्न खोजेका थिए।


(घ) पार्वतीले छोरालाई शान्तिवीर बनाउन कस्तो प्रयास गरिन् ?

उत्तर: पार्वतीले छोरालाई शान्तिवीर बनाउन घरको वातावरण शान्त राखिन् र सुत्ने कोठामा बुद्धवाणी, गान्धीवाणी जस्ता धेरै शान्तिका सन्देशहरू नेपाली भाषामा स्पष्ट रूपमा लेखेर टाँगेकी थिइन् ।

५. कथा पढी दिइएका संवाद कसले कोसँग भनेका हुन्, पहिल्याउनुहोस् :

(क) यस्तो विश्वको अशान्त वातावरणमा छोरो कसरी बढ्ला ?

उत्तर: यो संवाद आमा पार्वतीले आफ्ना पति कृष्णबहादुरसँग भनेकी हुन् ।


(ख) गोली लाग्दा तपाईंलाई दुखेन ?

उत्तर: यो संवाद बालक नरेशले आफ्ना बुबा कृष्णबहादुरसँग भनेको हो ।


(ग) उ ! हेर कस्ती राम्री पुतली

उत्तर: यो संवाद आमा पार्वतीले छोरा नरेशको हिंस्रक ध्यान मोड्नका लागि नरेशसँग भनेकी हुन् ।


(घ) सबै जर्मनहरू खराब हुँदैनन्, तिनीहरू बडा ज्ञानी पनि हुन्छन् ।

उत्तर: यो संवाद आमा पार्वतीले छोरा नरेशको मनबाट जर्मनप्रतिको रिस हटाउनका लागि छोरा नरेशसँग भनेकी हुन् ।

६. 'दार्जिलिङको तुङसुङ ... हुन्छ' भन्ने अनुच्छेदबाट चारओटा प्रश्न बनाई तिनका उत्तरबारे साथीसँग छलफल गर्नुहोस् :

तयार पारिएका प्रश्नहरू:

  1. (क) चिटिक्क परेको घर कहाँ अवस्थित छ ?
  2. (ख) सो सुन्दर घर के-के कुरा मिलेर बनेको छ ?
  3. (ग) घरको शोभा बढाउन गमलामा केका बोटहरू रोपिएका छन् ?
  4. (घ) घरको ढोका र झ्यालमा कस्तो रङको पर्दा झुन्ड्याइएको छ ?

(नोट: यी प्रश्नहरूका आधारमा आफ्ना सहपाठीहरूसँग उत्तर खोज्ने र छलफल गर्ने अभ्यास गर्नुहोस् ।)

७. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) कथाका आधारमा पार्वतीका राम्रा गुण उल्लेख गर्नुहोस् ।

उत्तर: 'भविष्य निर्माण' कथाकी प्रमुख महिला पात्र पार्वती एक आदर्श, शिक्षित, सचेत र उच्च बालमनोवैज्ञानिक चेत भएकी आमा हुन्। उनीमा थुप्रै अनुकरणीय गुणहरू रहेका छन् । उनी आफ्ना सन्तानको भविष्यका निम्ति सधैँ चिन्तित रहन्छिन् र उनलाई समाजको नकारात्मकताले सन्तानमा पार्ने प्रभावको राम्रो ज्ञान छ । आफ्नो सन्तानलाई उनी केवल ठुलो होइन, एक असल र शान्तिप्रिय मानिस बनाउन चाहान्थिन् । त्यसैले घरमा उनले छोरो नरेशलाई सधैँ सकारात्मक र राम्रा कुराहरू मात्र सिकाइन् । छोरा नरेशको बालमस्तिष्कमा हिंस्रक युद्धका कुराले नराम्रो असर पर्न सक्छ भन्ने बुझेर उनी निकै सचेत रहन्थिन् । उनले आफ्नो सुत्ने कोठामा पनि बुद्ध वाणी, गान्धी वाणी जस्ता महान् व्यक्तित्वका शान्तिका सन्देश लेखेर टाँगेकी थिइन् । छोराले जर्मनलाई मार्ने जिद्दी गर्दा रिसले नज्याँकी बुद्धिमतापूर्वक जर्मनहरू वैज्ञानिक र दयालु पनि हुन्छन् भनी सम्झाउने उनको शैलीले उनी धैर्यवान् र चतुर आमा हुन् भन्ने पुष्टि गर्छ। समग्रमा, उनी बालमनोविज्ञान बुझेर मार्गनिर्देशन गर्न सक्ने एक आदर्श आमा हुन् ।


(ख) कथामा उल्लेख भएको परिवेशको वर्णन गर्नुहोस् ।

उत्तर: 'भविष्य निर्माण' कथामा बाह्य र आन्तरिक गरी दुई प्रकारका परिवेशको सुन्दर र सन्तुलित संयोजन गरिएको छ। स्थानगत रूपमा यो कथा दार्जिलिङको सानो, सुन्दर र एकान्त 'तुङसुङ' नामक बस्तीमा घटित छ। बाह्य रूपमा त्यहाँ एउटा चिटिक्क परेको घर, वरिपरि सजाइएको फूलबारी र शान्त प्राकृतिक वातावरण देखाइएको छ, जहाँ कृष्ण, पार्वती र नरेशको सानो सुखी परिवार बस्छ। तर, यसको विपरीत कथाको तत्कालीन सामाजिक र मानसिक परिवेश भने अत्यन्तै चिन्ताजनक र भयावह छ । त्यतिखेर विश्वमा दोस्रो विश्वयुद्ध चलिरहेको थियो । जताततै हिंसा, विनाश र मृत्युका घटना भइरहेका थिए । पत्रपत्रिका र अखबारहरू युद्धका विभत्स समाचारले भरिएका हुन्थे। यस बाह्य युद्धको प्रभाव समाजका साना बालबालिकामा समेत परेको थियो, जसका कारण केटाकेटीहरू पनि खेलमा सैनिक, कप्तान वा कर्णेल बनेर युद्धकै हिंस्रक खेल खेल्थे। यस्तो अशान्त, भयभीत र हिंस्रक सामाजिक परिवेशमा एक अबोध बालकको मानसिकतालाई सुरक्षित राख्नुपर्ने चुनौती कथामा देखाइएको छ, जसले परिवेशलाई अझ गम्भीर र चिन्तनीय बनाएको छ।


(ग) कथाबाट के सन्देश पाइन्छ ?

उत्तर: देवकुमारी थापाद्वारा रचित 'भविष्य निर्माण' कथाले समाज र अभिभावकलाई अत्यन्तै महत्त्वपूर्ण बालमनोवैज्ञानिक सन्देश दिएको छ । यस कथाको मुख्य सन्देश भनेको 'बालबालिकाहरू काँचो माटो हुन्, उनीहरूलाई जस्तो वातावरण र संस्कार दियो, भविष्यमा उनीहरू त्यस्तै बन्छन्' भन्ने हो। हामीले हाम्रा सन्तानलाई सधैँ सकारात्मक, रचनात्मक र शान्तिपूर्ण कुराहरू मात्र सिकाउनुपर्छ । ससाना बालबालिकालाई घरपरिवारमा असल, मायालु र स्वस्थ वातावरण दिन सक्यौँ भने मात्र उनीहरू भविष्यमा देशको जिम्मेवार र असल नागरिक बन्न सक्छन् । यदि उनीहरूले बाल्यकालमा हिंसा, क्रोध र बदलाको वातावरण पाए भने उनीहरूको सोच पनि हिंस्रक बन्न सक्छ। अभिभावकले आफ्ना विचार र व्यवहार सधैँ मर्यादित राख्नुपर्छ किनकि बालबालिकाले ठुलाको सिको चाँडो गर्छन् । बालबालिकाको मनमा उब्जिएका जिज्ञासा र नकारात्मक भावनालाई बल प्रयोग गरेर होइन, प्रेम र बुद्धिमानीपूर्वक सकारात्मकतातर्फ मोड्नुपर्छ भन्ने नै यस कथाको मूल शिक्षा र सन्देश हो ।

८. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) उत्तर दिनुहोस् :

(अ) सहकार्य सिकाइ भनेको के हो ?
उत्तर: सहकार्य सिकाइ भनेको विद्यार्थीहरू आपसमा मिलेर, समूहमा विभिन्न रचनात्मक क्रियाकलाप वा कार्यहरू गरेर ज्ञान हासिल गर्ने एक आधुनिक र प्रभावकारी सिकाइ विधि हो ।

(आ) सहकार्य सिकाइमा सिकारुले कसरी सिक्छन् ?
उत्तर: सहकार्य सिकाइमा सिकारुहरूले एक्लाएक्लै पढ्नुको सट्टा कुनै पनि निश्चित विषयवस्तुका सम्बन्धमा आफूले प्राप्त गरेका सूचना, ज्ञान तथा अनुभवलाई एकआपसमा आदानप्रदान र स्वस्थ अन्तरक्रिया गरेर सिक्छन् ।

(इ) यस विधिमा शिक्षकको भूमिका कस्तो रहन्छ ?
उत्तर: यस विधिमा शिक्षक परम्परागत शासक वा व्याख्याता नभई एउटा सहयोगी मित्र, सहजकर्ता तथा सिकारुको मार्गदर्शकको भूमिकामा रहन्छन् ।

(ई) यस विधिलाई किन प्रभावकारी मानिन्छ ?
उत्तर: यस विधिबाट सिकाइ गर्दा विद्यार्थीहरू सक्रिय हुन्छन् र उनीहरूमा सामूहिक भावनाको विकास हुन्छ । एकआपसमा स्वस्थ र सहयोगीपूर्ण अन्तरक्रिया हुने, मिलेर काम गर्ने र आफ्ना अनुभवहरू साथीसमक्ष साटासाट गर्ने हुनाले यस विधिबाट सिकेको कुरा दिगो र प्रभावकारी हुन्छ ।


(ख) भाषा संरचना पहिचान गर्नुहोस् :

(अ) 'अन्तरक्रिया' र 'सिकारु' शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
- अन्तरक्रिया: विद्यार्थीले साथीहरू र शिक्षकसँग निरन्तर अन्तरक्रिया गरेर कठिन विषयहरू पनि सहज रूपमा सिक्न सक्छन् ।
- सिकारु: नयाँ गाडी चलाउन थालेको सिकारु चालकले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्छ ।

(आ) वाक्यलाई कर्मवाच्यमा परिवर्तन गर्नुहोस् :
मूल वाक्य: 'जहा कुनै पनि विषयवस्तुको सम्बन्धमा आफूले प्राप्त गरेका सूचना तथा ज्ञानलाई एकआपसमा आदानप्रदान गर्छन् ।'
- कर्मवाच्य: जहाँ कुनै पनि विषयवस्तुको सम्बन्धमा आफूद्वारा प्राप्त गरिएका सूचना तथा ज्ञानलाई एकआपसमा आदानप्रदान गरिन्छ ।

(इ) अनुच्छेदबाट 'कृत्' र 'तद्धित्' प्रत्यय लागेर बनेका एक एक ओटा शब्द:
- कृत् प्रत्यय (धातु + प्रत्यय): गर् + एर = गरेर / सिक् + आरु = सिकारु
- तद्धित् प्रत्यय (शब्द + प्रत्यय): प्रभाव + कारी = प्रभावकारी / समाज + इक = सामाजिक

(ई) अनुच्छेदबाट 'र' को फरक फरक रूप प्रयोग भएका तीनओटा शब्द टिपोट गर्नुहोस् :
- सामान्य 'र' को रूप: गर्नु
- रेफ (र्) को रूप: मार्गदर्शक
- पदेन (्र) को रूप: क्रियाकलाप / प्रभावकारी

Frequently asked questions

What is भविष्य निर्माण about?

यस च्याप्टरमा देवकुमारी थापाद्वारा रचित 'भविष्य निर्माण' कथामा आधारित शब्दभण्डार, व्याकरण, बोध र अभिव्यक्ति तथा बालमनोविज्ञानसम्बन्धी विभिन्न प्रश्नोत्तरहरूको अध्ययन गरिएको छ। यसले बालबालिकाको हुर्कने वातावरण र उनीहरूको मानसिक विकासमा परिवारको भूमिकालny प्रष्ट पार्छ।

Which topics are covered in भविष्य निर्माण?

Class 9 Nepali “भविष्य निर्माण” covers: शब्दार्थ र टुक्काको वाक्यमा प्रयोग; अनुकरणात्मक शब्दहरूको प्रयोग; 'भविष्य निर्माण' कथाको सारांश र प्रश्नोत्तर; बालमनोविज्ञान र आमाको भूमिका; सहकार्य सिकाइ र व्याकरण (वाच्य, प्रत्यय, 'र' का रूपहरू).

What should I focus on in भविष्य निर्माण for the exam?

विद्यार्थीहरूले 'भविष्य निर्माण' कथाको मूल सन्देश, पार्वतीको चरित्रचित्रण, कथाको परिवेश तथा व्याकरणगत विषयहरू जस्तै प्रत्यय र वाच्य परिवर्तनमा विशेष ध्यान दिनुपर्छ।

What are the key formulas or definitions in भविष्य निर्माण?

अनुकरणात्मक शब्द: फटाफट, खुरुखुरु, खपाखप, पखालपुखुल, थपक्क; कृत् प्रत्यय: धातुमा प्रत्यय जोडेर बन्ने शब्द (जस्तै: सिकारु); तद्धित् प्रत्यय: नाम वा विशेषणमा प्रत्यय जोडेर बन्ने शब्द (जस्तै: प्रभावकारी); कर्मवाच्य: कर्तालाई गौण वा तृतीया विभक्तिमा राखेर कर्मलाई मुख्य बनाउने रचना.

Where can I read the Class 9 Nepali “भविष्य निर्माण” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for भविष्य निर्माण. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install