Chapter at a glance
यस पाठले सामाजिक समस्या र विकृतिको परिचय दिँदै हेपाइ, साइबर अपराध र विद्युतीय कुलतबारे चर्चा गर्छ। यसमा समाजमा विद्यमान विभिन्न बाधा, विकृतिहरू र तिनका समाधानका उपायहरूबारे अभ्याससहित जानकारी गराइएको छ।
- सामाजिक समस्याको परिचय
- सामाजिक विकृतिको परिभाषा
- हेपाइ
- साइबर अपराध
- विद्युतीय कुलत
- सामाजिक समस्याका उदाहरणहरू
Exam focus: विद्यार्थीहरूले सामाजिक समस्या र सामाजिक विकृतिबीचको भिन्नता, तिनका उदाहरणहरू तथा विद्युतीय कुलतबाट बच्ने उपायहरूसबारे विशेष तयारी गर्नुपर्छ।
Key formulas and definitions
- सामाजिक समस्या: समाजको विकासमा बाधा पर्ने र समाजमा बारम्बार देखापर्ने व्यवधानहरू
- सामाजिक विकृति: समाजका मूल्य, मान्यता र नैतिकताविपरीत हुने तथा समाज र व्यक्तिलाई हानि पुर्याउने नराम्रा आचरण र क्रियाकलाप
- विद्युतीय कुलत: मोबाइल वा ग्याजेटहरूमा लामो समयसम्म झुम्मिने र गेम खेल्ने नराम्रो बानी
On this page (10 sections)
- अभ्यास — अति छोटो उत्तर
- सामाजिक समस्या भनेको के हो ?
- सामाजिक विकृतिलाई एक वाक्यमा परिभाषित गर्नुहोस् ।
- विद्युतीय कुलतको एक उदाहरण लेख्नुहोस् ।
- अभ्यास — छोटो उत्तर
- नेपालमा कस्ता खालका सामाजिक समस्याहरू छन् ? उदाहरणसहित लेख्नुहोस् ।
- आजकल किशोर किशोरीहरूमा विद्युतीय कुलत एकदमै बढ्दै गइरहेको छ । यस्तो कुलतबाट बच्न आफ्ना साथीहरूलाई दिने कुनै पाँचवटा सुझावहरूको नमुना लेख्नुहोस् ।
- सामाजिक विकृतिको परिचय दिई यसबाट नेपाली समाजलाई मुक्त गर्ने तरिकाहरू उल्लेख गर्नुहोस् ।
- खोज कार्य
- तपाईंको समुदायका कुनै पाँच घरपरिवारका घरमुलीसँग कुराकानी गरी १५ वर्ष भन्दा मुनिका बालबालिकाहरूमा विद्युतीय लत छ कि छैन सोध्नुहोस् । प्राप्त जानकारीलाई स्तम्भ चित्रमा प्रस्तुत गर्नुहोस् ।
Solutions and answers
अभ्यास — अति छोटो उत्तर
सामाजिक समस्या भनेको के हो ?
समाजमा बस्दा हामी विभिन्न प्रकारका व्यवधान आइपर्छौं । त्यस्ता व्यवधानलाई सामाजिक समस्या भनिन्छ । सामाजिक विकासमा बाधा पर्ने र समाजमा बारम्बार देखापर्ने समस्या नै सामाजिक समस्या हो । सामाजिक समस्याहरू समाजको विकासका बाधक हुन् ।
उदाहरणका लागि बहुविवाह, लैङ्गिक विभेद, छुवाछूत र छाउपडी प्रथा नेपालका सामाजिक समस्याहरू हुन् ।
सामाजिक विकृतिलाई एक वाक्यमा परिभाषित गर्नुहोस् ।
समाजका मूल्य, मान्यता र नैतिकताविपरीत हुने तथा समाज र व्यक्तिलाई हानि पुर्याउने नराम्रा आचरण र क्रियाकलाप नै सामाजिक विकृति हो ।
हेपाइ, साइबर अपराध र विद्युतीय कुलत सामाजिक विकृतिका उदाहरण हुन् ।
विद्युतीय कुलतको एक उदाहरण लेख्नुहोस् ।
मोबाइलमा लामो समयसम्म गेम खेल्ने बानी विद्युतीय कुलतको एक उदाहरण हो । यस्तो लत लागेका किशोर किशोरीहरूले आफ्नो अमूल्य समय खेर फाल्छन् र पढाइमा ध्यान दिन सक्दैनन् ।
विद्युतीय कुलतका अन्य उदाहरण साइबर यौन कुलत र नेट अनिवार्यता हुन् ।
अभ्यास — छोटो उत्तर
नेपालमा कस्ता खालका सामाजिक समस्याहरू छन् ? उदाहरणसहित लेख्नुहोस् ।
नेपालमा धार्मिक आस्था र परम्पराका नाममा विभिन्न सामाजिक समस्याहरू छन् । अशिक्षा, गरिबी, बेरोजगारी र जनचेतनाको कमीले गर्दा यस्ता समस्याहरूले समाज व्याप्त बनेको छ । नेपालका प्रमुख सामाजिक समस्याहरू निम्न छन् :
- बहुविवाह : एक व्यक्तिले एकभन्दा बढी विवाह गर्ने प्रथा ।
- लैङ्गिक विभेद : छोरा र छोरीबीच गरिने असमान व्यवहार ।
- छुवाछूत : जातका आधारमा गरिने भेदभावपूर्ण व्यवहार ।
- छाउपडी प्रथा : महिनावारी भएका महिलालाई छाउगोठमा बस्न बाध्य पार्ने कुप्रथा ।
यसबाहेक समाजमा हेपाइ, साइबर अपराध र विद्युतीय कुलत जस्ता सामाजिक विकृतिहरू पनि बढ्दै गएका छन् । यी समस्याहरूले समाजको प्रगति र उन्नतिमा बाधा पुर्याउँछन् ।
आजकल किशोर किशोरीहरूमा विद्युतीय कुलत एकदमै बढ्दै गइरहेको छ । यस्तो कुलतबाट बच्न आफ्ना साथीहरूलाई दिने कुनै पाँचवटा सुझावहरूको नमुना लेख्नुहोस् ।
आजकल सामाजिक सञ्जालमा बढी समय बिताउने, मोबाइलमा लामो समयसम्म गेम खेल्ने, टिकटकमा बढी समय बिताउने र टि.भी. मा बढी समय व्यतित गर्ने साथीहरूको सङ्ख्या अत्यधिक रहेको छ । यसबाट व्यक्तिमा साइबर दुर्व्यसनको समस्या देखिने, व्यक्ति एकोहोरो हुने, मानसिक समस्यामा पर्न सकिने, शारीरिक रूपमा समस्या देखिने र साइबर अपराधमा फस्न सकिने जस्ता विभिन्न असर पर्न सक्छ । तसर्थ यसबाट बच्न साथीहरूलाई निम्न सुझाव दिन सकिन्छ :
- सामाजिक सञ्जाल, मोबाइल, टि.भी. आदि लामो समयसम्म नचलाउने ।
- आवश्यक काममा मात्र यस्ता साधनको प्रयोग गर्ने ।
- पढाइ वा आफन्तसँग कुराकानी गर्न मात्र यस्ता साधन प्रयोगमा ल्याउने ।
- खाना खाँदा, पढ्दा र सुत्ने समयमा यस्ता साधन प्रयोग नगर्ने ।
- दैनिक समय तालिका बनाएर सोहीअनुसारका कार्य गर्ने ।
यसका साथै यस्ता साधनहरूमा विभिन्न किसिमका गेमहरू इन्टल नगर्ने र गेम खेल्ने बानी नबसाल्ने, परिवारका सदस्यसँग समय बिताउने र फुटबल, भलिबल, क्रिकेट जस्ता खेलकुदमा बढी जोड दिने गर्नुपर्छ ।
सामाजिक विकृतिको परिचय दिई यसबाट नेपाली समाजलाई मुक्त गर्ने तरिकाहरू उल्लेख गर्नुहोस् ।
समाजका मूल्य, मान्यता र नैतिकताविपरीत हुने नराम्रा आचरण र क्रियाकलाप नै सामाजिक विकृति हो । प्रविधिको दुरुपयोगसँगै हाम्रो मौलिक संस्कृतिमा पनि विकृति आएको छ । नेपालमा व्याप्त प्रमुख सामाजिक विकृतिहरू हेपाइ, साइबर अपराध र विद्युतीय कुलत हुन् । हेपाइ भनेको व्यक्तिलाई शारीरिक तथा मानसिक दुःख, हैरानी र पीडा दिने गरी हानिनोक्सानी र चोट पुर्याउने कार्य हो । साइबर अपराध भनेको कम्प्युटर तथा इन्टरनेटको प्रयोग गरी गरिने सामाजिक, कानुनी तथा नैतिक अपराध हो । विद्युतीय कुलत भनेको इन्टरनेट र विद्युतीय साधनको अत्यधिक प्रयोग गर्ने बानी हो ।
नेपाली समाजलाई सामाजिक विकृतिबाट मुक्त गर्ने तरिकाहरू :
- चेतना फैलाउने : सबै जात समान हुन् भन्ने चेतना सबैमा प्रवाह गर्ने र सामाजिक विकृतिका असरबारे जनचेतना जगाउने ।
- कानुनी उपचार : हेपाइमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने र साइबर अपराध गरेबापत हुने दण्डसजायको जानकारी दिने ।
- सचेतना र सावधानी : सबैमा सचेतना अभिवृद्धि गर्ने र सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउने र त्यसको दुरुपयोग हुन नदिने ।
- सही प्रयोगको बानी : विद्युतीय साधनलाई आवश्यक काममा मात्र प्रयोग गर्ने र दैनिक समय तालिका बनाएर चल्ने ।
- गलत सामग्रीको बहिष्कार : कसैले गलत नियतले राखेका सामग्रीलाई लाइक, सेयर र कमेन्ट नगर्ने र समाजमा हिंसा, विद्वेष र अपराध फैलाउने सामग्री प्रकाशन, प्रसारण र पोस्ट नगर्ने ।
- उजुरी गर्ने : पटक पटक साइबर अपराधमा संलग्न भएको थाहा पाएमा वा आफू परेमा उजुरी गर्ने र साथी तथा अभिभावकलाई समेत जानकारी दिने ।
खोज कार्य
तपाईंको समुदायका कुनै पाँच घरपरिवारका घरमुलीसँग कुराकानी गरी १५ वर्ष भन्दा मुनिका बालबालिकाहरूमा विद्युतीय लत छ कि छैन सोध्नुहोस् । प्राप्त जानकारीलाई स्तम्भ चित्रमा प्रस्तुत गर्नुहोस् ।
अध्ययनको उद्देश्य : मेरो समुदायका १५ वर्ष भन्दा मुनिका बालबालिकाहरूमा विद्युतीय लत छ कि छैन पत्ता लगाउनु ।
अध्ययन विधि : पाँच घरपरिवारका घरमुलीसँग कुराकानी र प्रश्नोत्तर ।
प्राप्त जानकारीको नमुना तालिका :
- घरपरिवार १ — १५ वर्ष मुनिका बालबालिका २ जना, विद्युतीय लत भएका १ जना
- घरपरिवार २ — १५ वर्ष मुनिका बालबालिका ३ जना, विद्युतीय लत भएका २ जना
- घरपरिवार ३ — १५ वर्ष मुनिका बालबालिका १ जना, विद्युतीय लत भएका ० जना
- घरपरिवार ४ — १५ वर्ष मुनिका बालबालिका २ जना, विद्युतीय लत भएका २ जना
- घरपरिवार ५ — १५ वर्ष मुनिका बालबालिका २ जना, विद्युतीय लत भएका १ जना
स्तम्भ चित्र : स्तम्भ चित्रमा तेर्सो अक्षमा घरपरिवार १ देखि ५ सम्म र ठाडो अक्षमा बालबालिकाको सङ्ख्या राख्नुहोस् । प्रत्येक घरपरिवारका लागि दुईओटा स्तम्भ बनाउनुहोस् — एउटा कुल बालबालिकाको सङ्ख्याका लागि र अर्को विद्युतीय लत भएका बालबालिकाको सङ्ख्याका लागि ।
निष्कर्ष : सर्वेक्षणबाट धेरैजसो घरपरिवारका १५ वर्ष मुनिका बालबालिकामा मोबाइल गेम र युट्युब हेर्ने विद्युतीय लत देखियो । अभिभावकहरूले बालबालिकाको मोबाइल प्रयोगमा निगरानी गर्नुपर्ने र समय तालिका बनाइदिनुपर्ने देखिन्छ ।
स्रोत : सामाजिक अध्ययन, कक्षा ९ — पाठ्यपुस्तक (पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार, २०७८)
Frequently asked questions
What is सामाजिक समस्याको पहिचान about?
यस पाठले सामाजिक समस्या र विकृतिको परिचय दिँदै हेपाइ, साइबर अपराध र विद्युतीय कुलतबारे चर्चा गर्छ। यसमा समाजमा विद्यमान विभिन्न बाधा, विकृतिहरू र तिनका समाधानका उपायहरूबारे अभ्याससहित जानकारी गराइएको छ।
Which topics are covered in सामाजिक समस्याको पहिचान?
Class 9 Social Studies “सामाजिक समस्याको पहिचान” covers: सामाजिक समस्याको परिचय; सामाजिक विकृतिको परिभाषा; हेपाइ; साइबर अपराध; विद्युतीय कुलत; सामाजिक समस्याका उदाहरणहरू.
What should I focus on in सामाजिक समस्याको पहिचान for the exam?
विद्यार्थीहरूले सामाजिक समस्या र सामाजिक विकृतिबीचको भिन्नता, तिनका उदाहरणहरू तथा विद्युतीय कुलतबाट बच्ने उपायहरूसबारे विशेष तयारी गर्नुपर्छ।
What are the key formulas or definitions in सामाजिक समस्याको पहिचान?
सामाजिक समस्या: समाजको विकासमा बाधा पर्ने र समाजमा बारम्बार देखापर्ने व्यवधानहरू; सामाजिक विकृति: समाजका मूल्य, मान्यता र नैतिकताविपरीत हुने तथा समाज र व्यक्तिलाई हानि पुर्याउने नराम्रा आचरण र क्रियाकलाप; विद्युतीय कुलत: मोबाइल वा ग्याजेटहरूमा लामो समयसम्म झुम्मिने र गेम खेल्ने नराम्रो बानी.
Where can I read the Class 9 Social Studies “सामाजिक समस्याको पहिचान” solutions?
Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.
Study tips
Do not just read it. Practice it.
You have read the solutions for सामाजिक समस्याको पहिचान. Now test yourself, ask the AI tutor and keep your streak going.




- AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
- AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
- 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
- Past questions and notesPast papers and your own notes organized chapter by chapter.