Chapter at a glance
यस पाठमा विकासको अवधारणा, विकासका स्रोतसाधन जस्तै पुँजी, सामग्री, मेसिन, जनशक्ति र बजार तथा विकासका पूर्वसर्तहरूबारे चर्चा गरिएको छ। साथै, उद्यमशीलता, जनसहभागिता, साक्षरता र प्रविधिको महत्त्वलाई प्रश्नोत्तरको माध्यमबाट स्पष्ट पारिएको छ।
- विकासको अवधारणा
- विकासका स्रोतसाधन
- विकासका पूर्वसर्तहरू
- उद्यमशीलता र आयआर्जन
- विकासमा जनसहभागिता
- साक्षरता र जनशक्ति विकास
- प्रविधिको प्रयोग र देश विकास
Exam focus: विद्यार्थीहरूले विकासका पूर्वसर्तहरू (साक्षरता, जनसहभागिता, प्रविधि, उद्यमशीलता) र विकासमा तिनको भूमिकाबारे राम्रोसँग अध्ययन गर्नुपर्छ।
Key formulas and definitions
- विकासका स्रोतसाधनहरूमा पुँजी, सामग्री, मेसिन, जनशक्ति र बजार पर्दछन्।
- साक्षरताले योग्य र सक्षम जनशक्ति विकासको आधार तयार पार्छ।
- प्रविधिको प्रयोगले कार्य छिटोछरितो, भरपर्दो र पारदर्शी बनाउँछ।
On this page (12 sections)
- अभ्यास — तलका प्रश्नको उत्तर दिनुहोस्
- विकासको अवधारणाको छोटो व्याख्या गर्नुहोस् ।
- विकासका पूर्वसर्त के के हुन् ?
- उद्यमशीलताले व्यक्ति र समाजमा पार्ने सकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।
- विकास र स्रोतसाधनको बीचमा कस्तो सम्बन्ध हुन्छ ?
- विकासमा जनसहभागिताको महत्त्व उल्लेख गर्नुहोस् ।
- साक्षरताले कसरी विकासमा सहयोग गर्छ ?
- 'प्रविधिको प्रयोग नै देश विकासको मुख्य आधार हो ।' यस भनाइलाई पुष्टि गर्नुहोस् ।
- क्रियाकलाप
- तरकारी खेती, व्यापार, बाख्रापालन, दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितरण जस्ता स्थानीय उद्यमशीलताले आयआर्जन र स्वरोजगार बढाउँछ । यस सम्बन्धमा समूहमा छलफल गरी कक्षामा निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
- वर्तमान समयमा विकासका विभिन्न पूर्वसर्तमध्ये सबैभन्दा महत्त्वपूर्ण पूर्वसर्त कुन होला र किन ? कक्षामा जोडीमा छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
- के तपाईंको स्थानीय तहमा सोचेको जस्तो विकास भएको छ ? यदि भएको छैन भने के के पूर्वसर्तको अभाव छ ? खोजी गरी लेख्नुहोस् ।
Solutions and answers
अभ्यास — तलका प्रश्नको उत्तर दिनुहोस्
विकासको अवधारणाको छोटो व्याख्या गर्नुहोस् ।
योजनाबद्ध वा सचेत रूपमा गरिने सकारात्मक परिवर्तन विकास हो । विकास कुनै एक पक्षको मात्र नभई समग्र पक्षमा देखा पर्ने अपेक्षित परिवर्तन हो । यसले समाजको आर्थिक, सामाजिक, राजनीतिक, वैज्ञानिक क्रियाकलापलाई समेटेको हुन्छ ।
विकासको अवधारणामा दुई पक्ष समावेश हुन्छन् । एउटा गुणात्मक परिवर्तन हो भने अर्को परिमाणात्मक वृद्धि हो । विकासलाई विभिन्न तरिकाले परिभाषित गर्न सकिन्छ । आधुनिकीकरणको प्रक्रिया विकास हो । सामाजिक तथा भौतिक पक्षमा देखा परेको सकारात्मक परिवर्तन र सामाजिक संरचनाको परिवर्तन विकास हो । समाजको सकारात्मक रूपान्तरण, सामाजिक गतिशीलता आदि विकासको अवधारणागत पक्षअन्तर्गत पर्छन् । विकास भनेको समग्र अवस्थामा आएको प्रगतिशील तथा सकारात्मक अवस्था हो ।
विकासका पूर्वसर्त के के हुन् ?
विकासका पूर्वसर्त निम्न छन् :
- दूरदृष्टि : विकासका लागि देखिने सपना हो । यो भविष्यमा के गर्ने भनेर गरिने एक दीर्घकालीन सोच हो । यसलाई पूरा गर्न व्यावहारिक लक्ष्य, रणनीति र योजना चाहिन्छ ।
- साक्षरता : योग्य र सक्षम जनशक्ति विकासको आधार तयार पार्छ ।
- स्रोतसाधन : पुँजी, सामग्री, मेसिन, जनशक्ति र बजार (5M) । स्रोतसाधनको उपलब्धता र त्यसको प्रभावकारी परिचालनबिना विकासको गतिलाई सञ्चालन गर्न सम्भव हुँदैन ।
- जनसहभागिता : विकासका कार्यक्रम समयमै सम्पन्न हुन्छन्, लागत कम हुन्छ र स्थानीय समुदाय विकासका लागि अग्रसर हुन्छन् ।
- उद्यमशीलता : व्यक्तिले जोखिम उठाएर उत्पादनको प्रक्रियामा संलग्न रहने गतिविधि हो ।
- सुशासन : पारदर्शी, जवाफदेही र जनमुखी शासनले विकासका कार्यक्रमलाई प्रभावकारी बनाउँछ ।
- शान्ति : शान्तिपूर्ण अवस्थामा मात्र राष्ट्रले सबै पूर्वसर्त पूरा गर्न सक्छ । द्वन्द्वरहित अवस्थामा विकासले गति लिन्छ, समयमा काम सकिन्छ र लागत कम लाग्छ ।
- प्रविधि : प्रविधिले नै अहिलेको विकासलाई मार्गनिर्देश गरिरहेको छ । हरेक क्षेत्रको विकासमा प्रविधिको सहयोग अपरिहार्य छ ।
उद्यमशीलताले व्यक्ति र समाजमा पार्ने सकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।
उद्यमशीलता भनेको व्यक्तिले जोखिम उठाएर उत्पादनको प्रक्रियामा संलग्न रहने गतिविधि हो । यसले व्यक्ति र समाजमा निम्न सकारात्मक प्रभाव पार्छ :
- व्यक्तिमा : समयको व्यवस्थापन गर्ने, अवसरको सदुपयोग गर्ने जस्ता उद्यमशील गुणको विकास हुन्छ । स्वरोजगार र आयआर्जन बढ्छ, आत्मनिर्भरता र आत्मविश्वास बढ्छ ।
- समाजमा : नयाँ रोजगारी सिर्जना हुन्छ, बेरोजगारी र विदेश पलायन घट्छ र स्थानीय स्रोतसाधनको उपयोग बढ्छ ।
- देशमा : राष्ट्रिय अर्थतन्त्रको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
तसर्थ देश र समाजको विकासका लागि नागरिकमा उद्यमशीलताको भावना वृद्धि गर्नु आवश्यक छ ।
विकास र स्रोतसाधनको बीचमा कस्तो सम्बन्ध हुन्छ ?
विकास र स्रोतसाधनको बीचमा घनिष्ठ सम्बन्ध रहेको हुन्छ । आवश्यक स्रोतसाधनको अभावमा विकासका गतिविधि सञ्चालन गर्न सम्भव हुँदैन र विकासले गति लिन सक्दैन ।
स्रोतसाधनको उपलब्धता र त्यसको प्रभावकारी परिचालन गरेर विश्वका धेरै देश अहिले विकासको शिखरमा पुगेका छन् । स्रोतसाधनको कमी भएका वा प्रभावकारी परिचालन गर्न नसकेका समाज र राष्ट्रहरू विकासको गतिमा पछि परेका छन् । हाम्रो देशमा पनि स्रोतसाधनको पर्याप्त परिचालन हुन नसक्दा विकासले गति लिन सकेको छैन । तसर्थ विकास र स्रोतसाधनको बीचमा घनिष्ठ सम्बन्ध रहेको हुन्छ ।
विकासका स्रोतसाधन (5M) :
- पुँजी (Money)
- सामग्री (Materials)
- मेसिन (Machine)
- जनशक्ति (Manpower)
- बजार (Market)
विकासमा जनसहभागिताको महत्त्व उल्लेख गर्नुहोस् ।
विकासका निम्ति जनसमुदायको अर्थपूर्ण सहभागिता महत्त्वपूर्ण रहन्छ । प्रभावकारी रूपमा जनसहभागिता रह्यो भने विकासका कार्यक्रम समयमै सम्पन्न हुन्छन् ।
जनसहभागिता वृद्धि हुँदा लागत कम हुने र स्थानीय समुदाय स्वतःस्फूर्त रूपमा विकासका लागि अभिप्रेरित हुन्छन् । स्थानीय जनतामा लगानी गर्ने र चुनौतीको सामना गर्ने क्षमता बढ्छ ।
साक्षरताले कसरी विकासमा सहयोग गर्छ ?
विकासको पूर्वसर्तमध्ये साक्षरता ज्यादै नै महत्त्वपूर्ण पूर्वसर्त हो । साक्षरताले योग्य र सक्षम जनशक्ति विकासको आधार तयार पार्छ । योग्य र सक्षम जनशक्तिबिना विकास सम्भव हुँदैन ।
सधैँ विदेशबाट जनशक्ति आयात गर्नुपर्ने हुन्छ । यसका लागि लगानी धेरै पर्छ र भनेको बेला जनशक्ति पाउन पनि मुश्किल पर्छ । यसरी साक्षरताले योग्य र सक्षम जनशक्ति तयार पारी विकासमा सहयोग गरेको हुन्छ ।
'प्रविधिको प्रयोग नै देश विकासको मुख्य आधार हो ।' यस भनाइलाई पुष्टि गर्नुहोस् ।
आजको युगमा प्रविधिको प्रयोग र आवश्यकता अनिवार्य बनेको छ । प्रविधिले नै अहिलेको विकासलाई मार्गनिर्देश गरिरहेको छ । हरेक क्षेत्रको विकासमा प्रविधिको सहयोग अपरिहार्य बन्दै गएको छ ।
प्रविधिको प्रयोगले कुनै पनि कार्य छिटोछरितो, भरपर्दो र पारदर्शी किसिमले गर्न सकिन्छ । प्रविधिमा अगाडि रहेको समाज अनि राष्ट्र हरेक गतिविधिमा अघि रहेको पाइन्छ । प्रविधिमा पछि रहेको समाज र राष्ट्र विकासमा निकै पछि रहेको छ । तसर्थ प्रविधिको प्रयोग नै देश विकासको मुख्य आधार हो ।
क्रियाकलाप
तरकारी खेती, व्यापार, बाख्रापालन, दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितरण जस्ता स्थानीय उद्यमशीलताले आयआर्जन र स्वरोजगार बढाउँछ । यस सम्बन्धमा समूहमा छलफल गरी कक्षामा निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
नेपालको ठूलो जनसङ्ख्या कृषिमा संलग्न रहेको अवस्था छ । ठूलो जनसङ्ख्या कृषि क्षेत्रमा भए पनि अपेक्षित उत्पादन, आयआर्जन र स्वरोजगारीको सङ्ख्यामा भने वृद्धि भएको देखिँदैन । प्रत्येक वर्ष लाखौं युवा विदेश पलायन भएको अवस्था छ ।
नेपालमा तरकारीको ठूलो माग रहेको छ । अधिकांश तरकारी विदेशबाट आयात हुन्छ । मासुजन्य उत्पादनमा पनि हामी विदेशकै भर परेको अवस्था छ । व्यापार व्यवसाय गर्ने व्यक्ति पनि नेपालमा भारतबाट प्रशस्तै आएको र राम्रो आम्दानी गरेको यथार्थ अवस्था छ ।
तसर्थ यससम्बन्धी तालिमको व्यवस्था गरेर आवश्यक ज्ञान, सिप र सकारात्मक क्षमताको विकास गर्न सकेको खण्डमा तरकारी खेती, व्यापार, बाख्रापालन, दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितरण जस्ता स्थानीय उद्यमशीलताले आयआर्जन र स्वरोजगार बढाउँछ ।
वर्तमान समयमा विकासका विभिन्न पूर्वसर्तमध्ये सबैभन्दा महत्त्वपूर्ण पूर्वसर्त कुन होला र किन ? कक्षामा जोडीमा छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
वर्तमान समयमा विकासका विभिन्न पूर्वसर्तमध्ये सबैभन्दा महत्त्वपूर्ण पूर्वसर्त साक्षरता हो । किनभने साक्षरताले योग्य र सक्षम जनशक्ति विकासको आधार तयार पार्छ ।
योग्य र सक्षम जनशक्ति विकासको आधार तयार नभएमा विकास कार्यले तीव्रता लिन सक्दैन । दक्ष जनशक्ति विदेशबाट मगाउनुपर्ने हुन्छ । साक्षरताबिना अन्य आधार पनि चलायमान हुन सक्दैन ।
के तपाईंको स्थानीय तहमा सोचेको जस्तो विकास भएको छ ? यदि भएको छैन भने के के पूर्वसर्तको अभाव छ ? खोजी गरी लेख्नुहोस् ।
मेरो स्थानीय तहमा सोचेको जस्तो विकास भएको छैन । यहाँ निम्न पूर्वसर्तको अभाव रहेको देखिन्छ :
- दूरदृष्टि
- जनसहभागिता
- उद्यमशीलता
- प्रविधि
स्रोत : सामाजिक अध्ययन, कक्षा ९ — पाठ्यपुस्तक (पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार, २०७८)
Frequently asked questions
What is विकासको अवधारणा, स्रोतसाधन र पूर्वसर्तहरू about?
यस पाठमा विकासको अवधारणा, विकासका स्रोतसाधन जस्तै पुँजी, सामग्री, मेसिन, जनशक्ति र बजार तथा विकासका पूर्वसर्तहरूबारे चर्चा गरिएको छ। साथै, उद्यमशीलता, जनसहभागिता, साक्षरता र प्रविधिको महत्त्वलाई प्रश्नोत्तरको माध्यमबाट स्पष्ट पारिएको छ।
Which topics are covered in विकासको अवधारणा, स्रोतसाधन र पूर्वसर्तहरू?
Class 9 Social Studies “विकासको अवधारणा, स्रोतसाधन र पूर्वसर्तहरू” covers: विकासको अवधारणा; विकासका स्रोतसाधन; विकासका पूर्वसर्तहरू; उद्यमशीलता र आयआर्जन; विकासमा जनसहभागिता; साक्षरता र जनशक्ति विकास; प्रविधिको प्रयोग र देश विकास.
What should I focus on in विकासको अवधारणा, स्रोतसाधन र पूर्वसर्तहरू for the exam?
विद्यार्थीहरूले विकासका पूर्वसर्तहरू (साक्षरता, जनसहभागिता, प्रविधि, उद्यमशीलता) र विकासमा तिनको भूमिकाबारे राम्रोसँग अध्ययन गर्नुपर्छ।
What are the key formulas or definitions in विकासको अवधारणा, स्रोतसाधन र पूर्वसर्तहरू?
विकासका स्रोतसाधनहरूमा पुँजी, सामग्री, मेसिन, जनशक्ति र बजार पर्दछन्।; साक्षरताले योग्य र सक्षम जनशक्ति विकासको आधार तयार पार्छ।; प्रविधिको प्रयोगले कार्य छिटोछरितो, भरपर्दो र पारदर्शी बनाउँछ।.
Where can I read the Class 9 Social Studies “विकासको अवधारणा, स्रोतसाधन र पूर्वसर्तहरू” solutions?
Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.
Study tips
Do not just read it. Practice it.
You have read the solutions for विकासको अवधारणा, स्रोतसाधन र पूर्वसर्तहरू. Now test yourself, ask the AI tutor and keep your streak going.




- AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
- AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
- 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
- Past questions and notesPast papers and your own notes organized chapter by chapter.