Sikshya Plus Get appGet the app free
Class 10 · Nepali

गाउँमाथि एउटा कविता – Class 10 Nepali Notes and Solutions

Complete solutions and answers for “गाउँमाथि एउटा कविता”, a chapter in Class 10 Nepali (SEE exam preparation). This page covers गाउँमाथि एउटा कविता(शब्दभण्डार, बोध र अभिव्यक्ति, भाषिक संरचना).

  • Free, no login needed
  • 4 min read
  • Updated 1 July 2026

Chapter at a glance

This chapter covers the poem 'गाउँमाथि एउटा कविता' and its analysis, including word meanings, grammatical structures, and poetic devices. The poem discusses the life of people in rural areas and the importance of development in these regions. The chapter also focuses on the themes of rural life, education, and the role of media in society.

  • गाउँमाथि एउटा कविता
  • शब्दभण्डार
  • बोध र अभिव्यक्ति
  • भाषिक संरचना
  • ग्रामीण जीवन
  • शिक्षा
  • मीडिया

Exam focus: Students should focus on understanding the poem's themes, word meanings, and poetic devices, as well as the importance of development in rural areas and the role of media in society.

Key formulas and definitions

  • अन्त्यानुप्रास
  • युग्म शब्द
  • पञ्चम वर्ण
  • शिरबिन्दु
  • आलङ्कारिक पदक्रम

Solutions and answers

गाउँमाथि एउटा कविता
(शब्दभण्डार, बोध र अभिव्यक्ति, भाषिक संरचना)

शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस्:
चपरी : दुबो, झार आदिसमेतको माटाको चोइलो
दुवाली : माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमा गाडिने छेका वा बार
भाकल : आफ्नो इच्छा सिद्ध होस् भनेर गरिने पूजा
घोषणापत्र : उद्देश्यप्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष
दन्त्यकथा : लोकले युगौदेखि संरक्षित गर्दै आएका कथा
२. दिइएको अनुच्छेदबाट युग्म (युगल) शब्द पहिचान गरी लेख्नुहोस्:
आपत्विपत्, छिटोछरितो, गाउँठाउँ, सहरबजार, सानोतिनो, एकआपस, एकअर्का, चाडवाड, मेलापर्व, भेटघाट, मेलमिलाप
३. युग्म शब्द प्रयोग गरी एउटा अनुच्छेद:
गाह्रोसाह्रो परेका बखत पनि हाँसखेल गरेर जीवन जिउने कला नेपालीसँग मात्र छ । बिहानै पानीपँधेरो गएर नुहाइधुवाइ गर्ने प्रचलन ग्रामीण भेगमा अझै पनि छ । सफासुग्घर बन्ने, साथीसङ्गी भनेपछि हुरुक्क हुने हामी कुराकानी गर्न पनि माहिर छौं । हित्तहित्त मिलेपछि सोचविचार बिस्तारै मिल्छ भन्ने हामी सोच्दछौं।
४. शब्दलाई वाक्यमा प्रयोग:
कनिका : मलाई कनिकाको भात एकदमै मन पर्छ ।
मेलापात : मलाई गाउँघरमा मेलापात जान निकै मन पर्छ।
कोदालो : कोदालोले मकै गोड्दा निकै मज्जा आउँछ ।
अगेनो : अगेनोमा आगो ताप्दै जियान्सले मोबाइलमा गेम खेल्यो ।
भकारो : गाईवस्तुको भकारो सोहोर्न सहर बजारका केटाकेटी घिनाउँछन् ।
अनौ : हलीले खेतबारी जोत्दा हलोको अनौ क्या मज्जाले समातेर घुमाउँछन् ।
जाँतो : जाँतोमा मकै पिनेर हजुरआमाले च्याख्लाको भात पकाउनुभयो ।
गोठ : गोठमा गाईबस्तु भोकले कराइरहेका छन् ।
बोध र अभिव्यक्ति
३. 'गाउँमाथि एउटा कविता' प्रश्नहरु:
(क) तीन जोडी अन्त्यानुप्रास: यता-उता, बसाउनुपर्छ-नचाउनुपर्छ, दलबिरेको-हिरेको ।
(ख) सबैभन्दा छोटो पङ्क्ति: "घरभित्र" (एक शब्द) ।
(ग) सगरमाथा सन्दर्भअघि: अन्तरिक्ष यानको गतिविधि; पछि: नागरिकताको प्रमाणपत्र बाँड्ने ।
(घ) 'दन्त्यकथा यिनीहरुलाई' अगिको सन्दर्भ: चुनावका घोषणापत्रहरू ।
४. व्याकरणिक पदक्रममा रूपान्तरण:
(क) तपाईं फेरि कुन देशको कल्पना गरेर छापिरहनु भएको छ ?
(ख) गाउँमा विज्ञानको पनि बेग्लै ढड्ङ्ग छ ।
(ग) यसलाई चुनावले न रोक्छ ।
(घ) सम्पूर्ण गाउँमा एउटै इनार छ ।
(ङ) जो कुनै पनि आमा निस्कन तयार छे ।
(च) यिनीहरूलाई यो सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन ।
(छ) यिनीहरूलाई यसको पनि दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन ।
५. कवितांशमा आधारित:
(क) गाउँलेले कृषि पेसा (खेतीपाती, पशुपालन) अपनाएका छन् ।
(ख) केटाकेटीले गोठमा घाँसपात हाल्ने, तन्नेरीले गोरु नार्ने काम गर्छन् ।
६. कविताको मुख्य विषयवस्तु, सम्पादक सचेतना, मूलभाव:
विषयवस्तु: ग्रामीण जनजीवन, त्यहाँका समस्या, उपेक्षित पत्रकारिता र चुनावी घोषणापत्रको बकवास ।
सम्पादकलाई सचेत: कविले भन्छन् – सगरमाथाको गर्व गर्ने गाउँ अलपत्र छ, घोषणापत्र सिँगान पुछ्ने कागज मात्र ।
मूलभाव: ग्रामीण क्षेत्रको विकास नभए देशको उन्नति असम्भव; पत्रकार र राजनीतिले गाउँको यथार्थलाई प्राथमिकता दिनुपर्छ ।
७. व्याख्या (सगरमाथा र चपरी-दुवाली)
‘सगरमाथालाई काँधमा बोकेर उभिएको गाउँ’ – यो गाउँ नै नेपालको गौरवको आधार हो, तर पनि उपेक्षित छ ।
‘जहाँको चपरी त्यहींको दुवाली मरेर के लानु छ’ – अन्ततः सबैले मर्नुपर्छ, जन्मेको ठाउँको आपसी मेलमिलाप र इमानदारी नै ठूलो हो ।
८–९–१०. छलफल निष्कर्ष, जीवनस्तर उकास्ने उपाय, आगामी पाँच वर्षको अनुमान:
➤ ग्रामीण परिवेश: परालको छानो, ढिकीजाँतो, धामी, सामूहिक परिश्रम।
➤ जीवनस्तर उकास्न: गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सिँचाइ, आधुनिक कृषि, पत्रकारितामा ग्रामीण प्राथमिकता ।
➤ पाँच वर्षपछिको अनुमान: हरेक घरमा धारा, सडक स्तरोन्नति, सामुदायिक विद्यालय सुधार, युवा पलायनमा कमी ।
११. सदाचार अनुच्छेद:
(अ) सदाचारलाई परम धर्म भनिन्छ किनभने यसले नैतिकता र असत् विचार नियन्त्रण गर्छ ।
(आ) सदाचार नियम: सत्य मधुर वचन, ठुलोमा आदर, सानोमा माया, परोपकार ।
(इ) शरीर र मन पवित्र हुनुपर्छ ।
(ई) विद्यार्थीका पञ्च लक्षण: चनाखोपन, एकाग्रता, सचेत निद्रा, थोरै भोजन, पढ्न घरभन्दा टाढा बस्ने ।
(ख) आलङ्कारिक पदक्रम: "शुद्ध आचार वा सदाचारलाई हरेक धर्मले परम धर्म मानेको पाइन्छ ।" अन्तिम वाक्य टुक्र्याउँदा: यसको आशय विद्यार्थीले पढाइमा एकचित्त हुनुपर्छ। विद्यार्थीको असल लक्षण पढ्नु हो।
पञ्चम वर्ण: सङ्गत, तुरुन्तै ।
भाषिक संरचना र वर्णविन्यास
१. व्याकरणिक र आलङ्कारिक पदक्रम छुट्याउनुहोस्:
व्याकरणिक: श्रीमतीले ढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो । रने नरिसाएको भए पनि हुन्थ्यो ।
आलङ्कारिक: काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग । नखाएको विष लाग्यो धनेका जिन्दगीमा ।
२. पदक्रमलाई आलङ्कारिकमा बदल्नुहोस्:
परेवाको हुलनिर पुग्यो बालक । भुरुर्र उडे सेता परेवा । भुरुर्र उड्न खोज्यो सेता परेवासँग बालक पनि । परको रुखमा गएर बसें परेवा । हेर्यो बालकले परेवालाई । परेवा कराए माकरघर गरी बाइ बाइ भने होलान् परेवाले बालकलाई । परेवालाई बोलाएको इसारा गर्यो बालकले हात उठाएर । भोलि आउँला है भने परेवाले ।
३. ‘गाउँमाथि एउटा कविता’ बाट तीन आलङ्कारिक वाक्य व्याकरणिकमा:
आलङ्कारिक: के गर्नु चुनावका घोषणापत्रहरू ? के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरु ?
व्याकरणिक: अन्तरिक्ष यानका गतिविधिहरू के पढ्नु ? चुनावका घोषणापत्रहरू के गर्नु ?
४. पञ्चम वर्ण र शिरबिन्दुका शब्द (उच्चारण सहित):
क-ङ: मङ्गल, जङ्गल, अङ्ग, गङ्गा ।
च-ञ: व्यञ्जन, पञ्च, पञ्चायत, पञ्चमी ।
ट-ण: पण्डित, कण्ठ, कण्टक, दण्ड ।
त-न: सन्तोष, सन्तति, तन्ती, सन्ताप ।
प-म: स्तम्भ, सम्भव, दम्भ, शम्भु ।
शिरबिन्दु: संरक्षण, संयम, संलग्न, संसद् ।
५. कविताबाट पञ्चम वर्ण शब्द:
अङ्गुर, अन्धविश्वास, मङ्गल, ढङ्ङ्ग, सन्तान, सम्पादक ।
६. शिरबिन्दु र पञ्चम वर्ण शुद्धीकरण (पुनर्लेखन):
पङ्कज, शङ्कर, सञ्जय, सञ्चिता, कण्टकनाथ, पण्डित, सन्तोष, पम्फा खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए । त्यसै वेला संयोग, संरचना, संलग्न, संशय, संहिता आए । उनीहरूले संवाद गर्ने थाले ।
Discover more
Science | K-12 | Books & Literature | History | Educational Resources
Download our mobile app for offline access
NEB exam prep · App Store | Play Store
Sikshya Plus – पूर्ण अभ्यास संग्रह | ‘गाउँमाथि एउटा कविता’ को सम्पूर्ण शब्दभण्डार, बोध, व्याकरण संरक्षित तथा वर्धित ढाँचामा प्रस्तुत । सबै मूल पाठ सम्मानित छ ।

Frequently asked questions

What is गाउँमाथि एउटा कविता about?

This chapter covers the poem 'गाउँमाथि एउटा कविता' and its analysis, including word meanings, grammatical structures, and poetic devices. The poem discusses the life of people in rural areas and the importance of development in these regions. The chapter also focuses on the themes of rural life, education, and the role of media in society.

Which topics are covered in गाउँमाथि एउटा कविता?

Class 10 Nepali “गाउँमाथि एउटा कविता” covers: गाउँमाथि एउटा कविता; शब्दभण्डार; बोध र अभिव्यक्ति; भाषिक संरचना; ग्रामीण जीवन; शिक्षा; मीडिया.

What should I focus on in गाउँमाथि एउटा कविता for the exam?

Students should focus on understanding the poem's themes, word meanings, and poetic devices, as well as the importance of development in rural areas and the role of media in society.

What are the key formulas or definitions in गाउँमाथि एउटा कविता?

अन्त्यानुप्रास; युग्म शब्द; पञ्चम वर्ण; शिरबिन्दु; आलङ्कारिक पदक्रम.

Where can I read the Class 10 Nepali “गाउँमाथि एउटा कविता” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for गाउँमाथि एउटा कविता. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install