Chapter at a glance
यस च्याप्टरमा समाज निर्माणका आधारभूत तत्वहरू, सामाजिक नियमको महत्त्व र असल समाज निर्माणमा व्यक्तिको तथा विद्यार्थीको भूमिकाबारे चर्चा गरिएको छ। यसले शान्ति सुरक्षा, सद्भाव, एकता र जिम्मेवारी वहन जस्ता सामाजिक पक्षहरूलाई समेटेको छ।
- समाज निर्माणका आधारभूत तत्वहरू
- सामाजिक नियमको पालना
- असल समाजका विशेषताहरू
- जिम्मेवारी वहनको महत्त्व
- विद्यार्थीको भूमिका
Exam focus: विद्यार्थीहरूले समाज निर्माणका आधारभूत तत्वहरू, सामाजिक नियम पालना गर्नुको कारण र असल समाज निर्माणमा विद्यार्थीको भूमिकाबारे विशेष तयारी गर्नुपर्छ।
Key formulas and definitions
- शान्ति सुरक्षा: समाजको समग्र विकास र भयरहित वातावरणका लागि
- सद्भाव र एकता: व्यक्तिबीच सहयोग, सहकार्य र मेलमिलापको भावना
- जिम्मेवारी वहन: सामूहिक लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने तत्व
On this page (9 sections)
- अभ्यास — तलका प्रश्नको उत्तर दिनुहोस्
- समाज निर्माणका आधारभूत तत्व के के हुन् ? कुनै दुईओटा तत्वको छोटकरीमा व्याख्या गर्नुहोस् ।
- सामाजिक नियम किन पालना गर्नुपर्छ ? कारण उल्लेख गर्नुहोस् ।
- तपाईं बसोबास गर्ने समाजमा असल समाजका कुन कुन तत्व रहेका छन् ? खोजी गरी लेख्नुहोस् ।
- जिम्मेवारी वहनलाई समाजको एक महत्त्वपूर्ण तत्वको रूपमा किन लिइन्छ ? आफ्ना विचार प्रस्तुत गर्नुहोस् ।
- क्रियाकलाप
- विद्यालय एउटा समाज हो किन ? यस सम्बन्धमा साथी साथीमा छलफल गर्नुहोस् र पत्ता लागेको निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।
- समाजका तत्वमध्ये कुनै तीनओटा छान्नुपर्दा तपाईं कुन कुन छान्नुहुन्छ र किन ? आफूलाई लागेको महत्त्वपूर्ण तत्व टिप्नुहोस् र आफ्ना बुझाइ कक्षाका अन्य साथीसँग छलफल गरी तुलना गर्नुहोस् ।
- असल समाज निर्माणमा विद्यार्थीको भूमिका के के हुन सक्छन् ? सूची बनाउनुहोस् र तत्काल विद्यार्थीले गर्न सक्ने कुरा के के हुन सक्छन् ? छलफल गर्नुहोस् ।
Solutions and answers
अभ्यास — तलका प्रश्नको उत्तर दिनुहोस्
समाज निर्माणका आधारभूत तत्व के के हुन् ? कुनै दुईओटा तत्वको छोटकरीमा व्याख्या गर्नुहोस् ।
समाज निर्माणका आधारभूत तत्व निम्न छन् :
- आफ्नोपन र पहिचान
- शान्ति सुरक्षा
- पारस्परिक सम्बन्ध र अन्तरनिर्भरता
- सद्भाव र एकता
- जिम्मेवारी वहन
- समानुभूति
दुईओटा तत्वको छोटकरीमा व्याख्या :
आफ्नोपन र पहिचान : प्रत्येक व्यक्तिले समाज मेरो लागि र म समाजका लागि भन्ने भावनाले मात्र समाजमा आफ्नोपनको भावना बढाउँछ । यसले समाजमा व्यक्तिको स्वतन्त्र रूपमा सक्रियता बढाउँछ । समाजबाट नै हाम्रा आवश्यकता परिपूर्ति हुने हुँदा समाज निर्माणका निम्ति हाम्रा सोचाइ सकारात्मक हुनुपर्छ भन्ने भावना वृद्धि हुन्छ ।
समानुभूति : मानव जीवनमा सधैँ सहज र सरल अवस्था मात्र नभएर चुनौतीको पनि सामना गर्नुपर्छ । अरूको मर्म र भावना बुझी सोहीअनुकूल गरिने व्यवहार समानुभूति हो । अरूप्रति गरिने विवेकपूर्ण व्यवहारको माध्यमबाट समाजको निर्माणमा सकारात्मक टेवा पुग्छ ।
सामाजिक नियम किन पालना गर्नुपर्छ ? कारण उल्लेख गर्नुहोस् ।
समाजलाई गतिशील बनाउन, सद्भाव र एकता कायम गर्न, समाजमा शान्ति सुरक्षा कायम राख्न र पारस्परिक सम्बन्ध सुदृढ गर्न सामाजिक नियमको पालना गरिएको हुन्छ । हरेक समाजको सामाजिक नियम हुन्छ । लिखित रूपमा नभए पनि यस्ता नियमहरू प्रचलनका रूपमा रहेका हुन्छन् । समाजका सदस्यले के के गर्ने र के के नगर्ने भन्ने कुरा नै सामाजिक नियम हो ।
सामाजिक नियमको पालना नगरेमा समाज गतिशील हुँदैन, आपसी सद्भाव र एकता कायम हुँदैन, समाजमा डरत्रासको वातावरण कायम हुन्छ र पारस्परिक सम्बन्ध सुदृढ हुँदैन । तसर्थ सामाजिक नियम पालना गर्नुपर्छ ।
तपाईं बसोबास गर्ने समाजमा असल समाजका कुन कुन तत्व रहेका छन् ? खोजी गरी लेख्नुहोस् ।
म बसोबास गर्ने समाजमा असल समाजका निम्न तत्व रहेका छन् :
- शान्ति सुरक्षा
- पारस्परिक सम्बन्ध
- समानुभूति
- सद्भाव र एकता
- आफ्नोपन र पहिचान
उदाहरणका लागि, मेरो समाजमा छिमेकीबीच सहयोग र मेलमिलाप छ, सुखदुःखमा एकअर्कालाई साथ दिइन्छ, सबैले समाजलाई आफ्नै ठान्छन् र शान्तिपूर्वक बसोबास गरिएको छ ।
जिम्मेवारी वहनलाई समाजको एक महत्त्वपूर्ण तत्वको रूपमा किन लिइन्छ ? आफ्ना विचार प्रस्तुत गर्नुहोस् ।
समाज निर्माणका निम्ति समाजका प्रत्येक सदस्यले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । समूहमा आफ्नो योग्यता, क्षमता र अनुभवको आधारमा जिम्मेवारीको पालना भएमा सामूहिक लक्ष्य प्राप्तिमा मदत पुग्छ । यसका साथै जिम्मेवारी वहनले व्यक्तिमा परिस्थितिअनुकूलको व्यवहारको विकास गर्न र प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्न सक्ने सीपको पनि विकास हुन्छ । जिम्मेवारी वहनले नै समाज समृद्ध र विकसित बन्छ ।
हाम्रो समाजमा जिम्मेवारी वहन गर्ने परिपाटी कमजोर बन्दा समाजको विकास सोचेअनुरूप हुन सकेको छैन । तसर्थ जिम्मेवारी वहनलाई समाजको एक महत्त्वपूर्ण तत्वको रूपमा लिइन्छ ।
क्रियाकलाप
विद्यालय एउटा समाज हो किन ? यस सम्बन्धमा साथी साथीमा छलफल गर्नुहोस् र पत्ता लागेको निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।
विद्यालय एउटा समाज हो । विद्यालय समाजकै एक झल्को रूपमा रहेको हुन्छ । विद्यालयको स्थापना पनि समाजकै लागि समाजबाटै भएको हुन्छ । विद्यालयले पनि समाजकै लागि कार्य गरेको हुन्छ । विद्यालय र समाज एक अर्काका परिपूरक हुन् । समाजका अधिकांश विशेषताहरू विद्यालयसँग मिल्छन् । अर्थात् समाजका विशेषता विद्यालयका पनि विशेषता हुन् । समाज निर्माणका आधारभूत तत्व विद्यालय निर्माणका पनि आधारभूत तत्वका रूपमा रहेका हुन्छन् । जोन डिवेले विद्यालयलाई लघुसमाजका रूपमा लिएका छन् । हामी बस्ने समाज जस्तै विद्यालय पनि एउटा समाजको नमुना हो । विद्यालयमा विभिन्न भौगोलिक, सांस्कृतिक, आर्थिक तथा जातीय पृष्ठभूमिका विद्यार्थी रहेका हुन्छन् । विद्यालयमा निश्चित नीति नियम हुन्छन् । तसर्थ विद्यालय एउटा समाज हो । यसमा समाजकै प्रतिबिम्ब पाइन्छ ।
समाजका तत्वमध्ये कुनै तीनओटा छान्नुपर्दा तपाईं कुन कुन छान्नुहुन्छ र किन ? आफूलाई लागेको महत्त्वपूर्ण तत्व टिप्नुहोस् र आफ्ना बुझाइ कक्षाका अन्य साथीसँग छलफल गरी तुलना गर्नुहोस् ।
समाजका तत्वमध्ये कुनै तीनओटा छान्नुपर्दा म निम्न छान्छु :
शान्ति सुरक्षा : यसको अभावमा कुनै पनि व्यक्ति तथा समाजको समग्र विकास सम्भव हुँदैन । समाजलाई भयरहित बनाउन शान्ति सुरक्षाको आवश्यकता पर्छ ।
सद्भाव र एकता : व्यक्ति व्यक्तिबीच एकता, सहकार्य, मेलमिलापको भावना र नियमको पालना हुँदा मात्र असल समाजको परिकल्पना गर्न सकिन्छ ।
जिम्मेवारी वहन : आफ्नो योग्यता, क्षमता र अनुभवको आधारमा जिम्मेवारीको पालना भएमा सामूहिक लक्ष्य प्राप्तिमा मदत पुग्छ ।
असल समाज निर्माणमा विद्यार्थीको भूमिका के के हुन सक्छन् ? सूची बनाउनुहोस् र तत्काल विद्यार्थीले गर्न सक्ने कुरा के के हुन सक्छन् ? छलफल गर्नुहोस् ।
असल समाज निर्माणमा विद्यार्थीको भूमिका निम्नानुसार उल्लेख गर्न सकिन्छ :
- विद्यार्थीले समाजमा एकता, सहकार्य, मेलमिलापको भावना र नियमको पालना गर्ने र गर्न लगाउने ।
- एकताबाटै सामूहिक कार्य गर्ने सामर्थ्य प्राप्त गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै समाजका सदस्यसँग सोहीअनुरूप व्यवहार गर्ने ।
- विद्यार्थीले सहकार्य समाजको लक्ष्य प्राप्त गर्ने प्रमुख माध्यम हो, यसबाट नै मित्रता, सहयोग, सम्बन्ध र नेतृत्व क्षमता बढाउन सकिन्छ भन्ने कुरा व्यवहारमा लागु गर्ने ।
- विद्यार्थीमा सामूहिक भावना हुनुपर्छ साथै समाजका सदस्यले एकअर्काको सुखदुःखमा साथ दिनुपर्छ भन्ने मान्यताअनुसार व्यवहार गर्ने ।
- प्रत्येक व्यक्तिले आफ्नो ठाउँबाट सामाजिक आचरणयुक्त व्यवहार प्रदर्शन गर्नुपर्छ ।
- सामूहिक हितका निम्ति प्रत्येक व्यक्तिले आफ्नो ठाउँबाट अर्थपूर्ण उपस्थिति जनाउनुपर्छ ।
- समाजमा प्रचलित मूल्यमान्यता र असल आचरणलाई अङ्गाल्नुपर्छ ।
स्रोत : सामाजिक अध्ययन, कक्षा ९ — पाठ्यपुस्तक (पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार, २०७८)
Frequently asked questions
What is समाजका आधारभूत तत्वहरू about?
यस च्याप्टरमा समाज निर्माणका आधारभूत तत्वहरू, सामाजिक नियमको महत्त्व र असल समाज निर्माणमा व्यक्तिको तथा विद्यार्थीको भूमिकाबारे चर्चा गरिएको छ। यसले शान्ति सुरक्षा, सद्भाव, एकता र जिम्मेवारी वहन जस्ता सामाजिक पक्षहरूलाई समेटेको छ।
Which topics are covered in समाजका आधारभूत तत्वहरू?
Class 9 Social Studies “समाजका आधारभूत तत्वहरू” covers: समाज निर्माणका आधारभूत तत्वहरू; सामाजिक नियमको पालना; असल समाजका विशेषताहरू; जिम्मेवारी वहनको महत्त्व; विद्यार्थीको भूमिका.
What should I focus on in समाजका आधारभूत तत्वहरू for the exam?
विद्यार्थीहरूले समाज निर्माणका आधारभूत तत्वहरू, सामाजिक नियम पालना गर्नुको कारण र असल समाज निर्माणमा विद्यार्थीको भूमिकाबारे विशेष तयारी गर्नुपर्छ।
What are the key formulas or definitions in समाजका आधारभूत तत्वहरू?
शान्ति सुरक्षा: समाजको समग्र विकास र भयरहित वातावरणका लागि; सद्भाव र एकता: व्यक्तिबीच सहयोग, सहकार्य र मेलमिलापको भावना; जिम्मेवारी वहन: सामूहिक लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने तत्व.
Where can I read the Class 9 Social Studies “समाजका आधारभूत तत्वहरू” solutions?
Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.
Study tips
Do not just read it. Practice it.
You have read the solutions for समाजका आधारभूत तत्वहरू. Now test yourself, ask the AI tutor and keep your streak going.




- AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
- AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
- 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
- Past questions and notesPast papers and your own notes organized chapter by chapter.