Sikshya Plus Get appGet the app free
Class 10 · Nepali

चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा – Class 10 Nepali Notes and Solutions

Complete solutions and answers for “चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा”, a chapter in Class 10 Nepali (SEE exam preparation). This page covers आयुर्वेद चिकित्सा पद्धति and आधुनिक चिकित्सा पद्धति.

  • Free, no login needed
  • 8 min read
  • Updated 18 November 2026

Chapter at a glance

This chapter covers the basics of medical science and Ayurvedic treatment, including their history, principles, and applications. It also discusses the importance of healthy eating habits and the role of Ayurveda in preventing and curing diseases. The chapter highlights the differences between modern medical science and Ayurvedic treatment, and how they can be used together to achieve better health outcomes.

  • Medical Science
  • Ayurvedic Treatment
  • Healthy Eating Habits
  • Disease Prevention
  • Ayurvedic Principles

Exam focus: Students should focus on understanding the principles of Ayurvedic treatment and its applications in preventing and curing diseases, as well as the importance of healthy eating habits.

Key formulas and definitions

  • None

Solutions and answers

📖 शब्दभण्डार
प्रश्न १. दिइएका अर्थ आउने शब्द 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धबाट खोजेर लेख्नुहोस् :
  • (क) स्नायुसम्बन्धी रोग → पक्षाघात
  • (ख) बात, पित्त र कफसम्बन्धी दोष → त्रिदोष
  • (ग) चिरफारका पद्धतिले गरिने रोगको उपचार → शल्यक्रिया
  • (घ) हानि वा घात पुऱ्याउने → घातक
  • (ङ) प्रतिरोधका लागि तयार पारिएको → प्रतिरोधात्मक
प्रश्न २. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्दअर्थ
प्रादुर्भावकुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव
अत्युक्तिबढाइचढाइ गरिने वर्णन वा कथन
अद्यावधिकआजसम्मको अवस्था, विगतदेखि हालसम्म
त्रिदोषशरीरमा हुने बात, पित्त र कफको प्रकोपबाट हुने रोग
निषेधप्रतिबन्ध वा रोक लगाउने काम
अधीरताधैर्य नभएको अवस्था, अस्थिर
प्रश्न ३. चिकित्सा क्षेत्रमा प्रयोग हुने पारिभाषिक शब्दहरूको अर्थ लेख्नुहोस् :
  • आयुर्वेद : पौर्वात्य दृष्टिकोणबाट पाँचौँ वेद मानिने, रोग पहिचानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरेर वा शल्यक्रिया आदिका उपायद्वारा चिकित्सा गरिने प्राचीन चिकित्सा शास्त्र।
  • एलोप्याथिक : पाश्चात्य आधुनिक चिकित्सा पद्धति, डाक्टरी उपचार चिकित्सा पद्धति।
  • वैकल्पिक चिकित्सा : विकल्पमा आउने इलाज वा उपचार।
  • होमियोप्याथिक चिकित्सा : होमियोप्याथीसम्बन्धी उपचार।
  • शल्यक्रिया : चिरफारद्वारा शारीरिक उपचार गरी ठिक पार्ने काम।
  • पक्षाघात : शरीरको दायाँ वा बायाँ अङ्ग चेतनहीन हुने एक किसिमको वातरोग।
  • आकस्मिक उपचार : अकस्मात् भएको दुर्घटना वा रोगमा गरिने इलाज।
  • निर्मूलीकरण : निर्मूल पार्ने काम, उन्मूलन।
प्रश्न ४. निबन्धमा प्रयोग भएका पाँचओटा पारिभाषिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् :
  • हृदयाघात : हृदयाघातका कारण बर्सेनि हजारौं मान्छेको ज्यान जाने गर्छ।
  • वैद्य : आयुर्वेद चिकित्सा विधिको ज्ञातालाई वैद्य भनिन्छ।
  • उपचारात्मक : रोग लागेपछि उपचारात्मक पद्धति अपनाउनु आवश्यक छ।
  • मनो चिकित्सा : मानसिक रोग निदानका लागि मनो चिकित्सा आवश्यक पर्छ।
  • चिकित्सा : चिकित्साबाट धेरै मानिसको रोगको उपचार भएको छ।
💡 बोध र अभिव्यक्ति
प्रश्न ४(क). चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध कति अनुच्छेदमा संरचित छ ?
चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध १२ अनुच्छेदमा संरचित छ।
प्रश्न ४(ख). वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो र लामो अनुच्छेद कुन हो ?
वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो अन्तिम र सबैभन्दा लामो तेस्रो अनुच्छेद हो।
प्रश्न ४(ग). निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु कुन अनुच्छेदमा रहेको छ ?
निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु पाँचौं अनुच्छेदमा रहेको छ।
प्रश्न ४(घ). निबन्धको अन्तिम अनुच्छेदको आशय के हो ?
निबन्धको अन्तिम अनुच्छेदको आशय — निरोगी र सुखी जीवन बाँच्नु छ भने आयुर्वेद चिकित्सा पद्धतिको प्रयोग गर्नुपर्छ भन्ने हो।
प्रश्न ५(क). निबन्धांशमा चिकित्सा विज्ञानका कुन कुन शाखाको चर्चा गरिएको छ ?
निबन्धांशमा चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक शाखाको चर्चा गरिएको छ।
प्रश्न ५(ख). प्रवर्धनात्मक उपचार पद्धति कस्तो हुन्छ ?
पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय सरसफाई कार्यक्रम जस्ता सेवाबाट उपचार गरिने पद्धति प्रवर्धनात्मक उपचार पद्धति हो।
प्रश्न ५(ग). उपचारात्मक स्वास्थ्य सेवामा कुन कुन पद्धति पर्छन् ?
उपचारात्मक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा, आयुर्वेद चिकित्सा, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा पद्धति पर्छन्।
प्रश्न ५(घ). तपाईंलाई कुन उपचार पद्धति मन पर्छ, किन ?
रोग नियन्त्रणका लागि रोग लाग्नुपूर्व नै स्वास्थ्य सेवा प्रदान गरिने भएकोले मलाई निरोधात्मक उपचार पद्धति मन पर्छ।
✍️ विस्तृत प्रश्नोत्तर
प्रश्न ६(क). वर्तमान चिकित्सा विज्ञानका बारेमा वर्णन गर्नुहोस् ।
एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ। यसलाई आधुनिक चिकित्सा विज्ञानको अर्थात् डाक्टरी उपचारका रूपमा समेत हेरिएको छ। एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ।

विशेषताहरू:
  • छिटो सन्चो हुनु, विशेषज्ञ डाक्टर र औषधी सजिलै उपलब्ध हुनु।
  • आपतकालीन अवस्थामा धेरै प्रभावकारी साबित हुनु।
  • शल्यक्रियाबाट गम्भीर रोग निको हुनु।
  • प्रविधि र उपकरण समय समयमा अद्यावधिक गरिनु।
  • ठुलो रोग लाग्नुअघि नै त्यसलाई रोक्न खोपको व्यवस्था हुनु।
प्रश्न ६(ख). किन आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ ?
आयुर्वेद चिकित्साका धेरै सकारात्मक पक्ष भएकाले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ।
  • शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ।
  • बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई ध्यानमा राखेर उपचार गरिन्छ।
  • जडीबुटी नेपालमै पाइनु, रोगको लक्षणका आधारमा उपचार गरिनु, चिरफार कम हुनु।
  • रोगको नियन्त्रण मात्र नभई निर्मूल गरिनु।
  • औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु।
प्रश्न ६(ग). उपचारात्मक स्वास्थ्य सेवाअन्तर्गत कस्ता उपचारात्मक पद्धति पर्छन् ?
रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई उपचारात्मक स्वास्थ्य सेवा भनिन्छ। यसमा आधुनिक चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा पद्धति, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा जस्ता अनेकौं उपचार पद्धति रहेका छन्।
प्रश्न ६(घ). आयुर्वेद चिकित्सा पद्धति र आधुनिक चिकित्सा पद्धतिका मुख्य फरक के के हुन् ?

आयुर्वेद चिकित्सा पद्धति

  • शरीरको शुद्धीकरण र रोग प्रतिरोधात्मक क्षमता बढाउने।
  • जडीबुटी प्रयोग हुन्छ — प्राकृतिक उपचार पद्धति।
  • उपकरणको आवश्यकता नपर्ने, औषधीको नकारात्मक प्रभाव कम।
  • स्वस्थ व्यक्तिले पनि प्रयोग गर्न सक्ने।
  • उपचार अवधि लामो भए पनि रोग फेरि बल्झने सम्भावना कम।

आधुनिक चिकित्सा पद्धति

  • रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ।
  • आधुनिक औषधी, खोप, स्लाइन आदिको प्रयोग हुन्छ।
  • छिटो सन्चो हुने, तर खर्चिलो।
  • गम्भीर र आकस्मिक उपचारका लागि महत्त्वपूर्ण।
  • औषधीको नकारात्मक असर देखा पर्न सक्छ।
🔍 व्याख्या
प्रश्न ७(क). "आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो।" — व्याख्या गर्नुहोस् ।
आयुर्वेद उपचार पद्धति शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उपयोग गरिन्छ। रोगको नियन्त्रण मात्र नभई निर्मूल गरिनु, उपचारका विभिन्न उपकरणको आवश्यकता नपर्नु, औषधीको नकारात्मक प्रभाव कम हुनु र कम खर्चिलो हुनु यस उपचार पद्धतिका विशेषता हुन्।

आयुर्वेद विश्वकै प्राचीन चिकित्साशास्त्र हो। यो अथर्ववेदमा उल्लेख छ। आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ। ब्रह्मालाई आयुर्वेद ज्ञानका मुख्य स्रोत मानिन्छ। धनवन्तरीलाई आयुर्वेदका सुरुवातकर्ता मानिन्छ।

रामायण, महाभारतमा पनि आयुर्वेद उपचारको प्रसङ्ग भेटिन्छ। आधुनिक चिकित्सा पद्धतिको सुरुआत अठारौं शताब्दीपछि मात्र भएको मानिन्छ। त्योभन्दा पहिला आयुर्वेदिक चिकित्साकै प्रयोग हुँदै आएको थियो। यसबाट स्पष्ट हुन्छ कि आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो।
प्रश्न ७(ख). "आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ।" — व्याख्या गर्नुहोस् ।
आयुर्वेदिक उपचार पद्धतिमा जडीबुटी प्रयोग हुन्छ। नेपाल आफैँमा जडीबुटीको विशाल भण्डार हो। हिमाल, पहाड र तराईमा जैविक विविधताका कारण विविध गुण भएका जडीबुटी उपलब्ध छन्।

रामायणमा वर्णन भएअनुसार युद्धमा लक्ष्मण पाइते हुँदा सञ्जीवनी बुटी लिन नेपालको हिमालय क्षेत्रमा पठाइएको प्रसङ्ग पनि स्मरणीय छ। विशेषगरी तुलसी, सर्पगन्धा, जटामसी, पदमचाल, गुर्जो, पाँचऔंले, बोझो, निम, दालचिनी, अमला, हर्रो, बर्रो जस्ता जडीबुटीले जरादेखि पातसम्म, फूलदेखि फलसम्म हामीलाई लाभ दिन्छन्।

नेपालमा बहुमूल्य र दुर्लभ यार्सागुम्बा पनि पाइन्छ। डोल्पा, जुम्ला, मुगु, हुम्ला, मुस्ताङ, दार्चुला, बझाङ, रसुवा, रुकुमलगायतका जिल्लामा प्रशस्त जडीबुटी पाइन्छन्। यसबाट पुष्टि हुन्छ कि आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ।
📝 समीक्षा र पुष्टि
प्रश्न ८. आधुनिक चिकित्सा पद्धतिका सकारात्मक र नकारात्मक पक्षबारे समीक्षा गर्नुहोस् ।
'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' वस्तुपरक निबन्ध हो। यसमा मानव स्वास्थ्य उपचारका विभिन्न पद्धतिको उल्लेख गर्दै आयुर्वेद चिकित्साको महत्त्व र आवश्यकतालाई समावेश गरिएको छ।

✅ सकारात्मक पक्षहरू:
  • छिटो सन्चो हुनु, विशेषज्ञ डाक्टर र औषधी सजिलै उपलब्ध हुनु।
  • आपतकालीन अवस्थामा धेरै प्रभावकारी साबित हुनु।
  • शल्यक्रियाबाट गम्भीर रोग निको हुनु।
  • प्रविधि र उपकरण समय समयमा अद्यावधिक गरिनु।
  • खोपहरूद्वारा धेरै रोगहरूको उपचारमा ठूलो प्रगति।
  • मानिसहरूको औसत आयु बढेको छ।

❌ नकारात्मक पक्षहरू:
  • आधुनिक औषधी र स्वास्थ्य सेवाको लागत प्रायः अत्यधिक हुन्छ — विपन्न मानिसहरूको पहुँचभन्दा बाहिर।
  • औषधीले साइड इफेक्टहरू निम्त्याउन सक्छ।
  • समस्याको मूल कारणलाई सम्बोधन गर्नुको सट्टा लक्षणहरूको उपचारमा मात्र केन्द्रित।
  • एन्टिबायोटिक र अन्य औषधीहरूको अत्यधिक प्रयोगले प्रतिरोधी क्षमतालाई कम गर्दै छ।
  • दक्ष जनशक्तिको अभाव हुनु।
  • औषधीको दुरुपयोग हुँदा घातक हुनु।

यति हुँदाहुँदै पनि गम्भीर प्रकृति र आकस्मिक उपचार गर्नुपर्ने बिरामी आधुनिक चिकित्सा पद्धतिको भर नपरी सुखे छैन।
प्रश्न ९. रोग नियन्त्रण गर्न र पार्श्वप्रभावबाट बचाउन आयुर्वेदिक चिकित्सा पद्धति प्रभावकारी मानिन्छ, पुष्टि गर्नुहोस् ।
आयुर्वेदिक चिकित्सा पद्धति मूलत: जीवनको ज्ञानसँग सम्बन्धित उपचार पद्धति हो। यसलाई पूर्वीय वैदिक एवम् प्राच्य सभ्यताको अभूतपूर्व उपहारका रूपमा लिने गरिन्छ।

  • आयुर्वेद चिकित्सा पद्धतिमा उपचारका आठओटा शाखा रहेका छन्।
  • बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ।
  • आहार, विहार र आचार संहितामार्फत रोगले आक्रमण नगरोस् भनी प्रतिरोधी औषधी र आहारमा जोड दिइन्छ।
  • रोगीको मन र शारीरिक प्रकृतिअनुसार उपचार गरिन्छ।
  • औषधी जडीबुटीबाट निर्माण गरिने भएकाले नकारात्मक प्रभाव न्यून हुन्छ।

यसप्रकार रोग नियन्त्रणका साथसाथै रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने अनि कुनै पनि किसिमको पार्श्वप्रभावबाट बचाउने प्रयास गर्नु आयुर्वेदिक चिकित्सा पद्धतिको विशिष्ट पक्ष हो।
📄 अनुच्छेद लेखन र सारांश
प्रश्न १०. 'स्वस्थ खानपान' शीर्षकमा एउटा वस्तुपरक अनुच्छेद तयार गर्नुहोस् ।
स्वस्थ खानपान

स्वास्थ्य जीवनको पहिलो धन हो। स्वस्थ र दीर्घ जीवनको आधार भनेको स्वस्थ खानपान हो। नियमित र स्वास्थ्यवर्धक भोजनले रोगमुक्त रहन सकिन्छ भने अनियमित र अस्वस्थ खानपानले मधुमेह, हृदयाघात, मोटोपना, उच्च रक्तचाप जस्ता रोगहरू निम्त्याउने गर्दछ। भनिन्छ, खान नपाएर भन्दा खान नजानेर मर्नेको सङ्ख्या धेरै रहेको छ।

पूर्वीय दर्शनले पनि स्वस्थ जीवनका लागि स्वस्थ खानपानमा जोड दिएको छ। सर्वश्रेष्ठ आहार भनेका ऋताहार, हिताहार र मिताहार हुन्। आजभोलि बढी मात्रामा माछामासु, तारेका, मसलेदार र बजारिया खाना खाने प्रवृत्ति बढ्दो छ। क्षारप्रधान खानाहरू बढी स्वस्थ मानिन्छ — मौसमी तरकारी, फलफूल, गेडागुडीहरू, मकै, गहुँ, जौ, कोदो, फापर, उवा जस्ता खाना पर्दछन्। तसर्थ स्वस्थ खानपिन स्वस्थ जीवनको पहिलो र अनिवार्य सर्त हो।
प्रश्न ११. निबन्धको पहिलो अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।
मुख्य चारओटा बुँदाहरू:
  • (क) मानिसका असावधानीका कारण रोगव्याधिले शरीरमा प्रवेश पाई खुसी लुटिने।
  • (ख) रोगव्याधि विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव हुनु।
  • (ग) चिकित्सा विज्ञानमा एलोप्याथिक चिकित्सा र आयुर्वेद चिकित्सा उपचार पद्धति बढी प्रयोगमा रहनु।
  • (घ) एलोप्याथिक पाश्चात्य विज्ञानको वरदान र आयुर्वेद पूर्वीय वैदिक सभ्यताको उपहार।

सारांश — चिकित्सा विज्ञानको पृष्ठभूमि:

मानिसका असावधानीका कारण रोगव्याधिले प्रवेश पाई खुसी लुटिन्छ। यसका विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव भएको हो। पाश्चात्य विज्ञानको वरदान एलोप्याथिक र पूर्वीय सभ्यताको उपहार आयुर्वेद बढी प्रयोगमा छन्।
🌾 कृषि बजारीकरण — अनुच्छेद प्रश्नोत्तर
प्रश्न १३(अ). कृषि उत्पादन कसरी उपभोक्तासम्म पुग्छ ?
कृषि उत्पादनलाई सकलकमार्फत् बजारसम्म पुर्याइन्छ। बजारमा पुगेका वस्तु उपभोक्ताले खरिद गरेर उपभोग गर्छन् र उत्पादन उपभोक्तासम्म पुग्छ।
प्रश्न १३(आ). अनुच्छेदमा सूचना प्रवाह र नाफासम्बन्धी कस्तो व्यवस्था उल्लेख भएको छ ?
अनुच्छेदमा सूचना प्रवाहको व्यवस्था सरकारले मिलाइदिने र नाफाका बारेमा सङ्कलकले वस्तु सङ्कलन गरेर बजारमा पठाउँदा सानो नाफाको अंश राखिदिने व्यवस्था भएको छ।
प्रश्न १३(इ). कृषि बजारीकरणको प्रक्रियाबारे लेख्नुहोस् ।
कृषि बजारीकरणमा उत्पादन भएका वस्तु सकलकमार्फत् भण्डारण गरिन्छ र बजारसम्म पुर्याइन्छ।
प्रश्न १३(ई). सरकारले कृषकलाई कुन कुरामा सहयोग गर्नुपर्छ ?
सरकारले कृषकलाई मल, सिंचाइ, बाटो, बजार र सञ्चारको उचित व्यवस्था मिलाउन सहयोग गर्नुपर्छ।
प्रश्न १३(ख) — भाषिक संरचना: उप, सम्, उत् उपसर्ग लागेका शब्द खोज्नुहोस् ।
  • उप → उपभोक्ता
  • सम् → सङ्गठन
  • उत् → उत्पादन
प्रश्न १३(आ). अनुच्छेदबाट दुईओटा कृदन्त शब्द पहिचान गरी लेख्नुहोस् ।
गर्नाले, गरेर

Frequently asked questions

What is चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा about?

This chapter covers the basics of medical science and Ayurvedic treatment, including their history, principles, and applications. It also discusses the importance of healthy eating habits and the role of Ayurveda in preventing and curing diseases. The chapter highlights the differences between modern medical science and Ayurvedic treatment, and how they can be used together to achieve better health outcomes.

Which topics are covered in चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा?

Class 10 Nepali “चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा” covers: Medical Science; Ayurvedic Treatment; Healthy Eating Habits; Disease Prevention; Ayurvedic Principles.

What should I focus on in चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा for the exam?

Students should focus on understanding the principles of Ayurvedic treatment and its applications in preventing and curing diseases, as well as the importance of healthy eating habits.

What are the key formulas or definitions in चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा?

None.

Where can I read the Class 10 Nepali “चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install