Chapter at a glance
यो पाठले राष्ट्र र राष्ट्रियताको अर्थ, तिनबीचको भिन्नता र राष्ट्रिय अखण्डता, सिमा सुरक्षा तथा स्वाभिमान जस्ता राष्ट्रिय सरोकारका विषयहरूप्रति विद्यार्थीहरूलाई परिचित गराउँछ। यसमा अति छोटो, छोटो र लामो उत्तर दिने अभ्यास प्रश्नहरूका साथै कक्षा क्रियाकलाप र वृत्तचित्र अध्ययन कार्य समावेश गरिएको छ।
- राष्ट्र र राष्ट्रियताको अर्थ र भिन्नता
- राष्ट्रिय सरोकारका विषयहरू
- राष्ट्रिय अखण्डता र सिमा सुरक्षा
- सिमा अतिक्रमण र समाधानका उपायहरू
- आत्मसम्मान र स्वाभिमानको ऐतिहासिक पृष्ठभूमि
Exam focus: विद्यार्थीहरूले राष्ट्रिय सरोकारका विषयहरूको सूची, सिमा सुरक्षाका उपायहरू र नेपालको ऐतिहासिक स्वाभिमानसम्बन्धी प्रश्नहरूको तयारीमा विशेष ध्यान दिनुपर्छ।
Key formulas and definitions
- राष्ट्र र राष्ट्रियतासँग प्रत्यक्ष रूपमा जोडिएका विषयहरू राष्ट्रिय सरोकारका विषय हुन्।
- राष्ट्रिय अखण्डता भनेको देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र एकता कायम राख्नु हो।
On this page (7 sections)
- अभ्यास — तलका प्रश्नको उत्तर दिनुहोस्
- तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् : (क) राष्ट्रिय सरोकारको विषय भन्नाले के बुझ्नु हुन्छ ? (ख) पाठमा उल्लेख भएका कुनै दुई राष्ट्रिय सरोकारका विषयहरूको सूची बनाउनुहोस् ।
- तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : (क) राष्ट्रिय अखण्डता भनेको के हो ? राष्ट्रिय अखण्डताको महत्त्व लेख्नुहोस् । (ख) नेपालको दक्षिणी सिमानामा बढी आपराधिक गतिविधि हुनुका कारणहरू के के हुन् ? यसलाई समाधान गर्नका लागि आवश्यक सुझावहरू लेख्नुहोस् । (ग) यदि तपाईंलाई परराष्ट्र मन्त्री बनाइयो भने सिमाना अतिक्रमण जस्तो समस्या कसरी समाधान गर्नुहुन्छ ? कुनै चारओटा योजनाहरू लेख्नुहोस् । (घ) “नेपालको इतिहास आत्मसम्मान र स्वाभिमानले भरिपूर्ण इतिहास हो” — ऐतिहासिक प्रमाणसहित पुष्टि गर्नुहोस् ।
- तलको प्रश्नको लामो उत्तर दिनुहोस् : (क) राष्ट्रिय सरोकारका विषयहरू के के हुन् ? सबैको सूची बनाई कुनै तीनओटाको व्याख्या गर्नुहोस् ।
- क्रियाकलाप
- कक्षा क्रियाकलाप : आफ्ना साथीहरू र विषय शिक्षकसँग छलफल गरी नेपालको कुनै नयाँ स्थानमा सिमाना मिचिएको छ भने पत्ता लगाउनुहोस् ।
- वृत्तचित्र अध्ययन कार्य (Documentary Study Work) : आफ्ना साथीहरू र विषय शिक्षकसँग छलफल गरी नेपालको कुनै नयाँ स्थानमा सिमाना मिचिएको छ भने पत्ता लगाउनुहोस् ।
Solutions and answers
अभ्यास — तलका प्रश्नको उत्तर दिनुहोस्
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् : (क) राष्ट्रिय सरोकारको विषय भन्नाले के बुझ्नु हुन्छ ? (ख) पाठमा उल्लेख भएका कुनै दुई राष्ट्रिय सरोकारका विषयहरूको सूची बनाउनुहोस् ।
(क) राष्ट्रिय सरोकारको विषय भन्नाले के बुझ्नु हुन्छ ?
राष्ट्र र राष्ट्रियतासँग प्रत्यक्ष रूपमा जोडिएका विषयहरू राष्ट्रिय सरोकारका विषय हुन् । यी विषयमा राज्य र सबै नागरिक सचेत र सजग हुन जरुरी छ ।
(ख) पाठमा उल्लेख भएका कुनै दुई राष्ट्रिय सरोकारका विषयहरू :
- राष्ट्रिय अखण्डता
- सिमा सुरक्षा
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : (क) राष्ट्रिय अखण्डता भनेको के हो ? राष्ट्रिय अखण्डताको महत्त्व लेख्नुहोस् । (ख) नेपालको दक्षिणी सिमानामा बढी आपराधिक गतिविधि हुनुका कारणहरू के के हुन् ? यसलाई समाधान गर्नका लागि आवश्यक सुझावहरू लेख्नुहोस् । (ग) यदि तपाईंलाई परराष्ट्र मन्त्री बनाइयो भने सिमाना अतिक्रमण जस्तो समस्या कसरी समाधान गर्नुहुन्छ ? कुनै चारओटा योजनाहरू लेख्नुहोस् । (घ) “नेपालको इतिहास आत्मसम्मान र स्वाभिमानले भरिपूर्ण इतिहास हो” — ऐतिहासिक प्रमाणसहित पुष्टि गर्नुहोस् ।
(क) राष्ट्रिय अखण्डता भनेको के हो ? महत्त्व :
राष्ट्रिय अखण्डता भनेको देशको भौगोलिक अविभाज्यता र एकताको अवस्था हो । नेपाल सधैंभर स्वतन्त्र, अविभाज्य, सार्वभौम र समावेशी राष्ट्रका रूपमा रहेको छ ।
राष्ट्रिय अखण्डताको महत्त्व :
- राष्ट्रिय अखण्डता र भौगोलिक अखण्डता धेरै महत्त्वपूर्ण राष्ट्रिय सरोकारको विषय हो । यसलाई अटल राख्न नेपाल सरकार र नेपाली जनताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।
- सरकारले सुशासन कायम गर्ने, समानुपातिक रूपमा विकास गर्ने, न्यायपूर्ण ढङ्गले स्रोत तथा साधनको वितरण गर्नुपर्छ ।
- राज्यले कसैलाई पनि कुनै आधारमा भेदभाव गर्नुहुँदैन । सबै नागरिकलाई मूल्यवान् जनशक्तिका रूपमा लिई उनीहरूको जायज माग र आवश्यकतालाई सम्बोधन गर्नुपर्छ ।
- सबै जातजातिको भाषा, धर्म र संस्कृतिको संरक्षण तथा सम्वर्धन गर्नुपर्छ । कुनै पनि नागरिकले राज्यले आफूलाई काखा वा पाखा गरेको महसुस गर्नुहुँदैन ।
- शारीरिक तथा मानसिक रूपमा चुनौतीपूर्ण नागरिकहरूलाई सकारात्मक भेदभावको रणनीतिले राज्यको मूल प्रवाहमा समाहित गर्नुपर्छ ।
- जनताले पनि राष्ट्रिय अखण्डताप्रति सचेत भई नियमपालन गर्ने तथा राष्ट्रको संवेदनशीलताप्रति जानकार भई एउटा राष्ट्रलाई बलियो बनाउनका लागि राष्ट्रिय सरोकारका विषयहरूलाई यथासक्य सम्बोधन गर्नुपर्छ ।
(ख) दक्षिणी सिमानामा बढी आपराधिक गतिविधि हुनुका कारण र समाधानका सुझाव :
कारणहरू :
- नेपाल र भारतको खुला सिमाना भएकाले प्रभावकारी सुरक्षा नहुँदा अपराध बढ्न सक्छ ।
- अन्य देशका अपराधीहरू बिना अवरोध नेपाल पस्न सक्छन् ।
- नेपालकै अपराधीहरू पनि हत्या, चेलीबेटी बेचबिखन, लागूऔषध ओसार पसार, चोरी र यस्तै अराष्ट्रिय गतिविधि गरी भारतमा लुक्न सक्छन् ।
- यसले हिंसाको वृद्धि गरी विकासको कामलाई प्रभावित पार्न सक्छ ।
समाधानका सुझावहरू :
- सरकारले चेक पोष्ट र सुरक्षाकर्मीको वृद्धि गरी सिमा सुरक्षालाई कडा बनाउनुपर्छ ।
- आवश्यक परेमा विशेष सिमा सुरक्षा बल स्थापना गरी दशगजा क्षेत्रमा खटाउनुपर्छ ।
- नाकालाई व्यवस्थित गरी अन्य क्षेत्रबाट आवतजावत गर्न मनाही गर्नुपर्छ ।
- यी यावत कार्यका लागि सरकारको प्रयासमा जनताको सहयोग हुनुपर्छ ।
(ग) परराष्ट्र मन्त्री भए सिमा अतिक्रमण समाधान गर्ने चारओटा योजनाहरू :
नमुना उत्तर — आफ्ना योजना लेख्नुहोस्- दुवै देशको सहमतिमा वैज्ञानिक पिलर तथा खम्बा सिमा क्षेत्रमा लगाई सिमालाई स्पष्ट गर्ने ।
- सिमा अतिक्रमणको विषयलाई कूटनीतिक वार्ताबाट समाधान गर्ने र आवश्यक परेमा संयुक्त सर्वेक्षण तथा नक्साङ्कन गर्ने ।
- सिमा क्षेत्रमा चेक पोष्ट र सुरक्षाकर्मीको सङ्ख्या बढाई सिमा सुरक्षालाई कडा बनाउने ।
- सिमा क्षेत्रका स्थानीय जनतालाई सचेत गराई अतिक्रमणबारे जानकारी दिने संयन्त्र बनाउने र सरकारको प्रयासमा जनताको सहयोग जुटाउने ।
(घ) “नेपालको इतिहास आत्मसम्मान र स्वाभिमानले भरिपूर्ण इतिहास हो” — ऐतिहासिक प्रमाणसहित पुष्टि :
नेपाल सार्वभौम मुलुक हो । यसले आफ्नो स्वाभिमानलाई सधैंभरदेखि कायम गर्दै आएको छ । नेपालले देखाएको वीरता र स्वाभिमानले नेपाललाई विश्वमा चिनाएको छ । यसलाई निम्न ऐतिहासिक प्रमाणहरूले पुष्टि गर्छन् :
- नेपालले कहिल्यै कसैसँग आत्मसमर्पण नगरेको इतिहास छ । हामीले कहिल्यै पनि शत्रुसँग आत्मसमर्पण गरेनौं ।
- हाम्रा वीर पुर्खाहरूले नेपाल–अङ्ग्रेज युद्धमा अतुलनीय बहादुरी देखाए । बलबहादुर कुँवर, अमर सिंह थापा तथा भक्ति थापाले देखाएको बहादुरी आजसम्म पनि विश्वभरि नै गुञ्जायमान छ । ती वीर योद्धाहरू पद, पैसा प्रति कहिल्यै पनि लालायित भएनन् ।
- भीमसेन थापाले अङ्ग्रेजहरूलाई एसियाबाटै नखेट्ने योजना बनाएका थिए ।
- प्रथम र दोस्रो विश्वयुद्धमा नेपालीले देखाएको बहादुरी पनि अचम्मजनक थियो ।
- गोर्खालीको बहादुरीबारे विश्वका ठूला व्यक्तिहरूले भनेका कुराहरू पनि यसका प्रमाण हुन् : “म मेरो सेनालाई विश्वको जुनसुकै सेनासँग लड्न पठाउन सक्छु तर जब म नेपाली सेनाको नाम सुन्छु, मेरो मुटु काँप्छ ।” — जर्मन शासक कैसर विलियम द्वितीय ; “यदि मसँग गोर्खाली सेना भएको भए विश्वको कुनै पनि सेनाले मलाई जित्न सक्दैनथ्यो ।” — जर्मन शासक एडोल्फ हिटलर ; “यदि कुनै मानिसले मर्न डर लाग्दैन भन्छ भने कि त ऊ झुट बोलिरहेको छ कि त ऊ गोर्खा हो ।” — मार्शल स्याम मानेकसा ; “संसारमा कुनै एकदमै सुरक्षित ठाउँ छ भने त्यो जब तपाईं गोर्खाहरूको बीचमा हुनुहुन्छ ।” — राजकुमार चार्ल्स ।
- आवश्यक परेमा राष्ट्रका निम्ति बलिदानी दिन पनि तयार हुनुपर्छ भन्ने भावना र आफ्नै पसिना र मेहनतमा बाँच्न सिक्नुपर्छ भन्ने मान्यताले पनि नेपालको इतिहास आत्मसम्मान र स्वाभिमानले भरिपूर्ण छ भन्ने पुष्टि गर्छ ।
तलको प्रश्नको लामो उत्तर दिनुहोस् : (क) राष्ट्रिय सरोकारका विषयहरू के के हुन् ? सबैको सूची बनाई कुनै तीनओटाको व्याख्या गर्नुहोस् ।
राष्ट्र र राष्ट्रियतासँग प्रत्यक्ष रूपमा जोडिएका विषयहरू राष्ट्रिय सरोकारका विषय हुन् । राष्ट्रिय सरोकारका प्रमुख विषयहरू निम्न छन् :
- राष्ट्रिय अखण्डता
- सिमा सुरक्षा
- सिमा अतिक्रमण
- आत्मसम्मान
- धार्मिक तथा सामाजिक सहिष्णुता
- सार्वभौमसत्ता
- स्वनिर्भरता
कुनै तीनओटाको व्याख्या :
राष्ट्रिय अखण्डता : राष्ट्रिय अखण्डता र भौगोलिक अखण्डता धेरै महत्त्वपूर्ण राष्ट्रिय सरोकारको विषय हो । नेपाल सधैंभर स्वतन्त्र, अविभाज्य, सार्वभौम र समावेशी राष्ट्रका रूपमा रहेको छ । यसलाई अटल राख्न सरकारले सुशासन कायम गर्ने, समानुपातिक रूपमा विकास गर्ने, न्यायपूर्ण ढङ्गले स्रोत तथा साधनको वितरण गर्नुपर्छ र कसैलाई पनि कुनै आधारमा भेदभाव गर्नुहुँदैन । जनताले पनि राष्ट्रिय अखण्डताप्रति सचेत भई नियमपालन गर्नुपर्छ । हामीले आफ्नो व्यक्तिगत पृष्ठभूमिभन्दा पनि राष्ट्रको अस्तित्वलाई बलियो बनाउन सकेमा राष्ट्रियताको सम्वर्धन हुन्छ ।
सिमा सुरक्षा तथा सिमा अतिक्रमण : सिमा सुरक्षा गर्नु तथा सिमा अतिक्रमणको विरुद्धमा लड्नु राष्ट्र र नागरिकको दायित्व हो । सिमा सुरक्षा बलियो भएन भने आपराधिक गतिविधि बढ्न गई शान्ति खल्बलिन्छ । नेपाल र भारतको खुला सिमाना भएकाले प्रभावकारी सुरक्षा नहुँदा अपराध बढ्न सक्छ । लामो समयदेखि भारतबाट भएको सिमा अतिक्रमणबाट नेपाल प्रताडित छ । अहिलेसम्म देशका ५४ स्थानमा सिमाना अतिक्रमण भएको प्रतिवेदन छ । सुस्ता–नवलपरासी, कालापानी (दार्चुला), बाँके, कैलाली, कञ्चनपुर, झापा र इलाममा सिमा अतिक्रमणको घटना घटेका छन् । कतिपय जङ्गे पिलरलाई भारतीय पक्षबाट विनाश गर्ने काम भएको छ । भारतीय पक्षले एकपक्षीय रूपमा सिमाना नजिकै बाँध निर्माण गर्दा नेपाल डुबानमा पर्ने गरेको छ । बाँके नजिकैको लक्ष्मणपुर बाँध र रुपन्देही नजिकैको खुर्दालोटन बाँध यसका ज्वलन्त उदाहरण हुन् । यस्तो कार्य कुनै पनि मूल्यमा स्वीकार गर्न सकिँदैन । हामी आफैँ पनि कसैको जमिन अतिक्रमण गर्नुहुँदैन र अरूलाई पनि अतिक्रमण गर्न दिनुहुँदैन । सिमा अतिक्रमण भएमा कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ । सरकारले दुवै पक्षको सहमतिमा वैज्ञानिक पिलर तथा खम्बा सिमा क्षेत्रमा लगाउनुपर्छ ।
आत्म सम्मान तथा स्वाभिमान : नेपाल सार्वभौम मुलुक हो । यसले आफ्नो स्वाभिमानलाई सधैंभरदेखि कायम गर्दै आएको छ । नेपालले देखाएको वीरता र स्वाभिमानले नेपाललाई विश्वमा चिनाएको छ । नेपाल–अङ्ग्रेज युद्ध, प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा नेपालीले देखाएको बहादुरी अतुलनीय छ । हामीले कहिल्यै पनि विदेशीको लालचमा फस्नुहुँदैन । आवश्यक परेमा राष्ट्रका निम्ति बलिदानी दिन पनि तयार हुनुपर्छ । त्यसैगरी हामी आफ्नै पसिना र मेहनतमा बाँच्न सिक्नुपर्छ । विदेशले दिएको अनुदानमा निर्भर हुनुहुँदैन ।
क्रियाकलाप
कक्षा क्रियाकलाप : आफ्ना साथीहरू र विषय शिक्षकसँग छलफल गरी नेपालको कुनै नयाँ स्थानमा सिमाना मिचिएको छ भने पत्ता लगाउनुहोस् ।
हामीले साथीहरू र विषय शिक्षकसँग छलफल गरी नेपालका सिमा अतिक्रमण भएका स्थानहरूबारे जानकारी सङ्कलन गर्यौं । पाठमा उल्लेख भएका स्थानहरू सुस्ता (नवलपरासी), कालापानी (दार्चुला), बाँके, कैलाली, कञ्चनपुर, झापा र इलाम हुन् । छलफलमा हामीले समाचार र सञ्चारमाध्यमबाट नयाँ स्थानमा पनि सिमाना मिचिएको खबर आएको थाहा पायौं ।
हाम्रो निष्कर्ष : सिमा अतिक्रमण भएमा कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ, सरकारले दुवै पक्षको सहमतिमा वैज्ञानिक पिलर तथा खम्बा सिमा क्षेत्रमा लगाउनुपर्छ र नागरिकले सरकारको प्रयासमा सधैं सहयोग गर्नुपर्छ । छिमेकी राष्ट्रले देखाएको हेपाहा प्रवृत्तिको विरुद्धमा सशक्त प्रतिकार गर्नुपर्छ ।
वृत्तचित्र अध्ययन कार्य (Documentary Study Work) : आफ्ना साथीहरू र विषय शिक्षकसँग छलफल गरी नेपालको कुनै नयाँ स्थानमा सिमाना मिचिएको छ भने पत्ता लगाउनुहोस् ।
वृत्तचित्र अध्ययन कार्यका लागि हामीले सिमा अतिक्रमणसम्बन्धी समाचार, वृत्तचित्र र सरकारी प्रतिवेदनहरू सङ्कलन गर्यौं । अध्ययनबाट देशका ५४ स्थानमा सिमाना अतिक्रमण भएको प्रतिवेदन रहेको र सुस्ता, कालापानी, बाँके, कैलाली, कञ्चनपुर, झापा तथा इलाममा अतिक्रमणका घटना घटेको पत्ता लाग्यो । बाँके नजिकैको लक्ष्मणपुर बाँध र रुपन्देही नजिकैको खुर्दालोटन बाँधका कारण नेपाल डुबानमा पर्ने गरेको पनि अध्ययनबाट देखियो ।
हाम्रो निष्कर्ष : सिमा सुरक्षा बलियो भएन भने आपराधिक गतिविधि बढ्न गई शान्ति खल्बलिन्छ । त्यसैले सरकारले चेक पोष्ट र सुरक्षाकर्मीको वृद्धि गरी सिमा सुरक्षालाई कडा बनाउनुपर्छ र नागरिकले पनि सिमा सुरक्षामा सरकारलाई सहयोग गर्नुपर्छ ।
स्रोत : सामाजिक अध्ययन, कक्षा ९ — पाठ्यपुस्तक (पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार, २०७८)
Frequently asked questions
What is राष्ट्र र राष्ट्रियता about?
यो पाठले राष्ट्र र राष्ट्रियताको अर्थ, तिनबीचको भिन्नता र राष्ट्रिय अखण्डता, सिमा सुरक्षा तथा स्वाभिमान जस्ता राष्ट्रिय सरोकारका विषयहरूप्रति विद्यार्थीहरूलाई परिचित गराउँछ। यसमा अति छोटो, छोटो र लामो उत्तर दिने अभ्यास प्रश्नहरूका साथै कक्षा क्रियाकलाप र वृत्तचित्र अध्ययन कार्य समावेश गरिएको छ।
Which topics are covered in राष्ट्र र राष्ट्रियता?
Class 9 Social Studies “राष्ट्र र राष्ट्रियता” covers: राष्ट्र र राष्ट्रियताको अर्थ र भिन्नता; राष्ट्रिय सरोकारका विषयहरू; राष्ट्रिय अखण्डता र सिमा सुरक्षा; सिमा अतिक्रमण र समाधानका उपायहरू; आत्मसम्मान र स्वाभिमानको ऐतिहासिक पृष्ठभूमि.
What should I focus on in राष्ट्र र राष्ट्रियता for the exam?
विद्यार्थीहरूले राष्ट्रिय सरोकारका विषयहरूको सूची, सिमा सुरक्षाका उपायहरू र नेपालको ऐतिहासिक स्वाभिमानसम्बन्धी प्रश्नहरूको तयारीमा विशेष ध्यान दिनुपर्छ।
What are the key formulas or definitions in राष्ट्र र राष्ट्रियता?
राष्ट्र र राष्ट्रियतासँग प्रत्यक्ष रूपमा जोडिएका विषयहरू राष्ट्रिय सरोकारका विषय हुन्।; राष्ट्रिय अखण्डता भनेको देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र एकता कायम राख्नु हो।.
Where can I read the Class 9 Social Studies “राष्ट्र र राष्ट्रियता” solutions?
Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.
Study tips
Do not just read it. Practice it.
You have read the solutions for राष्ट्र र राष्ट्रियता. Now test yourself, ask the AI tutor and keep your streak going.




- AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
- AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
- 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
- Past questions and notesPast papers and your own notes organized chapter by chapter.