Sikshya Plus Get appGet the app free
Class 10 · Nepali

आयाम – Class 10 Nepali Notes and Solutions

Complete solutions and answers for “आयाम”, a chapter in Class 10 Nepali (SEE exam preparation). This page covers शब्दभण्डार, बोध र अभिव्यक्ति and भाषिक संरचना र वर्णविन्यास.

  • Free, no login needed
  • 11 min read
  • Updated 18 November 2026

Chapter at a glance

This chapter focuses on the story 'Ayam' by Beena Theeng, exploring themes of motherhood, women's struggles, second marriage, and societal perspectives. It includes comprehensive exercises on vocabulary matching, idioms, grammar, sentence synthesis, and textual comprehension.

  • आयाम कथाको परिचय र सारांश
  • शब्दको अर्थ र वाक्य गठन
  • उखान र टुक्काको प्रयोग
  • समावेशक र समावेश्य शब्द
  • तामाङ भाषाका शब्दको मानक रूप
  • पात्रहरूको चारित्रिक विशेषता
  • वाक्य संश्लेषण र विश्लेषण

Exam focus: Students should focus on the central theme of 'Ayam', character analysis of Yangji and Shantamaya, vocabulary, and grammar exercises like sentence synthesis.

Key formulas and definitions

  • अपवाद - नियमसँग नमिल्ने
  • क्षोभ - आपत्तिजनक व्यवहार आदिबाट उत्पन्न हुने व्याकुलतासहितको रिस
  • लवज - बोली
  • बडेमा - अति ठुलो
  • शैली - विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति
On this page (20 sections)
  1. शब्दभण्डार
  2. दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस् : अपवाद, क्षोभ, लवज, बडेमा, हैरानी, हताश
  3. दिइएका उखान टुक्काका अर्थबारे कक्षामा छलफल गर्नुहोस् । तीनओटा उखान र तीनओटा टुक्का प्रयोग गरी अनुच्छेद लेख्नुहोस् : अल्छीको ओठमा आहानको झुप्पा, आफू भलो त जगतै भलो, उचालेको कुकुरले मृग मार्दैन, एक हातले ताली बज्दैन, के निहुँ पाऊँ कनिका बुकाऊँ, शोक न सुर्ता भोक न भकारी, डाँडो काट्नु, फुत्ती खेल्नु, कानमा तेल हाल्नु, बलेको आगोमा घिउ थप्नु, घाँटी हेरी हाड निल्नु, लड्का हाँक्नु
  4. उदाहरणमा दिइए झैँ अनुच्छेदबाट समावेशक र समावेश्य शब्द पहिचान गरी लेख्नुहोस् :
  5. ‘आयाम’ कथामा तामाङ भाषाबाट प्रभावित शब्द आएका छन्, तिनलाई टिपेर नेपाली भाषाको मानक रूप लेख्नुहोस् :
  6. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : तरङ्ग, आमन्त्रण, उत्प्रेरणा, बगैँचा, पारिश्रमिक, पारदर्शी, सम्पर्क, क्षितिज, असीमित
  7. बोध र अभिव्यक्ति
  8. दिइएका प्रश्नको उत्तर भन्नुहोस् : (क) ‘आयाम’ कथाको प्रारम्भ र अन्त्य कुन कुन घटनाबाट भएको छ ? (ख) ‘खुसी हुनुको … यस्तै यस्तै’ अनुच्छेदको मुख्य घटना के हो ? (ग) कथामा मुख्य र सहायक भूमिका भएका पात्रको नाम भन्नुहोस् । (घ) कथामा सहरी परिवेश झल्काउने कुरा के के हुन् ?
  9. दिइएको कथांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् : (क) शान्तमायाले कसकामा काम गर्न थालिन् ? (ख) डाक्टर दम्पतीले कस्तो कामदारको अपेक्षा गरेका थिए ? (ग) शान्तमाया खुसी हुनुको कारण के थियो, तर्क गर्नुहोस् । (घ) ‘मिहिनेती हात’ भन्नुको आशय के हो ?
  10. कथामा सुरुदेखि अन्तिमसम्म कस्ता कस्ता घटना घटेका छन्, तिनलाई टिपोट गरी कथासार लेख्नुहोस् ।
  11. ‘आयाम’ कथाको ‘आमा हुनुहुन्थ्यो … हातगोडा’ अनुच्छेदबाट चारओटा बोध प्रश्न निर्माण गरी तिनको उत्तर लेख्नुहोस् ।
  12. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) ‘आयाम’ कथाको मुख्य विषयवस्तु के हो ? (ख) कथामा रहेका याङ्जी र शान्तमाया पात्रको चारित्रिक विशेषताको तुलना गर्नुहोस् । (ग) कथामा उल्लेख भएको सामाजिक परिवेशको वर्णन गर्नुहोस् । (घ) कथाबाट के सन्देश पाइन्छ, उल्लेख गर्नुहोस् ।
  13. सासू र बुहारीका रूपमा रहेका आमा र याङ्जीबीचको सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ, ‘आयाम’ कथाका आधारमा लेख्नुहोस् ।
  14. व्याख्या गर्नुहोस् : (क) आमा मेरो उत्प्रेरणाको केन्द्रबिन्दु हुनुहुन्थ्यो । (ख) जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दोरहेछ ।
  15. ‘आयाम’ कथाका आधारमा याङ्जी र शान्तमायाले जीवनमा भोगेका सङ्घर्षको वर्णन गर्नुहोस् ।
  16. ‘आयाम’ कथाले नेपाली समाजको कस्तो विषयवस्तु उठान गरेको छ ? तपाईंलाई त्यो कस्तो लाग्यो, चर्चा गर्नुहोस् ।
  17. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) बालसाहित्यको विषयवस्तु छनोट गर्दा के के कुरामा ध्यान दिनुपर्छ ? (ख) कस्ता विषयले बालबालिकामा कौतुहलता सिर्जना गर्छ ? (ग) बालसाहित्यको आवश्यकता किन पर्छ ? (घ) बालसाहित्यका विशेषता के के हुन् ?
  18. भाषिक संरचना र वर्णविन्यास
  19. वाक्य संश्लेषण र विश्लेषण : (क) अनुच्छेदको पहिलो वाक्यबाट दुईओटा वाक्य बनाउनुहोस् । (ख) अनुच्छेदको दोस्रो र तेस्रो वाक्य मिलाई एउटै वाक्य बनाउनुहोस् । (ग) ‘आयाम’ कथाको ‘त्यो दिन … थियो’ अनुच्छेदबाट चारओटा सरल वाक्य टिपी तिनलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् । (घ) दिइएको कथांशबाट लेख्य चिह्न टिपी तिनको नाम लेख्नुहोस् ।
  20. सुनाइ पाठ १६ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् : (क) शैली भनेको के हो ? (ख) शैली कस्तो तत्त्व हो ? (ग) शैलीका दुई प्रकार के के हुन् ? (घ) शैलीको जन्म कसरी हुन्छ ?

Solutions and answers

‘आयाम’ बीना थेङद्वारा लिखित संस्मरणात्मक कथा हो । कथाकी मुख्य पात्र याङ्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् । सासूआमाको मातृत्व, शान्तमायाको सङ्घर्ष र दोस्रो विवाहको सुखानुभूति यस कथाका केन्द्रीय विषय हुन् । तल पाठको अभ्यासका सबै प्रश्नहरूको पूरा उत्तर दिइएको छ ।

शब्दभण्डार

१

दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस् : अपवाद, क्षोभ, लवज, बडेमा, हैरानी, हताश

  1. अपवाद — नियमसँग नमिल्ने
  2. क्षोभ — आपत्तिजनक व्यवहार आदिबाट उत्पन्न हुने व्याकुलतासहितको रिस
  3. लवज — बोली
  4. बडेमा — अति ठुलो
  5. हैरानी — दिक्दारी
  6. हताश — निराश
२

दिइएका उखान टुक्काका अर्थबारे कक्षामा छलफल गर्नुहोस् । तीनओटा उखान र तीनओटा टुक्का प्रयोग गरी अनुच्छेद लेख्नुहोस् : अल्छीको ओठमा आहानको झुप्पा, आफू भलो त जगतै भलो, उचालेको कुकुरले मृग मार्दैन, एक हातले ताली बज्दैन, के निहुँ पाऊँ कनिका बुकाऊँ, शोक न सुर्ता भोक न भकारी, डाँडो काट्नु, फुत्ती खेल्नु, कानमा तेल हाल्नु, बलेको आगोमा घिउ थप्नु, घाँटी हेरी हाड निल्नु, लड्का हाँक्नु

नमुना उत्तर

छोरीले डाँडो काटेको एक हप्ता भइसक्यो, रमिता भने कानमा तेल हालेर बसेकी छन् । छोरी हिँडेकोमा उनलाई केही चिन्तै छैन । ‘शोक न सुर्ता भोक न भकारी’ भनेको यही हो । पहिले पनि सानो घर झगडालाई अनेक किसिमले बलेको आगोमा घिउ थप्ने काम गर्थिन् र उल्टो ‘आफू भलो त जगतै भलो’ भन्दै हिँड्थिइन् । आज गाउँलेलाई भने ‘के निहुँ पाऊँ ? कनिका बुकाऊँ’ भने जस्तै भएको छ ।

३

उदाहरणमा दिइए झैँ अनुच्छेदबाट समावेशक र समावेश्य शब्द पहिचान गरी लेख्नुहोस् :

  • फूल — सयपत्री, मखमली, गोदावरी, बाबरी
  • फलफूल — आँप, मेवा, कटहर, केरा, जुनार
  • तरकारी — काउली, मूला, गाजर, आलु
  • साग — रायो, तोरी, चम्सुर, पालुङ्गो
४

‘आयाम’ कथामा तामाङ भाषाबाट प्रभावित शब्द आएका छन्, तिनलाई टिपेर नेपाली भाषाको मानक रूप लेख्नुहोस् :

  1. मो: — म
  2. मोलाई: — मलाई
  3. जासारी: — जसरी
  4. विहे: — बिहे
  5. गार: — गर
  6. गारेका: — गरेका
  7. ता: — त
  8. डार: — डर
  9. भानेको: — भनेको
५

दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : तरङ्ग, आमन्त्रण, उत्प्रेरणा, बगैँचा, पारिश्रमिक, पारदर्शी, सम्पर्क, क्षितिज, असीमित

  • तरङ्ग : अर्काको घरमा जुठा भाँडा माझेर पढाएको कालीको छोरो डाक्टर भयो भनेको सुन्दा गाउँमा तरङ्ग पैदा भयो ।
  • आमन्त्रण : बहिनीको बिहेमा सबैलाई आमन्त्रण गरिएको छ ।
  • उत्प्रेरणा : हाम्री आमाले दुःख गरेको देख्दा पछि गएर केही गर्छु भन्ने छुट्टै उत्प्रेरणा पैदा हुन्छ ।
  • बगैँचा : पहाड घरमा फलफूलको त्यत्रो बगैँचा छ ।
  • पारिश्रमिक : काम लगाएपछि पारिश्रमिक त दिनुपर्छ नि ।
  • पारदर्शी : “हेर छोरा ! हिसाब भनेको सधैँ पारदर्शी हुनुपर्छ” भनेर मेरो बुबाले सानैमा भनेको म कहिल्यै बिर्सन्न ।
  • सम्पर्क : नेपालमा सर्वसाधारणले कार्यकारी प्रमुखसम्म पुग्न कुनै सम्पर्क हुनै पर्छ ।
  • क्षितिज : हाम्रो मिलन पक्कै पनि क्षितिजमा गएर हुनेछ ।
  • असीमित : मान्छेका इच्छाहरू असीमित हुन्छन् ।

बोध र अभिव्यक्ति

६

दिइएका प्रश्नको उत्तर भन्नुहोस् : (क) ‘आयाम’ कथाको प्रारम्भ र अन्त्य कुन कुन घटनाबाट भएको छ ? (ख) ‘खुसी हुनुको … यस्तै यस्तै’ अनुच्छेदको मुख्य घटना के हो ? (ग) कथामा मुख्य र सहायक भूमिका भएका पात्रको नाम भन्नुहोस् । (घ) कथामा सहरी परिवेश झल्काउने कुरा के के हुन् ?

(क) ‘आयाम’ कथाको प्रारम्भ सहरको वर्णनबाट भएको छ भने अन्त्य सासूआमाको मातृत्व भावबाट भएको छ ।

(ख) शान्तमायाको दोस्रो बिहे हुनु, उसको श्रीमान् एउटै घरमा ड्राइभर हुनु र वैवाहिक सुखको अनुभव शान्तमायाको अनुहारमा झल्कनु — यही अनुच्छेदको मुख्य घटना हो ।

(ग) मुख्य पात्र : याङ्जी, सुरज कुमार, आमा, शान्तमाया । सहायक पात्र : कमल, सुनमाया, भाइ, छिमेकी काकी ।

(घ) कथामा सहरी परिवेश झल्काउने कुरा : सहरको त्यो व्यस्त चोकको मध्यभागको दृश्य कार्यालयको झ्यालबाट लगभग पुरै देखिनु, स्कुटर थन्क्याएको, डिनर गर्न रेस्टुरेन्ट गएको, मोटरसाइकल दुर्घटनामा परेर कमलको मृत्यु, चार तलाको खरानी रङको भवन आदि ।

७

दिइएको कथांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् : (क) शान्तमायाले कसकामा काम गर्न थालिन् ? (ख) डाक्टर दम्पतीले कस्तो कामदारको अपेक्षा गरेका थिए ? (ग) शान्तमाया खुसी हुनुको कारण के थियो, तर्क गर्नुहोस् । (घ) ‘मिहिनेती हात’ भन्नुको आशय के हो ?

(क) शान्तमायाले डाक्टर दम्पतीकामा काम गर्न थालिन् ।

(ख) डाक्टर दम्पतीले इमानदारिताका साथ काम गरिदिने कामदारको अपेक्षा गरेका थिए ।

(ग) शान्तमाया खुसी हुनुको कारण डाक्टर दम्पतीले उपलब्ध गराएको पारिश्रमिक थियो, त्यसमा पनि चाडबाडमा थप रकम र कपडा पाइन्थ्यो ।

(घ) ‘मिहिनेती हात’ भन्नुको आशय इमानदारिताका साथ काम गर्ने परिश्रमी व्यक्ति भन्ने हो ।

८

कथामा सुरुदेखि अन्तिमसम्म कस्ता कस्ता घटना घटेका छन्, तिनलाई टिपोट गरी कथासार लेख्नुहोस् ।

घटना टिपोट :

  1. याङ्जीको कार्यालय परिवेशको वर्णन ।
  2. याङ्जीको जन्मदिनमा “खाना खान छिट्टै आऊ है” भनेर आमाले गरेको अनुरोध ।
  3. आमाको वर्णन, याङ्जीलाई आमाले गरेको प्यारको चित्रण ।
  4. याङ्जीलाई प्रबन्धक देख्दा कमलको याद आउनु, सह-प्रबन्धकको पदमा जागिर खान थाल्नु ।
  5. शान्तमाया काम खोज्न आउनु, उसलाई काम खोजिदिएको एक वर्षमा बिहे गरेको जानकारी गराउनु ।
  6. याङ्जी र सुरज प्रेममा पर्नु, आमालाई बताउनु ।
  7. आमाले आफूसँगै बस्ने सर्तमा याङ्जीको प्रेम स्वीकार्नु ।

कथासार :

बीना थेङद्वारा लिखित ‘आयाम’ कथा एक संस्मरणात्मक कथा हो । यो कथा कथाकी मुख्य पात्र याङ्जीका वरिपरि घुमेको छ । कथाको सुरुवात याङ्जीको कार्यालयको वर्णनबाट हुन्छ । उसले आज कार्यालय आउने बेलामा आमाले “आज तिम्रो जन्मदिन हो, म केही मिठा-मिठा खानेकुरा बनाउँछु, छिट्टै आऊ है” भनेको सम्झन्छे । आमाको स्नेह र मायालाई याद गर्छ । आमाकै कारणले उसले जागिर खान थालेको पनि याद आउँछ । कार्यालयमा काम खोजिदिन आग्रह गर्दै आएकी शान्तमायाको जीवनको आरोह-अवरोहले उसको जीवनमा पनि प्रभाव पार्छ । शान्तमायालाई काम लगाइदिएको एक वर्षमा उसको बिहेको खबर र उसको अनुहारमा देखिएको चमकले याङ्जीलाई पनि सुरजतिर आकर्षित हुन प्रोत्साहन गर्छ । सुरजसित जन्मदिनको दिन डिनरमा जान्छे । सुरजको धेरै आग्रहले उसले आमालाई आफू कसैको प्रेममा परेको र उनीहरूले बिहे गर्न चाहेको कुरा बताउँछे । आमा उसकी जन्मदिने आमा नभएर सासूआमा भएको कुरा कथाको अन्त्यमा थाहा हुन्छ । उसकी सासूआमाले बिहेपछि पनि यही घरमा बस्नुपर्ने सर्तमा राजी हुन्छिन् । यसरी यो कथामा सासू-बुहारी बीचको तिक्ततापूर्ण सम्बन्धका विपरीत माया नै मायाले भरिएको सम्बन्धको उल्लेख गरिएको छ ।

९

‘आयाम’ कथाको ‘आमा हुनुहुन्थ्यो … हातगोडा’ अनुच्छेदबाट चारओटा बोध प्रश्न निर्माण गरी तिनको उत्तर लेख्नुहोस् ।

  1. प्रश्न : आमाको उमेर कति थियो ? उत्तर : आमाको उमेर ४५ वर्षको थियो ।
  2. प्रश्न : आमाका हातगोडा कस्ता थिए ? उत्तर : आमाका हातगोडा छोटा-छोटा, मोटा-मोटा र पुटुक्क परेका थिए ।
  3. प्रश्न : आमाको नाकको वर्णन कसरी गरिएको छ ? उत्तर : “गोलै जोर आँखाको बिचमा डल्लो आकारको नाक थपक्क बसेको थियो” भनेर नाकको वर्णन गरिएको छ ।
  4. प्रश्न : आमाको छालाको रङको वर्णन कसरी गरिएको छ ? उत्तर : “सेतो चिमालो फूलको रङ झैँ लाग्ने नरम छाला जीउभरि ओढेकी” भनेर वर्णन गरिएको छ ।
१०

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) ‘आयाम’ कथाको मुख्य विषयवस्तु के हो ? (ख) कथामा रहेका याङ्जी र शान्तमाया पात्रको चारित्रिक विशेषताको तुलना गर्नुहोस् । (ग) कथामा उल्लेख भएको सामाजिक परिवेशको वर्णन गर्नुहोस् । (घ) कथाबाट के सन्देश पाइन्छ, उल्लेख गर्नुहोस् ।

(क) ‘आयाम’ कथा एक संस्मरणात्मक कथा हो । यस कथामा कथाकी मुख्य पात्र याङ्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् र वर्तमानमा आएर कथालाई टुङ्ग्याइएको छ । यस कथामा दाम्पत्य जीवनको आवश्यकता र सुखानुभूतिको उल्लेख गरिएको छ । साथै सुमधुर सम्बन्ध राख्न सके सासू-बुहारी पनि आमा-छोरी बन्न सकिन्छ भन्ने देखाउनु यस कथाको उद्देश्य देखिन्छ ।

(ख) तुलना :

  • याङ्जी — पढेलेखेकी विधवा महिला; रोजगारदाता कार्यालयमा काम गर्ने; बोलचालमा भाषिक शुद्धता; दोस्रो विवाह गर्ने निर्णयमा पुगेकी; विवाह गरेको छोटो समयमा नै श्रीमान् गुमाएकी ।
  • शान्तमाया — अनपढ विधवा महिला; घरायसी काम गर्ने; बोलचालमा तामाङ भाषाको प्रयोग; दोस्रो विवाह गरेकी; विवाह भएको केही वर्षपछि श्रीमान् गुमाएकी ।

(ग) कथामा सहरी परिवेशको उल्लेख गरिएको छ । कथामा एकल महिलाले भोग्नुपरेका समस्याहरू, समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण र उनीहरूको मनोभावनालाई सामाजिक परिवेशका रूपमा चित्रण गरिएको छ । विशेषगरी तामाङ समुदायको संस्कृति र परम्परालाई पनि कथामा समेटिएको छ । समाजमा विद्यमान रुढीवादी परम्परा, एकल महिलाप्रतिको सङ्कुचित सोच र पितृसत्तात्मक मूल्यमान्यतालाई कथाले उजागर गरेको छ । सहरको कोलाहलपूर्ण वातावरण र मानिसहरूको व्यस्त जीवनशैली पनि यस कथाको सामाजिक परिवेश हो ।

(घ) कथाबाट यो सन्देश पाइन्छ : सुमधुर सम्बन्ध राख्न सके सासू-बुहारी पनि आमा-छोरी बन्न सक्छन्; दाम्पत्य जीवन सबैको आवश्यकता हो, जसका लागि दोस्रो विवाह नै किन गर्नु नपरोस्; र जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दोरहेछ ।

११

सासू र बुहारीका रूपमा रहेका आमा र याङ्जीबीचको सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ, ‘आयाम’ कथाका आधारमा लेख्नुहोस् ।

आमा र याङ्जीबीचको सम्बन्ध सासू-बुहारीको परम्परागत तिक्त सम्बन्धभन्दा बिलकुल फरक छ । आमा याङ्जीकी जन्मदिने आमा होइनन्, सासूआमा हुन्, तर उनले याङ्जीलाई छोरीलाई जस्तै माया गरेर राख्छिन् । याङ्जी एक प्रकारले मानसिक रोगीको अवस्थामा पुगेको बेलामा सासूले आमा बनेर त्यस परिस्थितिबाट बाहिर निकाल्न उनलाई जागिर खाने वातावरण सिर्जना गरिदिएकी हुन्छिन् । घरको सबै काम आफैँ गर्छिन्, जन्मदिनका दिन मिठा खाना पकाएर कुर्छिन् र बिहेपछि पनि आफूसितै बस्ने सर्तमा प्रेम स्वीकार्छिन् । यो सम्बन्ध माया, विश्वास र मातृत्वको अनुपम उदाहरण हो ।

१२

व्याख्या गर्नुहोस् : (क) आमा मेरो उत्प्रेरणाको केन्द्रबिन्दु हुनुहुन्थ्यो । (ख) जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दोरहेछ ।

(क) याङ्जीको जीवनमा आमा नै सबैभन्दा ठुलो प्रेरणाको स्रोत हुनुहुन्थ्यो । आमाकै माया, सल्लाह र साथले उनी चिन्ता र एकाकीपनबाट बाहिर निस्केर जागिर खान थालिन् र जीवनमा अगाडि बढिन् । आमाबिना उनको जीवनको कुनै दिशा थिएन — त्यसैले आमा उनको उत्प्रेरणाको केन्द्रबिन्दु हुनुहुन्थ्यो ।

(ख) शान्तमायाको दोस्रो बिहे र उसको अनुहारमा देखिएको वैवाहिक सुखको चमक सानो घटना जस्तो देखिए पनि त्यसले याङ्जीको जीवनमा ठुलो प्रभाव पार्यो — उसलाई पनि प्रेम र दाम्पत्य जीवनप्रति आशा जाग्यो । यसरी जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दोरहेछ ।

१३

‘आयाम’ कथाका आधारमा याङ्जी र शान्तमायाले जीवनमा भोगेका सङ्घर्षको वर्णन गर्नुहोस् ।

याङ्जीले विवाह गरेको छोटो समयमै श्रीमान् गुमाएकी थिइन् । कमलसँगको छोटो समयको प्रेम र मोटरसाइकल दुर्घटनामा उनको मृत्युले उनको सुन्दर संसार तहसनहस पार्यो । उनी घरबाट बाहिर ननिस्कने, चिन्तामा हराइरहने बानीमा पुगिन् — एक प्रकारले मानसिक रोगीको अवस्थामा पुगिन् । सासूआमाको माया र साथले मात्र उनी त्यस अवस्थाबाट बाहिर निस्किन् ।

शान्तमाया अनपढ विधवा महिला थिइन् । श्रीमान् गुमाएपछि उनले घरेलु कामदारका रूपमा काम खोज्दै हिँड्नुपर्यो । बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म अरूको घरमा काम गर्नुपर्ने, समाजको सङ्कुचित दृष्टिकोण सहनुपर्ने अवस्था थियो । तर उनले हिम्मत हारिनन् — इमानदारीसाथ काम गरिन्, दोस्रो बिहे गरिन् र वैवाहिक सुखको अनुभव गरिन् । दुवै पात्रको सङ्घर्षले एकल महिलाले समाजमा भोग्नुपर्ने पीडा र उनीहरूको धैर्य देखाउँछ ।

१४

‘आयाम’ कथाले नेपाली समाजको कस्तो विषयवस्तु उठान गरेको छ ? तपाईंलाई त्यो कस्तो लाग्यो, चर्चा गर्नुहोस् ।

नमुना उत्तर — आफ्नो विचार लेख्नुहोस्

कथाले नेपाली समाजमा एकल महिला (विधवा) ले भोग्नुपर्ने समस्या, समाजको सङ्कुचित दृष्टिकोण, पितृसत्तात्मक मूल्यमान्यता र रुढीवादी परम्पराको विषयवस्तु उठान गरेको छ । साथै सासू-बुहारीको सम्बन्ध माया र विश्वासले आमा-छोरीको सम्बन्ध बन्न सक्छ भन्ने सकारात्मक सन्देश पनि दिएको छ । मलाई यो विषयवस्तु मन पर्यो, किनभने यसले समाजको यथार्थ देखाउँदै महिलाको धैर्य र मातृत्वको महत्त्व उजागर गरेको छ ।

१५

दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) बालसाहित्यको विषयवस्तु छनोट गर्दा के के कुरामा ध्यान दिनुपर्छ ? (ख) कस्ता विषयले बालबालिकामा कौतुहलता सिर्जना गर्छ ? (ग) बालसाहित्यको आवश्यकता किन पर्छ ? (घ) बालसाहित्यका विशेषता के के हुन् ?

(क) बालसाहित्यको विषयवस्तु छनोट गर्दा बालकको उमेर, रुचि, आवश्यकता र मनोविज्ञान आदिलाई विशेष ध्यान दिनुपर्छ ।

(ख) बालबालिकामा घुमफिर, खेलकुद, संस्कृति, सहयोग, मायाममता, मेलमिलाप, सम्मान, पुरस्कारका प्रसङ्ग समेटिएका विषय तथा घटनाले कौतुहल सिर्जना गर्छ ।

(ग) बालसाहित्यले बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न, आत्मविश्वासको भावना बढाउन, राष्ट्रप्रेमको भावना जागृत गराउन मदत गर्छ । यसले विविध कला, संस्कृति, परम्परामा रहेका विशिष्ट मूल्यमान्यता तथा लोकसंस्कृतिको हस्तान्तरण गर्न र शब्दभण्डार तथा भाषिक क्षमताको अभिवृद्धि गर्न सहयोग गर्छ । त्यसैले बालसाहित्यको आवश्यकता पर्छ ।

(घ) बालसाहित्यका विशेषता : बालपरिवेशका घटनाका रोचक प्रस्तुतिले बालबालिकालाई आफ्नै जीवन तथा क्रियाकलाप पढे जस्तो अनुभूति गराउँछ र मनोरञ्जन प्रदान गर्छ; विभिन्न विषयक्षेत्रसँग सम्बन्धित तथ्य समावेश भएका रचनाले बाल जिज्ञासाको समाधान गर्न सक्छ; यसले सूचनाको ज्ञान तथा सिर्जन सिपको प्रवर्धन गर्दै बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न मदत गर्छ ।

भाषिक संरचना र वर्णविन्यास

१६

वाक्य संश्लेषण र विश्लेषण : (क) अनुच्छेदको पहिलो वाक्यबाट दुईओटा वाक्य बनाउनुहोस् । (ख) अनुच्छेदको दोस्रो र तेस्रो वाक्य मिलाई एउटै वाक्य बनाउनुहोस् । (ग) ‘आयाम’ कथाको ‘त्यो दिन … थियो’ अनुच्छेदबाट चारओटा सरल वाक्य टिपी तिनलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् । (घ) दिइएको कथांशबाट लेख्य चिह्न टिपी तिनको नाम लेख्नुहोस् ।

(क) धेरै सरल वाक्य जोडिन्छन् । सरल वाक्य जोड्दा वाक्य संश्लेषण हुन्छ ।

(ख) वाक्य विश्लेषण गर्दा जोडिएर संश्लेषण भएका वाक्यलाई टुक्र्याइन्छ ।

(ग) सरल वाक्यहरू : त्यो दिन मेरो जीवनको सबैभन्दा भयानक दिन थियो । मेरो सुन्दर संसार तहसनहस पार्यो । कमल कार्यालयबाट फर्कंदा भएको त्यो मोटरसाइकल दुर्घटना । उफ् ! ऊसँग मैले छोटो समय व्यतीत गरेँ ।

संश्लेषण : कमल, जोसँग मैले छोटो समय व्यतीत गरेँ, ऊ कार्यालयबाट फर्कंदा भएको मोटरसाइकल दुर्घटना जुन मेरो जीवनको सबैभन्दा भयानक दिन थियो, त्यसले मेरो सुन्दर संसार तहसनहस पार्यो ।

(घ) लेख्य चिह्न : उद्धरण (“ ”), प्रश्नवाचक (?), पूर्णविराम (।), अल्पविराम (,) ।

१७

सुनाइ पाठ १६ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् : (क) शैली भनेको के हो ? (ख) शैली कस्तो तत्त्व हो ? (ग) शैलीका दुई प्रकार के के हुन् ? (घ) शैलीको जन्म कसरी हुन्छ ?

(क) विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति, काम गराइको ढाँचा, परिपाटी, छाँटकाँट आदिलाई नै शैली भनिन्छ ।

(ख) सामान्य भाषालाई विचलन गरी विशिष्टता प्रदान गर्ने क्षमता भएको शैली भाषाको सौन्दर्यबोधक तत्त्व हो ।

(ग) शैलीका दुई प्रकार सरल र अलङ्कृत हुन् ।

(घ) बोलचालको सामान्य भाषामा विचलन भई बनेको विचलित अभिव्यक्ति नै रचनाको शैली बनेको हुन्छ । भाषाको स्वाभाविक सुन्दरता, सशक्तता, साहित्यिक उच्चता र लेखकको योग्यताबाट शैलीको जन्म हुन्छ ।

स्रोत : नेपाली, कक्षा १० — पाठ्यपुस्तक (पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार, प्रथम संस्करण २०८०), पाठ १६ — आयाम (कथा, बीना थेङ)

Frequently asked questions

What is आयाम about?

This chapter focuses on the story 'Ayam' by Beena Theeng, exploring themes of motherhood, women's struggles, second marriage, and societal perspectives. It includes comprehensive exercises on vocabulary matching, idioms, grammar, sentence synthesis, and textual comprehension.

Which topics are covered in आयाम?

Class 10 Nepali “आयाम” covers: आयाम कथाको परिचय र सारांश; शब्दको अर्थ र वाक्य गठन; उखान र टुक्काको प्रयोग; समावेशक र समावेश्य शब्द; तामाङ भाषाका शब्दको मानक रूप; पात्रहरूको चारित्रिक विशेषता; वाक्य संश्लेषण र विश्लेषण.

What should I focus on in आयाम for the exam?

Students should focus on the central theme of 'Ayam', character analysis of Yangji and Shantamaya, vocabulary, and grammar exercises like sentence synthesis.

What are the key formulas or definitions in आयाम?

अपवाद - नियमसँग नमिल्ने; क्षोभ - आपत्तिजनक व्यवहार आदिबाट उत्पन्न हुने व्याकुलतासहितको रिस; लवज - बोली; बडेमा - अति ठुलो; शैली - विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति.

Where can I read the Class 10 Nepali “आयाम” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for आयाम. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install