Sikshya Plus Get appGet the app free
Class 10 · Nepali

पाब्लो पिकासो – Class 10 Nepali Notes and Solutions

Complete solutions and answers for “पाब्लो पिकासो”, a chapter in Class 10 Nepali (SEE exam preparation).

  • Free, no login needed
  • 6 min read
  • Updated 18 November 2026

Chapter at a glance

This chapter covers the life and work of Pablo Picasso, a renowned artist of the 20th century, and explores his contributions to the world of art, including his unique style and techniques.

  • Pablo Picasso
  • Artistic Style
  • Cubism
  • Sculpture
  • Painting
  • Yudh Virodhi Chitrakala
  • Kala Aur Samaj

Exam focus: Students should focus on understanding Picasso's life, art, and contributions to the world of art, as well as the social and cultural context in which he worked.

Key formulas and definitions

  • Kala ka mahatva
  • Srijnatmakta ki avashyakta
  • Kalakar ka samajik dayitva

Solutions and answers

📖 शब्दभण्डार
प्रश्न १. दिइएका अर्थसँग मिल्ने शब्द 'पाब्लो पिकासो' जीवनीबाट खोजेर लेख्नुहोस् :
  • (क) सय वर्षको समय वा पिरियड → शताब्दी
  • (ख) मूर्त नभएको → अमूर्त
  • (ग) अत्यन्त मोल पर्ने → अनमोल
  • (घ) कहिल्यै नमर्ने → अमर
  • (ङ) कलापूर्ण ढङ्गले बनाइएको → कलात्मक
  • (च) प्राचीन महत्वका वस्तु राखिने ठाउँ → सङ्ग्रहालय
प्रश्न २. वाक्यको सन्दर्भ बोध गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :
शब्दअर्थ
अद्भूतविचित्रको, विलक्षण
शैशवावस्थाशिशु अवस्था, बाल्यकाल
पूर्णकालीनपूरा अवधि काम गर्ने
बहुमुखीविभिन्न विषयको विशेषता भएको
सिर्जनानयाँ निर्माण, रचना वा आरम्भ
मनस्थितिमानसिक स्थिति
आकृतिअनुहार
विसङ्गतबेमेलको, असङ्गत
कृतिकुनै चित्रको रचना
प्रश्न ४. 'पाब्लो पिकासो' जीवनीबाट पाँचओटा आगन्तुक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् :
  • अक्टोबर : अङ्ग्रेजी अक्टोबर महिनापछि नोभेम्बर महिना आउँछ।
  • तारिख : अङ्ग्रेजी इस्वी सम्वत्मा गतेलाई तारिख भनिन्छ।
  • कम्युनियन : पाब्लो पिकासोले सानै उमेरमा कम्युनियनको चित्र बनाएका थिए।
  • क्यानभास : कलाकारले क्यानभासमा राम्रो चित्र उतारेका हुन्छन्।
  • सेरामिक : नेपालमा पनि सेरामिक भाँडाहरूको प्रचलन बढ्न थालेको छ।
📅 घटना र मिति
प्रश्न ४. दिइएका घटना कुन कुन मितिमा भएका हुन् ?
सन् १८८१ अक्टोबर २५ — स्पेनको सामान्य मध्यमवर्गीय परिवारमा पिकासोको जन्म।
सन् १८९२ — पिकासोको परिवार ला कोरुनामा बसाइँ सर्नु।
सन् १८९५ — पिकासोले आफ्ना चित्र प्रदर्शन गर्न र बेच्न थाल्नु।
सन् १९५० र सन् १९६१ — अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट पिकासो सम्मानित।
सन् १९७३ अप्रिल ८ — पिकासोको भौतिक शरीरको अवसान।
सन् १९९५ — 'वुमन अफ अल्जियर्स' ले संसारको सबैभन्दा महँगो पेन्टिङका रूपमा विश्व कीर्तिमान।
💡 बोध र अभिव्यक्ति
प्रश्न ५(क). पिकासोले जीवनमा कस्ता कठिनाइ सामना गर्नुपरेको थियो ?
पिकासोले जीवनको पूर्वार्धमा आर्थिक तथा पारिवारिक समस्याको सामना गर्नुपरेको थियो।
प्रश्न ५(ख). पिकासोलाई कुन कुराले अमर बनायो ?
पिकासोलाई अनमोल कलाले अमर बनायो।
प्रश्न ५(ग). अनुच्छेदमा कलाकारको जीवनबारे कस्तो धारणा पाइन्छ ?
अनुच्छेदमा साधारण जीवन व्यतित गर्ने कलाकार आफ्ना अनमोल कलामार्फत सधैं अजर र अमर हुन्छन् भन्ने कलाकारको जीवनबारेको धारणा पाइन्छ।
प्रश्न ५(घ). पिकासो सादा जीवन उच्च विचारका अनुयायी थिए भन्ने कुरा पुष्टि गर्नुहोस् ।
पिकासोले जीवनको उत्तरार्धमा कलाकृति बेचेर प्रशस्त आम्दानी गरे पनि जीवन भने सधैँ साधारण बाँचे। तसर्थ पिकासो सादा जीवन उच्च विचारका अनुयायी थिए।
प्रश्न ६(क). पिकासोका कलाकृतिमा कस्ता विषयवस्तुले स्थान पाएका थिए ?
पिकासोका कलाकृतिमा युद्ध विरोधी र पिछडिएका वर्गको समस्यासम्बन्धी विषयवस्तुले स्थान पाएका थिए।
  • उनले कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे।
  • भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मानिसका चित्र बनाए।
  • मानसिक समस्या भएका व्यक्तिका चित्र बनाए।
  • महिलाका मार्मिक र प्रेमिल चित्र बनाए।
  • मान्छेका बाहिरी आवरण मात्र नभएर भित्री वेदना, संवेदना, संवेग, मर्मलाई चित्रमा चित्रित गरे।
प्रश्न ६(ख). पिकासोका कलाकृतिमा पाइने विशेषता लेख्नुहोस् ।
  • उनका चित्रमा मानव वेदनाको जीवन्त चित्रण पाइन्छ।
  • युद्धलाई खरो रूपमा व्यङ्ग्य गरिएको पाइन्छ।
  • उनको कलामा जादु समेत भेटिन्छ।
  • उनका चित्र संसारमा सबैभन्दा महँगा चित्रका रूपमा रहेका छन्।
  • परम्परागत शैलीभन्दा भिन्न पृथक शैलीमा सघन कलाकृति सिर्जना।
🔍 व्याख्या
प्रश्न ७(क). "हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर र लगनशीलता भए ऊ एउटा कलाकार बन्न सक्छ, जीवनलाई सार्थक बनाउन सक्छ र संसारलाई ज्योति छर्न सक्छ।" — व्याख्या गर्नुहोस् ।
प्रस्तुत गद्यांश 'पाब्लो पिकासो' शीर्षकको जीवनीबाट साभार गरिएको हो। यस जीवनीलाई कक्षा १० नेपाली पाठ्यपुस्तक लेखक समूहबाट लेखन तथा सम्पादन गरिएको हो।

पाब्लो पिकासो मानवीय संवेदनाको युगीन लय समातेर कलाकृति सिर्जना गर्ने बिसौं शताब्दीका महान् र सर्वाधिक प्रभावशाली कलाकार हुन्। घरायसी वातावरण र साथबाट उनले कलाकृतिमा सफलता हासिल गरेका हुन्। यसमा सफल बनाउन उनको लगनशीलता पनि निकै महत्वपूर्ण मानिन्छ।

बालबालिकाले उचित अवसर पाउने हो र उनीहरू लगनशील भएर लाग्ने हो भने उनीहरूमा रहेको विशिष्ट प्रतिभा र सिर्जनाशक्ति प्रष्फुटन हुन्छ। यसले गर्दा ऊ एउटा कलाकार बन्न सक्छ। आफ्नो जीवन सफल र सार्थक बनाई संसारलाई पनि उज्यालो ज्योति छर्न सक्छ।

मानिस अरू जस्तो होइन अरूबाट प्रेरणा पाएर आफू जस्तो बन्नुपर्छ भन्ने कुरा माथिको जीवनीको अंशमा स्पष्ट पार्न खोजिएको छ। हामीले बालबालिकालाई उचित अवसर दियौं भने उनीहरूमा रहेको विशिष्ट प्रतिभा प्रष्फुटन गराउन सकिन्छ।
प्रश्न ७(ख). "बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ।" — व्याख्या गर्नुहोस् ।
प्रस्तुत गद्यांश 'पाब्लो पिकासो' शीर्षकको जीवनीबाट साभार गरिएको हो। प्रस्तुत गद्यांश पिकासोको युद्धविरोधी चित्रकलाको प्रशंसा गर्ने सन्दर्भमा आएको छ।

पिकासोले आफ्नो सम्पूर्ण जीवन कला सिर्जनामा समर्पण गरेका थिए। उनको चित्रमा मानव वेदनाको जीवन्त चित्रण गरिएको छ। 'द गुएर्निका' चित्र हालसम्मकै सबैभन्दा महान् युद्धविरोधी चित्र मानिन्छ।

उनले चित्रका माध्यमबाट युद्धको विरोध तथा भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत व्यक्तिका चित्र बनाए। उनले युद्धलाई कलामार्फत विरोध गर्दै खरो रूपमा व्यङ्ग्य गरे।

युद्ध सदैव हानिकारक हुन्छ, यसले विनाश मात्र निम्त्याउँछ। कलाका माध्यमबाट सबैको मन जित्न सकिन्छ। बन्दुकभन्दा कलम र कुँची कैयौं गुणा बलियो र शक्तिशाली हुन्छ भन्ने कुरा माथिको जीवनीको अंशमा स्पष्ट पार्न खोजिएको छ।
✍️ विस्तृत प्रश्नोत्तर
प्रश्न ९(क). पिकासोको बाल्यकाल कस्तो परिवेशमा बित्यो ?
पिकासो जन्मदा अन्य शिशुभन्दा सानो भएकाले नर्सले मृत ठानेकी थिइन् भन्ने भनाइ पाइन्छ। यिनका पिता एक स्थानीय विद्यालयमा कलाका कुशल शिक्षक थिए। यिनले बाल्यकालको चुलबुले उमेरमा नै बुबाले सिर्जना गरेका सुन्दर कला नियाल्ने परिवेश पाए।

यसबाट प्रेरित भएर जन्मजात कलाकारिताले टुसाउने, हुर्कने र मौलने अवसर पायो। बाल्यकालदेखि नै बुबाबाट घरमै चित्रकलाको प्रारम्भिक तालिम यिनले पाउन थाले। १३ वर्षको उमेरदेखि नै पिकासोले कलाकारितालाई पूर्णकालीन बनाए।
प्रश्न ९(ख). पिकासोले चित्रमा कुन कुन पक्ष समेटेका छन् ?
  • पारिवारिक विषय समेटेका थिए।
  • ब्लु पिरियडमा एक्लोपन, गरिबी र चरम अभावका विषयवस्तु समेटे।
  • गरिबीले आक्रान्त महिला, दुधे बालकसँगका आमाका चित्र र दृष्टिविहीनका चित्र।
  • पिङ्क पिरियडमा सुधारिँदो आर्थिक अवस्था र प्रेम जीवनको प्रभाव।
  • चित्रकलामा घनवादको सशक्त प्रयोग।
प्रश्न ९(घ). पिकासोको जीवनबाट पाइने जीवनोपयोगी सन्देश उल्लेख गर्नुहोस् ।
  • "तिमी सिक्नमा समय लगाऊ अवश्य सिक्ने छौ" — यिनको भनाइ निकै मननीय छ।
  • उनले कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे।
  • अरू जस्तो बन्नेभन्दा पनि लगनशील भएर आफू जस्तो बन्नुपर्छ।
  • हरेक बालबालिकामा सिर्जना शक्ति र प्रतिभा हुन्छ — उचित अवसर पाएमा जीवनलाई सार्थक बनाउन सकिन्छ।
  • "म धेरै कमाएर गरिबको रूपमा बाँच्न चाहन्छु" — सादा जीवन उच्च विचारको सन्देश।
प्रश्न १०. पाब्लो पिकासोले कलाकारिताको क्षेत्रमा पुर्याएका योगदानको चर्चा गर्नुहोस् ।
पाब्लो पिकासोको जन्म २५ अक्टोबर १८८१ मा स्पेनको मलागामा एक मध्यमवर्गीय परिवारमा भएको थियो। विलक्षण प्रतिभाशाली पाब्लो पिकासो बिसौं शताब्दीका सबैभन्दा महान् र सर्वाधिक प्रभावशाली विश्वविख्यात कलाकार हुन्।

कलाकारिताका योगदानहरू:
  • परम्परागत शैलीभन्दा भिन्न पृथक शैलीमा सघन कलाकृति सिर्जना गरेर विश्वकलाको क्षेत्रमा आधुनिक काल सुरु गरे।
  • यिनका १३,००० चित्र, १,२२८ मूर्तिकला, २,८८० सेरामिक कला र लगभग १२,००० रेखाचित्र रहेका छन्।
  • 'द गुएर्निका' — हालसम्मकै सबैभन्दा महान् युद्धविरोधी चित्र।
  • 'वुमन अफ अल्जियर्स' — करिब १८० मिलियन डलरमा लिलाम बिक्री भएको संसारको सबैभन्दा महँगो चित्र।
  • मानवीय संवेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा सम्पूर्ण जीवन समर्पण।
  • कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत।

८ अप्रिल १९७३ मा देहावसान भए पनि कलाका क्षेत्रमा उनले दिएको योगदानका कारण अनमोल कलामार्फत यिनी अजर र अमर बनेका छन्।
📄 सारांश र पत्रकारिता प्रश्नोत्तर
प्रश्न ११. दिइएको अनुच्छेदबाट मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।
मुख्य चारओटा बुँदा:
  • (क) जीवनी प्रेरक व्यक्तित्वका जीवनका महत्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा।
  • (ख) ख्याति प्राप्त व्यक्तित्वको जीवनीबाट विद्यार्थीले सत्प्रेरणा प्राप्त गर्नु।
  • (ग) व्यक्तिका सङ्घर्ष, जीवनका उतारचढाव र उल्लेख्य कार्यको वर्णन गरिनु।
  • (घ) असल व्यक्तित्व निर्माणका साथै सार्थक जीवनको मार्गमा अग्रसर हुन सघाउनु।

सारांश — जीवनी:
जीवनी प्रेरक व्यक्तित्वका जीवनका महत्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा हो। ख्याति प्राप्त व्यक्तित्वको जीवनीबाट विद्यार्थीले सत्प्रेरणा प्राप्त गर्छन्। यसमा जीवनका सङ्घर्ष, उतारचढाव, उल्लेख्य कार्यको वर्णन गरिन्छ। असल व्यक्तित्व निर्माणमा यसले अग्रसर हुन सघाउँछ।
प्रश्न १३(अ). पत्रकारिता भनेको के हो ?
पत्रकारिता भनेको समाजका सत्यतथ्य घटना र सूचना सम्प्रेषण गर्ने सशक्त माध्यम हो।
प्रश्न १३(आ). प्रेस जगत्ले कोबाट शक्ति आर्जन गरेको हुन्छ ?
प्रेस जगत्ले जनताबाट शक्ति आर्जन गरेको हुन्छ।
प्रश्न १३(इ). पत्रकारिताले के काम गर्छ ?
पत्रकारिताले जनता र सरकारका बिच प्रत्यक्ष सम्पर्कको सक्रिय माध्यमका रूपमा काम गर्छ।
प्रश्न १३(ई). प्रजातान्त्रिक राज्य व्यवस्थामा प्रेस जगत्को भूमिका किन अपरिहार्य हुन्छ ?
प्रजातान्त्रिक राज्य व्यवस्थामा सुयोग्य नागरिक समाजको निर्माण गर्न, त्यसलाई प्रभावकारी र समाजलाई गतिशील बनाएर कल्याणकारी राज्यको स्थापना गर्न प्रेस जगत्को भूमिका अपरिहार्य हुन्छ।

Frequently asked questions

What is पाब्लो पिकासो about?

This chapter covers the life and work of Pablo Picasso, a renowned artist of the 20th century, and explores his contributions to the world of art, including his unique style and techniques.

Which topics are covered in पाब्लो पिकासो?

Class 10 Nepali “पाब्लो पिकासो” covers: Pablo Picasso; Artistic Style; Cubism; Sculpture; Painting; Yudh Virodhi Chitrakala; Kala Aur Samaj.

What should I focus on in पाब्लो पिकासो for the exam?

Students should focus on understanding Picasso's life, art, and contributions to the world of art, as well as the social and cultural context in which he worked.

What are the key formulas or definitions in पाब्लो पिकासो?

Kala ka mahatva; Srijnatmakta ki avashyakta; Kalakar ka samajik dayitva.

Where can I read the Class 10 Nepali “पाब्लो पिकासो” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for पाब्लो पिकासो. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install