Sikshya Plus Get appGet the app free
Class 10 · Nepali

उज्यालो यात्रा – Class 10 Nepali Notes and Solutions

Complete solutions and answers for “उज्यालो यात्रा”, a chapter in Class 10 Nepali (SEE exam preparation).

  • Free, no login needed
  • 6 min read
  • Updated 18 November 2026

Chapter at a glance

The chapter 'उज्यालो यात्रा' covers a poem about the importance of having high aspirations, being a hard worker, and dedicating oneself to a noble cause, ultimately leading to a life of purpose and fulfillment.

  • उच्च सङ्कल्प
  • कर्मशील जीवन
  • प्रेम र माया
  • न्याय र अन्याय
  • आदर्श जीवन यात्रा
  • महान् कर्म
  • सुन्दर जीवन
  • उज्यालो भविष्य

Exam focus: Students should focus on understanding the importance of having high aspirations, being a hard worker, and dedicating oneself to a noble cause, as well as the role of love, justice, and selflessness in achieving a life of purpose and fulfillment.

Key formulas and definitions

  • उच्च सङ्कल्प + कर्मशीलता = महान् जीवन
  • प्रेम र माया = गौरव
  • न्याय र अन्याय = जीवनको सार्थकता

Solutions and answers

कविता – पाठ १ | शब्दभण्डार, बोध र अभिव्यक्ति, भाव विस्तार

📖 शब्दभण्डार
प्रश्न १. दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस् :
  • (क) मनमा उत्पन्न हुने भाव वा विचार → भावना
  • (ख) श्रीखण्ड घोटेर बनाइएको लेप → चन्दन
  • (ग) गौरवले भरिएको → सगौरव
  • (घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम → त्याग
  • (ङ) सबैभन्दा उच्च वा अग्लो → सर्वोच्च
प्रश्न २. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् :
  • आम्दानी — उपार्जन
  • जनावर — चौपाया
प्रश्न ३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् :
शब्दपर्यायवाची
शक्तितागत
प्रेममाया
धर्तीधरणी
शिरटाउको
कर्मकाम
सुन्दरराम्रो
जिन्दिगीजीवन
महानउच्च
हावावायु
आकाशनभ
नयनआँखा
प्रश्न ४. 'उज्यालो यात्रा' कविताबाट विपरीतार्थी शब्द लेख्नुहोस् :
शब्दविपरीतार्थी
निम्नउच्च
दुःखीसुखी
अज्ञानज्ञान
सम्भवअसम्भव
आफ्नोअरु
अन्यायन्याय
💡 बोध र अभिव्यक्ति
अनुप्रासयुक्त शब्द जोडी पाठबाट खोजेर लेख्नुहोस् :
  • असम्भव — सब
  • सुखी — खुसी
  • सौरभ — गौरव
  • भरी — छरी
  • मनोहर — सुन्दर
  • खातिर — शिर
कवितांश पढी प्रश्नको उत्तर दिनुहोस् :
"जसका भावना हाँस्छन्, मनमा रागिनी भरी / जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।"
(अ) चार पाउ छुट्याएर लेख्नुहोस् :
जसका भावना हाँस्छन्,
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन्
रातमा चाँदनी छरी ।
(आ) पाँचौं ह्रस्व वर्ण : भावना, रागिनी, जिन्दगी, चाँदनी

(इ) छैटौं दीर्घ वर्ण : भावना, रागिनी, जिन्दगी, चाँदनी

(ई) सातौं वर्ण क्रमशः : हाँ, भ, बाँ, छ
प्रश्न ८(क). धर्तीलाई केले मनोहर बनाएको छ ?
ज्ञान र कर्ममा जुटेका मानिसहरुको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको छ।
प्रश्न ८(ख). कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?
कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरुले कर्म गरेर समाज र देशलाई पनि बनाउँछन्।
प्रश्न ८(ग). कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ ?
जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरुको शिर उचो हुन्छ भनिएको छ।
प्रश्न ८(घ). कवितांशबाट के सन्देश पाइन्छ ?
हामी ज्ञान र कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ। सधैँ न्यायखातिर आवाज उठाउनुपर्छ। आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ।
✍️ विस्तृत प्रश्नोत्तर
प्रश्न ९(क). 'उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस् ।
जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौं। हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ। संसारमा असम्भव केही छैन। सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण महान् बनेका हुन्।
प्रश्न ९(ख). जीवन सार्थक पार्न के के गर्नुपर्छ ?
जीवनको यात्रालाई उज्यालो बनाउन अर्थात् सार्थक पार्न:
  • उच्च सङ्कल्प लिएर कर्मशील बन्नुपर्छ।
  • ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्नुपर्छ र उपकारी बन्नुपर्छ।
  • उदाहरणीय व्यक्तित्व बन्न सक्नुपर्छ।
  • हाम्रो ज्ञानले धर्तीलाई मनोहर बनाउनुपर्छ।
  • हाम्रो कर्मले सुन्दर निर्माण गर्नुपर्छ — कर्म विध्वंशका लागि होइन, निर्माणका लागि हो।
  • लोभलालच मनमस्तकबाट फ्याँकेर न्यायका खातिर सदैव समर्पित हुनुपर्छ।
प्रश्न ९(ग). कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?
कवि रामप्रसाद ज्ञवालीले 'उज्यालो यात्रा' कवितामा नैतिक आदर्शको प्रस्तुति गरेका छन्। कविले मूलतः कर्मशील बन्नुपर्ने धारणा अभिव्यक्त गर्दै उच्च सङ्कल्प लिनुपर्ने उल्लेख गरेका छन्। ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्दै उपकारी बन्नुपर्ने बताएका छन्। लोभलालच मनमस्तकबाट फ्याँकेर न्यायको बाटोमा लाग्नुपर्ने कुरामा कविको जोड रहेको छ। कविले चन्द्रसूर्य जस्तै उज्यालो छर्दै स्वावलम्बी बन्नुपर्ने उल्लेख गरेका छन्।
प्रश्न ९(घ). 'उज्यालो यात्रा' कविताको मूलभाव के हो ?
कविताले मूलत: जीवनरूपी यात्रालाई उज्यालो पारी कसरी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ। विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान् कर्मको यात्रा गर्नुपर्छ भन्ने कविको धारणा कवितामा प्रस्तुत भएको छ।

"महान् कर्मको आदर्श यात्रामा कहिले चलूँला? चन्द्रसूर्य जस्तै आफैँ कहिले बसुँला? आफ्नो पौरखले आफ्नो बाटो कहिले खनूँला? अनि सर्वोच्च कविता आफैँ कहिले बनूँला?" — भन्दै हामी अघि बढ्यौं भने उज्यालो भविष्यका साथ उज्यालो यात्रा तय गर्न सकिन्छ भन्ने भाव कविले अभिव्यक्त गरेका छन्।
प्रश्न १०. कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तर गर्नुहोस् ।
कविताको दोस्रो श्लोक:
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब ।
गद्यमा रूपान्तरण:
उच्च सङ्कल्प भएमा केही असम्भव छैन। सब महान् मान्छेहरू सङ्कल्पैले बनेका हुन्।
🔍 भाव विस्तार
प्रश्न ११(क). "ईर्ष्याद्विष हटाएर जो छर्छन् प्रेम सौरभ / तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।" — भाव विस्तार गर्नुहोस् ।
प्रस्तुत श्लोक 'उज्यालो यात्रा' शीर्षकको कविताबाट साभार गरिएको हो। यस कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) हुन्। घृणाले भन्दा पनि मायाप्रेमले संसार जित्न सकिने र गौरवशाली बन्न सकिने कुरा कविले माथिको श्लोकमा स्पष्ट पार्ने प्रयास गरेका छन्।

हाम्रो अरूको उन्नतिमा डाह गर्ने प्रवृत्ति रहेको छ। सामान्य कुरामा पनि हामी इख लिने काम गर्छौं। यस्तो बानीले एकआपसमा शत्रुता मात्र उत्पन्न गर्दछ। शत्रुता कसैका लागि पनि हितकर हुँदैन। तसर्थ हामीले ईर्ष्याद्विष त्याग्नुपर्छ।

सबैतिर सबैका लागि हामीले प्रेमको सुवास छर्नुपर्छ। प्रेमका माध्यमले नै संसार जित्न सकिन्छ। मनबाट ईष्यद्विष हटाएर जसले प्रेमको सुवास छर्छन् त्यस्तो व्यक्ति नै विश्वका निम्ति गौरव बन्छन् भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ।

यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकले मनमा रहेको डाह र इख हटाएर प्रेमको सुवास छर्ने व्यक्ति नै विश्वका लागि गौरव र प्रेरणाको स्रोत बन्न सक्ने भएकाले हामीले आजैबाट ईष्यद्विष त्यागेर सबैमा प्रेमपूर्ण व्यवहार गर्नुपर्छ भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट स्पष्ट पारेको छ।
प्रश्न ११(ख). "उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ / आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।" — भाव विस्तार गर्नुहोस् ।
प्रस्तुत श्लोक 'उज्यालो यात्रा' शीर्षकको कविताबाट साभार गरिएको हो। कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) द्वारा रचित यस कवितामा कर्मशील व्यक्ति नै आदर्श र नमुना बन्दछ भन्ने भाव अभिव्यक्त भएको छ।

कर्मले जिन्दगीलाई हँसिलो र सुखी बनाउन सकिन्छ। हाम्रो कर्मले सुन्दर विश्वको सिर्जना र निर्माण गर्नुपर्छ। कर्म नै धर्म भन्ने कुरालाई हामी सबैले मनन गर्दै कर्मशील जीवन बनाउनु आवश्यक छ।

महान् र श्रेष्ठ कर्मको यात्रामा सधैं लागिरहने व्यक्ति विश्वका निम्ति आदर्श बन्छ। त्यस्तो व्यक्ति नै समाज, राष्ट्रमा मात्र नभएर विश्वका लागि नमुना र अनुकरणीय मान्छे बन्दछ।

यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकमा हामीले सधैँ महान् र श्रेष्ठ कर्मको बाटोमा हिड्यौं भने विश्वका लागि आदर्श र नमुना मान्छे बन्न सक्छौं भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट अभिव्यक्त भएको छ।
🌟 कर्मशील जीवन र कविको अनुमान
प्रश्न १२. कर्मशील बन्न कसरी सकिन्छ, 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस् ।
रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) द्वारा रचित 'उज्यालो यात्रा' शीर्षकको कविता नैतिक विषयवस्तुमा आधारित सन्देशमूलक कविता हो। अनुष्टुप छन्दमा संरचित प्रस्तुत कवितामा बाह्र श्लोक रहेका छन्।

कर्मशील बन्नका लागि:
  • जसरी श्रीखण्डलाई सयौंपटक घोट्दा चन्दनमा परिणत हुन्छ, त्यसरी नै निरन्तरको मिहिनेत र परिश्रमले महान् उपलब्धि हासिल गर्न सकिन्छ।
  • जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ — संसारमा असम्भव केही छैन।
  • कर्मले जिन्दगी हँसिलो र सुखी बनाउन सकिन्छ।
  • अरूसँग लिनेभन्दा पनि अरूलाई दिने अर्थात् उपकारी बन्नुपर्छ।
  • मनबाट ईर्ष्या र द्वेष हटाएर प्रेमको मिठो बास्ना छर्नुपर्छ।
  • हाम्रो ज्ञानले धर्ती मनोहर पार्न सक्नुपर्छ।
  • अन्यायका विरुद्ध खडा भई न्यायका खातिर सधैँ लड्नुपर्छ।
  • मन र मस्तकमा लोभलालच नहुने व्यक्तिले नै सधैँ त्यागका निम्ति अग्रसर हुन सक्छ।

यसप्रकार कवि ज्ञवालीले प्रस्तुत कवितामा विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान् कर्म गर्नुपर्छ भन्ने स्पष्ट पारेका छन्।
प्रश्न १३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन् ?
कविले कविताको अन्तिम श्लोकमा आफू जीवनको उज्यालो यात्रामा हिड्ने अनुमान गरेका छन्। यसका लागि उनी कर्मशील बन्ने अनुमान गरेका छन्। अरूको भरमा नपरेर आफू हिँड्ने बाटो आफ्नै मिहिनेतले बनाउने कविको अनुमान रहेको छ। यो कर्मशील प्रवृत्तिले कवि स्वयम् सर्वोच्च कविता बन्ने र अरूलाई कवि बनाउने कुरा कविले कविताको अन्तिम श्लोकमा अनुमान गरेका छन्।
🏫 गुरुकुल — अनुच्छेद प्रश्नोत्तर
प्रश्न १५(अ). गुरुकुल भनेको के हो ?
गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो।
प्रश्न १५(आ). गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?
गुरुकुलमा सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो।
प्रश्न १५(इ). गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?
गुरुकुलमा निश्चित समय तालिका नहुने तथा गुरु र शिष्य प्रायः सँगसँगै हुने हुनाले जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो।
प्रश्न १५(ई). गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?
गुरुकुलमा नीति, व्यवहार र उसको व्यावसायिक कौशलको केही कठिन परीक्षा लिइन्थ्यो। त्यो परीक्षा पूरा गर्न सकेमा गुरुकुलमा शिष्य दीक्षित हुन्थे।

Frequently asked questions

What is उज्यालो यात्रा about?

The chapter 'उज्यालो यात्रा' covers a poem about the importance of having high aspirations, being a hard worker, and dedicating oneself to a noble cause, ultimately leading to a life of purpose and fulfillment.

Which topics are covered in उज्यालो यात्रा?

Class 10 Nepali “उज्यालो यात्रा” covers: उच्च सङ्कल्प; कर्मशील जीवन; प्रेम र माया; न्याय र अन्याय; आदर्श जीवन यात्रा; महान् कर्म; सुन्दर जीवन; उज्यालो भविष्य.

What should I focus on in उज्यालो यात्रा for the exam?

Students should focus on understanding the importance of having high aspirations, being a hard worker, and dedicating oneself to a noble cause, as well as the role of love, justice, and selflessness in achieving a life of purpose and fulfillment.

What are the key formulas or definitions in उज्यालो यात्रा?

उच्च सङ्कल्प + कर्मशीलता = महान् जीवन; प्रेम र माया = गौरव; न्याय र अन्याय = जीवनको सार्थकता.

Where can I read the Class 10 Nepali “उज्यालो यात्रा” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for उज्यालो यात्रा. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install