Sikshya Plus Get appGet the app free
Class 10 · Nepali

लक्ष्मीप्रसाद देवकोटा – Class 10 Nepali Notes and Solutions

Complete solutions and answers for “लक्ष्मीप्रसाद देवकोटा”, a chapter in Class 10 Nepali (SEE exam preparation).

  • Free, no login needed
  • 16 min read
  • Updated 18 November 2026

Chapter at a glance

This chapter is centered around the life, literary contributions, and biography of the great Nepali poet Laxmi Prasad Devkota. It includes various language exercises such as vocabulary matching, expanding abbreviations, sentence making, reading comprehension, and writing personal profiles and book reviews.

  • लक्ष्मीप्रसाद देवकोटाको जीवनी
  • शब्दभण्डार र वाक्य गठन
  • सङ्क्षिप्त शब्दका पूरा रूप
  • बोध र अभिव्यक्ति
  • साहित्यिक योगदानको समीक्षा

Exam focus: Students should focus on the biography of Laxmi Prasad Devkota, his literary contributions, and language exercises like expanding abbreviations and writing personal profiles for exams.

Key formulas and definitions

  • सिङ्गो शब्दको वाक्यमा प्रयोग गर्ने तरिका
  • जीवनीका आधारमा घटना र सालको तालिकरण
  • व्यक्तिवृत्त (Bio-data) तयार पार्ने ढाँचा
  • पाठक प्रतिक्रिया र समीक्षा लेखन

Solutions and answers

Sikshya Plus (शिक्षा प्लस)
तपाईंको डिजिटल सिकाइको सहयात्री
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द सही अर्थ
युगपुरुषकुनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति
नक्षत्रज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक (वा आकाशका ताराहरू)
जीवनशरीरमा प्राण रहेसम्मको अवस्था
धडाधडचाँडो चाँडो काम सिध्याउने गरी सरासर, धमाधम
म्याट्रिकुलेसनहालको एसइई (SEE) सरहको परीक्षा
प्रज्वलितएकदम बलेको, दन्केको
परिबेष्टितचारैतिरबाट घेरिएको
२. अनुच्छेदमा रेखाङ्कन गरिएका सङ्क्षिप्त शब्दका पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस् :

पुनर्लिखित अनुच्छेद:

राष्ट्रिय समाचार समितिका पत्रकार मोहन प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर घर गए। उनकी श्रीमती रमा जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिइन् । विद्यालय व्यवस्थापन समितिको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दावासँग र प्रमुख जिल्ला अधिकारी रमेशसँग रमाको भेट भएछ । उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोरखापत्रमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।

३. दिइएको अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः
  • प्राध्यापक (प्रा) : मेरो विश्वविद्यालयमा प्राध्यापक बनेर शिक्षण गर्ने लक्ष्य छ।
  • नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान : मेरो मामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे हुनुहुन्थ्यो ।
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) : म स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयमा पढ्ने छु ।
४. दिइएका पद पदावलीलाई आशय खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
  • पठनपाठन : विद्यालयमा भौतिक पूर्वाधारको विकास भएसँगै पठनपाठन सुरु भएको छ।
  • देहावसान हुनु : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ५० वर्षको अल्पायु उमेरमा देहावसान भएको थियो।
  • मन्त्रमुग्ध पार्नु : कृष्णले मधुर स्वरमा बाँसुरी बजाएर गोपिनीहरू लगायत सबैलाई मन्त्रमुग्ध पारे ।
  • स्वर्णकाल : सुख र चिन्तामुक्त हुने भएकाले धेरै मान्छेहरु बाल्यकाललाई नै जीवनको स्वर्णकाल मान्छन्।
  • भुलभुलैया : कसै-कसैको विचारमा प्रेम भन्ने कुरा पनि दुई दिनको भुलभुलैया मात्र रहेछ ।
  • नवजात शिशु : नवजात शिशुलाई उचित मानसिक तथा शारीरिक विकासका लागि विशेष प्रकारको राम्रो स्याहार चाहिन्छ ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

(शिक्षकको निर्देशनअनुसार पाठमा दिइएका शब्दहरूको शुद्ध र स्पष्ट उच्चारण अभ्यास गर्नुहोस् ।)

२. लक्ष्मीप्रसाद देवकोटा जीवनी पालैपालो सस्वरवाचन गर्नुहोस् ।

(कक्षाकोठामा साथीहरूबीच पालैपालो हाउभाउ र उचित यति, गति मिलाई सस्वरवाचन अभ्यास गर्नुहोस् ।)

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) "लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन कुन अनुच्छेदमा गरिएको छ ?
नेपाली साहित्यका उज्ज्वल नक्षत्र 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको सुन्दर वर्णन दोस्रो अनुच्छेदमा गरिएको छ ।


(ख) जीवनीको अन्तिम अनुच्छेदको वाक्य कुन हो ?
जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य “उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन्" हो।


(ग) जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन कुन सन्दर्भपछि आएको छ ?
देवकोटाको जीवनका कठिन क्षणको वर्णन उनको विभिन्न साहित्यिक विधामा रहेको संलग्नता र देशको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको सन्दर्भपछि आएको छ।


(घ) देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको कतिऔँ अनुच्छेदमा छ ?
देवकोटाका अमूल्य कालजयी कृतिसम्बन्धी विस्तृत वर्णन जीवनीको छैटौँ अनुच्छेदमा छ ।

४. दिइएको अनुच्छेद मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) देवकोटाको निबन्ध सङ्ग्रहको नाम के हो ?
देवकोटाका उत्कृष्ट निबन्धहरू सङ्कलित निबन्ध सङ्ग्रहको नाम “लक्ष्मी निबन्ध सङ्ग्रह" र 'दाडिमको रुखनेर' हो ।


(ख) देवकोटा प्रसिद्ध महाकाव्य कुन कुन हुन् ?
देवकोटाद्वारा रचित प्रसिद्ध नेपाली महाकाव्यहरू 'शाकुन्तल”, “सुलोचना', 'महाराणा प्रताप' र 'प्रमिथस' आदि हुन् ।


(ग) देवकोटाले कुन कृतिमार्फत् लोकभाकालाई शिखरमा पुर्याए ?
देवकोटाले आफ्नो अत्यन्तै लोकप्रिय खण्डकाव्य “मुनामदन' मार्फत् ओझेलमा परेको झ्याउरे लोकभाकालाई साहित्यको सर्वोच्च शिखरमा पुर्याए ।


(घ) देवकोटा किन सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन् ?
देवकोटाले आफ्नो छोटो जीवन अवधिमा पनि नेपाली साहित्यलाई समृद्धि प्रदान गर्न प्रशस्त र अत्यन्तै गहकिला कविता, खण्डकाव्य, महाकाव्य, नाटक र निबन्ध आदि व्यापक रूपमा रचना गरेकाले उनी नेपाली साहित्यमा सर्वोत्कृष्ट साहित्यकार तथा कविका रूपमा प्रख्यात छन् ।

५. दिइएका घटना सन्दर्भ कुन कुन सालमा भएका हुन्, जीवनीका आधारमा लेख्नुहोस् :
घटना सन्दर्भ विक्रम संवत् (वि.सं.)
(क) लक्ष्मीप्रसाद देवकोटाको जन्मवि.सं. १९६६ (कार्तिक कृष्ण औँसी, लक्ष्मीपूजाका दिन)
(ख) मनदेवी चालिसेसँग विवाहवि.सं. १९८१
(ग) म्याट्रिकुलेसन परीक्षा उत्तीर्णवि.सं. १९८२
(घ) आइएस्सी (I.Sc.) परीक्षा उत्तीर्णवि.सं. १९८५
(ङ) अङ्ग्रेजी पढ्न दरबार हाइस्कुलमा भर्नावि.सं. १९७७
(च) अफ्रो-एसियाली लेखक सम्मेलनमा सहभागीवि.सं. २०१५
(छ) डा. के.आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्रीमा नियुक्तवि.सं. २०१३
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए, उनको जीवनीका आधारमा लेख्नुहोस् ।

उत्तरः महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो व्यक्तिगत जीवनमा चरम पारिवारिक, मानसिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा ठुला-ठुला समस्या तथा उतारचढाव भोग्नुपर्‍यो। देवकोटाले बैँस उमेरमै अर्थात् २५-२६ वर्षको उमेरमा आफ्ना पूजनीय बुबा, आमा र प्यारी छोरीलाई एकैसाथ गुमाउनु पर्दा ठुलो पारिवारिक वियोग खेपे । यसै वियोगका कारण विक्षिप्त बनेका उनले जीवनमा 'पागल' को संज्ञा र अपमान पनि खेप्नुपर्‍यो । जीवनको उत्तरार्धमा देवकोटालाई निको नहुने क्यान्सर रोगले सतायो । एकातिर क्यान्सरको सहनै नसकिने असह्य शारीरिक पीडा र अर्कातिर उपचारका लागि आवश्यक आर्थिक सङ्कटले देवकोटालाई नराम्ररी प्रताडित गर्‍यो । लक्ष्मीपूजाका दिन जन्मेका हुनाले नाम लक्ष्मीप्रसाद राखिए तापनि जीवनभर उनलाई धनकी देवी लक्ष्मीले उपेक्षा गरिरहिन् र उनी सधैँ ऋणको भारमा दबिए। यसरी उनको भौतिक जीवन अनेकौँ दुःख, अभाव र कष्टकर उतारचढावले भरिएको देखिन्छ ।


(ख) देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस् ।

उत्तरः नेपालको प्राकृतिक सौन्दर्य, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुको गहिराइदेखि नै माया गर्दै उत्कृष्ट साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका सच्चा देशप्रेमी युगपुरुष हुन् । उनी गम्भीर बिरामी भएर भारतमा उपचार गराइरहँदा पनि विदेशमा बसेर मर्नु भन्दा आफ्नै मातृभूमिमा फर्केर देश र जनताको सक्दो सेवा गर्ने दृढ विचार बोकी काठमाडौँ फर्किएका थिए । देवकोटाले साहित्यमा जे-जे लेखे र राज्यबाट जुन-जुन उच्च जिम्मेवारी पाए, ती सबैमा उनले सदैव राष्ट्र र राष्ट्रियताको हितमा काम गरेर नेपाली भाषा साहित्यलाई विश्वसामु गौरवमय ढङ्गले चिनाए ।

त्यसैगरी, उनको क्रान्तिकारी र विद्रोही चेतना राणाहरूको कठोर एवं निरङ्कुश शासन व्यवस्थामा पनि डगमगाएन। मुलुकमा जति बेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि अन्यायका विरुद्ध विद्रोहको बाटो समाते । उनी प्रजातान्त्रिक आन्दोलनमा प्रत्यक्ष संलग्न भए र बनारसबाट निस्किने 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध तिखो विद्रोहको वाणी फुके । जनतामा राजनीतिक चेतना फैलाउन पुस्तकालय खोल्ने प्रयास गर्दा उनी 'लाइब्रेरी पर्व' को कारबाहीमा समेत परेका थिए। यसरी देवकोटामा उच्च स्तरको देशप्रेम र क्रान्ति चेतना विद्यमान थियो।


(ग) देवकोटालाई आशुकविका रूपमा चिनाउनुहोस् ।

उत्तरः 'आशुकवि' भन्नाले कुनै पनि विषय वा परिस्थितिमाथि तत्काल, विना पूर्वतयारी द्रुत गतिमा उत्कृष्ट कविता रच्न सक्ने अद्वितीय प्रतिभा भएको कविलाई बुझिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका अद्वितीय आशुकवि हुन्। उनी सामान्य कुराकानी गर्दागर्दै पनि तुरुन्तै कविता लेख्न सक्थे र कहिलेकाहीँ त कवितैकवितामा संवाद गर्न सक्थे । उनको काव्यिक गति बिजुली जस्तै तीव्र थियो । उनले मात्र तीन महिनामा विशाल 'शाकुन्तल' महाकाव्य, केवल १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातको छोटो समयमा “कुञ्जिनी' जस्तो गम्भीर खण्डकाव्य लेखेर आफ्नो अद्भूत आशुकवित्वको परिचय दिएका थिए । उनी हिँड्दा-हिँड्दै, बस्दा-बस्दै धारा प्रवाह रूपमा उत्कृष्ट रचनाहरू सिर्जना गरिदिन्थे । कुनै पनि प्राकृतिक दृश्य वा घटनालाई तत्कालै विना संकोच कवितामय भाषामा उत्कृष्ट वर्णन गर्न सक्ने असाधारण क्षमता भएकै कारण देवकोटालाई आशुकविका रूपमा सम्मान गरिन्छ ।


(घ) लक्ष्मीप्रसाद देवकोटा' को जीवनीबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।

उत्तरः 'लक्ष्मीप्रसाद देवकोटा' को प्रेरणादायी जीवनीबाट हामीले मानव जीवन र कर्तव्यका बारेमा अनेकौँ सकारात्मक सन्देशहरू प्राप्त गर्न सक्छौँ। देवकोटा एक यस्ता बहुआयामिक अमूल्य मोती थिए जसले साहित्यको जुन क्षेत्रलाई स्पर्श गरे, त्यस क्षेत्रलाई चम्काइदिए । उनको जीवनीले हामीलाई जस्तोसुकै ठुलो पारिवारिक वियोग, चरम आर्थिक अभाव, शारीरिक रोग र प्रतिकूल राजनैतिक वा सामाजिक अवस्थामा पनि विचलित नभई आफ्नो महान् लक्ष्य र साधनाको मार्गमा निरन्तर अग्रसर हुनुपर्छ भन्ने बलियो सन्देश दिन्छ ।

यसका साथै, हामीले आफ्नो मातृभूमिलाई निस्वार्थ माया गर्नुपर्छ, समाज र राष्ट्रको समुन्नतिमा तल्लीन रहनुपर्छ र आफ्नो भाषा, संस्कृतिलाई विश्वसामु चिनाउन योगदान दिनुपर्छ भन्ने पाठ यस जीवनीले सिकाउँछ। हरेक मानिसले आफ्नो भित्री क्षमता र प्रतिभालाई समयमै चिनेर दृढ आत्मविश्वासका साथ अगाडि बढेमा मात्र सफलताको शिखर चुम्न सक्छ र समाजमा मानवताको भाव बोकेर अमर योगदान पुर्‍याउन सक्छ भन्ने नै यस जीवनीको मुख्य सन्देश हो ।

७. व्याख्या गर्नुहोस् :

(क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ?

उत्तरः
प्रस्तुत अत्यन्तै मार्मिक एवं विचारोत्तेजक गद्यांश हाम्रो कक्षा १२ को नेपाली पाठ्यपुस्तकमा समाविष्ट “लक्ष्मीप्रसाद देवकोटा” नामक जीवनी पाठबाट साभार गरिएको हो । यस अंशमार्फत जीवनीकारले महाकवि देवकोटाको असीम, अगाध र विद्रोही साहित्यिक प्रतिभालाई राणाहरूको कठोर एवं निरङ्कुश शासनले समेत दबाउन नसकेको वास्तविकतालाई सुन्दर रूपक अलंकार प्रयोग गरी प्रस्ट पारेका छन् ।

जतिबेला देवकोटाको कलमको जादुमय यात्रा सुरु भयो, त्यतिबेला नेपालमा राणाहरूको पारिवारिक, हुकुमी र निरङ्कुश शासन चलिरहेको थियो । नागरिकहरू स्वतन्त्र रूपमा बोल्न र खुलेर साहित्य सिर्जना गर्न नपाउने त्यो कालरात्रि जस्तो प्रतिकूल समयमा पनि देवकोटाको साहित्यिक व्यक्तित्व कहिल्यै ओइलाएन, बरु जहिलेसुकै फक्रिरह्यो र फुलिरह्यो । उनको विद्रोही कलम र स्वतन्त्र चेतना राणाहरूको साँघुरो सुरुङ जस्तो बन्देजभित्र सीमित रहन सकेन।

मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा प्रत्यक्ष संलग्न भए। उनले बनारसबाट प्रकाशित हुने “युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको सशक्त वाणी फुके । उनकै पालामा काठमाडौँमा पुस्तकालय खोली जनतामा राणाविरोधी चेतना फैलाउन खोज्दा राणाहरुद्वारा कठोर 'लाईब्रेरी पर्व' घटाइएको थियो, जसमा देवकोटा पनि दण्डित भएका थिए । यस्तो भयानक अवस्थामा पनि बिजुली वेगमा अनवरत साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन् ।

स्वच्छन्दतावादी कविको विशेषता बोकेका कवि देवकोटाले निरङ्कुश शासन व्यवस्था हुँदा पनि सदैव मानसिक रूपमा स्वच्छन्द र स्वतन्त्र बनेर सिर्जनामा लागिरहे । राणाहरुको धरपकड, डर, धम्की र त्रासका बाबजुद पनि यो तह र सङ्ख्यामा उत्कृष्ट साहित्य सिर्जना गर्नुले देवकोटाको प्रतिभा नरोकिएको स्पष्ट हुन्छ । अन्ततः जसरी महासागरको विशाल पानीको प्रवाहलाई एउटा साँघुरो सुरुङभित्र थुनेर राख्न सम्भव हुँदैन, त्यसरी नै राणाहरूको निरङ्कुशताभित्र देवकोटाको विराट् प्रतिभा सीमित रहन सकेन । उनको प्रतिभा देशको सीमा नाघेर विश्वभर फैलियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो भन्ने नै यस अंशको मूल आशय हो ।



(ख) हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।

उत्तरः
प्रस्तुत गरिमामय र दूरगामी दृष्टिकोण बोकेको गद्यांश हाम्रो पाठ्यपुस्तकको “लक्ष्मीप्रसाद देवकोटा” जीवनी पाठबाट उद्धृत गरिएको हो । वि.सं. २०१५ मा तत्कालीन सोभियत संघको तास्कन्दमा सम्पन्न भएको ऐतिहासिक “अफ्रिकी-एसियाली लेखक सम्मेलन' मा नेपालको तर्फबाट भाग लिँदा महाकवि देवकोटाले देश र नेपाली साहित्यको प्रतिनिधित्व गर्दै प्रस्तुत गर्नुभएको महत्त्वाकाङ्क्षी र गौरवशाली विचारलाई यहाँ प्रस्तुत गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक प्रतिभा देशभित्र मात्र सीमित नभई विश्वभर फैलिएको थियो । सो सम्मेलनमा उनले नेपाली भाषा साहित्य विश्वका अन्य विकसित साहित्य जत्तिकै समृद्ध छ र यो विश्व साहित्यसँगै हातेमालो गरेर अगाडि बढ्न सक्षम छ भन्ने बलियो आत्मविश्वास प्रस्तुत गरेका थिए। उनले संसारभरिका दिग्गज साहित्यकारहरूको हृदय हल्लाउने गरी अत्यन्तै सारगर्भित पाराले नेपाली साहित्यको महिमा गाएका थिए । भूगोलका दृष्टिले नेपाल हिमालको काखमा अवस्थित देश भए तापनि यहाँको सिर्जना र साहित्य संकुचित छैन। हाम्रो साहित्य केवल हिउँ र पर्वतशृङ्खलाको कन्दरा र भुलभुलैयाभित्र मात्र हराएर बिलाउने छैन, बरु यसले राष्ट्रिय दायरा तोडेर विश्व स्तरमा आफ्नो पहिचान बनाउने छ भन्ने उनको दृढ मत थियो ।

हाम्रो साहित्य पनि विश्वका अन्य महान् साहित्यिक प्रवाहमा सम्मिलित भएर एसिया तथा अफ्रिकालाई परिवेष्टित गर्ने साहित्यको असीम महासागरमा समाहित हुने र आफ्नो बलियो प्रभाव छोड्ने उनको आँकलन थियो । देवकोटाको यो अन्तर्राष्ट्रिय दृष्टिकोण र राष्ट्रिय आत्मविश्वास अतुलनीय एवं प्रशंसनीय छ । यस महासागरद्वारा सिञ्चित र परिष्कृत भएको नेपाली साहित्य पहिलेभन्दा अझ बढी सुन्दर, व्यापक र सम्पन्न बनेर ज्ञान र चेतनाको जलविन्दुका रूपमा फेरि हाम्रा पहाड र पाखाहरूमा नै बर्सनेछ भन्ने कुराबाट उनको नेपाली माटो र साहित्यप्रतिको अगाध प्रेम स्पष्ट रूपमा झल्किन्छ । वास्तवमा यस्तो युगद्रष्टा र अन्तर्राष्ट्रिय स्तरको व्यक्तित्व नेपाली साहित्यले पाउनु हाम्रा लागि गौरवको विषय हो भन्दै यस भनाइको सान्दर्भिकता पुष्टि गरिएको छ ।

८. लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।

उत्तरः
विराट् प्रतिभाशाली, असाधारण कल्पनाशिलताका धनी र महान् कवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ - २०१६) नेपाली साहित्यमा अतुलनीय र अविस्मरणीय योगदान दिने चिरस्मरणीय स्रष्टा हुन् । नेपालको रमणीय प्रकृति, नेपाली माटो, रैथाने नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै अजम्बरी साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका वास्तविक युगपुरुष हुन् । त्रिचन्द्र कलेजबाट बी.ए. सम्मको औपचारिक शिक्षा हासिल गरेका देवकोटाले आफ्नो जीवनको सम्पूर्ण समय बिजुलीको वेग जस्तै अनवरत रूपमा साहित्य रचनामा समर्पित गरे। उनले सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले सर्वाधिक उच्च स्तरका कृतिहरू रचना गरेर नेपाली साहित्यको भण्डारलाई समृद्ध तुल्याए ।

दरबार हाइस्कुलमा पढ्दा सानै उमेरदेखि नै कविता लेख्न सुरु गरेका देवकोटाले त्यसै बेला अंग्रेजी भाषामा उत्कृष्ट कविता लेखेर आफ्ना विदेशी शिक्षक र सहपाठी साथीहरूलाई चकित पारिदिएका थिए । छाँगो छङछङाएझैँ विना रोकावट बिजुली वेगमा कविता लेख्ने देवकोटा नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी धाराका प्रवर्तक र नायक हुन् । उनका 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप' र 'प्रमिथस' जस्ता विश्वस्तरका प्रसिद्ध महाकाव्यहरू नेपाली साहित्यका अमूल्य सम्पत्ति हुन् । उनले नेपाली जनजीवनमा भिजेको 'मुनामदन', 'कुञ्जिनी' र 'लुनी' जस्ता दर्जनौँ मर्मस्पर्शी खण्डकाव्यहरू लेखे । उनले 'यात्री', 'पागल' जस्ता नेपाली साहित्यकै सर्वश्रेष्ठ र दार्शनिक भावले भरिएका सयौँ कालजयी कविताहरू नेपाली जगत्‌लाई प्रदान गरे। कविताका अतिरिक्त उनले लेखेका असाध्यै वैचारिक र गहकिला निबन्धहरू 'लक्ष्मी निबन्ध सङ्ग्रह' र 'दाडिमको रुखनेर' मा सङ्कलित छन्, जसले नेपाली निबन्ध विधालाई नयाँ उचाइ दिएको छ । उनको 'सावित्री सत्यवान' नामक नाटक र 'चम्पा' नामक सामाजिक उपन्याससमेत प्रकाशित छन् ।

वास्तवमा उनले लगातार चार दशकसम्म साहित्यका विभिन्न विधामा दर्जनौँ साहित्यिक कृतिहरू रचना गरी नेपाली साहित्यलाई विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखरमा पुर्‍याए। उनको जादुमयी कलमको स्पर्शले ओझेलमा परेको र तल्लो स्तरको भनी उपेक्षा गरिएको लोकछन्द 'झ्याउरे' लाई 'मुनामदन' मार्फत् साहित्यको सर्वोच्च ओहोदामा स्थापित गराए। उनको काव्य सिर्जनाको गति कतिसम्म तीव्र थियो भने उनले मात्र तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य लेखेर आफ्नो अलौकिक 'आशुकवि' को पहिचान प्रमाणित गरे । साहित्य सेवाका साथै उनी त्रिचन्द्र कलेजका प्राध्यापक र वि.सं. २०१३ सालमा शिक्षामन्त्री समेत बनेका थिए। उनले आफ्नो कार्यकालमा नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापनाको खाका कोर्ने र शिक्षा क्षेत्रमा नेपाली भाषालाई अनिवार्य गराउने जस्ता कयौँ राष्ट्रहितका ऐतिहासिक कामहरू गरे । देवकोटा आफूले हात हालेका र जिम्मेवारी पाएका हरेक क्षेत्रमा एक असल, निष्कलङ्क र अब्बल व्यक्तित्वका रूपमा चिनिए ।

यिनै अतुलनीय र युगान्तकारी योगदानका कारण उनी नेपाली भाषा साहित्यमा 'महाकवि' र 'सर्वोत्कृष्ट साहित्यकार' का रूपमा प्रख्यात छन् । उनले विश्व समुदाय र तास्कन्द सम्मेलनमा नेपाली जातिको शिर सधैँका लागि उच्च पारेका थिए । जीवनको अन्तिम समयमा क्यान्सर रोगको भयानक पीडाले मृत्युशय्यामा छटपटाउँदा समेत उनले साहित्य सिर्जना गर्न छोडेनन् र "संसार रूपी सुखको सागर..." भन्दै अन्तिम रचना गरे। देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य, शिल्प र सङ्ख्यात्मक योगदान आजको दिनसम्म पनि अद्वितीय र अप्राप्य रहेको छ। नेपाली कविताको इतिहासमा अहिलेसम्मको यात्रामा प्रतिभा, रचनाको परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च स्थानमा विराजमान छन्। उनको भौतिक शरीर आज यस धर्तीमा नरहे तापनि उनी आफ्ना अमूल्य कालजयी कृतिहरूका माध्यमबाट करोडौँ नेपालीको मनमा अनवरत बाँचिरहेका छन् र इतिहासमा अमर बनेका छन् ।

९. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेखन्होस् :

क) मुख्य चार बुँदाहरू (बुँदा टिपोट):

  • भाषाको मुख्य र आधारभूत काम मानव समाज र व्यक्तिको दैनिक आवश्यकताको परिपूर्ति गर्नु रहेको,
  • नेपाली भाषामा आफ्ना विचार प्रकट गर्ने उच्च अभिव्यक्ति क्षमता र नयाँ-नयाँ शब्दहरूलाई आत्मसात् गर्ने विशिष्ट क्षमता रहेको,
  • नेपाली भाषाको गरिमा जोगाउन यसका वक्ताहरूमा विनाकारण अरू विदेशी भाषाका शब्दहरू प्रयोग नगर्ने दृढ प्रतिबद्धता हुनुपर्ने,
  • भाषा देश र जनताको मौलिक पहिचानसँग प्रत्यक्ष गाँसिएको हुनाले भाषिक आत्मनिर्भरताको दिशातिर हाम्रो सकारात्मक सोच र सामूहिक प्रयास हुनुपर्ने ।

ख) सारांश (उपयुक्त शीर्षक सहित):

नेपाली भाषाको संरक्षण

भाषाको मुख्य काम समाज र व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो । नेपाली भाषामा उच्च अभिव्यक्ति क्षमता र नयाँ शब्दलाई आत्मसात् गर्ने सामर्थ्य रहेकाले यसका वक्ताहरूमा अन्य भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्छ। भाषा देशको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातर्फ हाम्रो सोच र प्रयास केन्द्रित हुनु आवश्यक छ ।

* अनुच्छेदमा दिइएको जम्मा शब्द सङ्ख्या: ११५
* सारांशमा हुनुपर्ने शब्द सङ्ख्या (एक तृतीयांश): ३९
* सारांशमा भएको वास्तविक शब्द सङ्ख्या: ४४
१०. व्यक्तिवृत्तको ढाँचाबारे दिइएको अनुच्छेद अध्ययन गर्नुहोस् र व्यक्तिवृत्त तयार पार्नुहोस् :

व्यक्तिवृत्त (Curriculum Vitae)

नाम :हुमाकान्त बेल्बासे
जन्ममिति :वि.सं. २०३०-०४-२५
आमाबुवाको नाम :डिलकुमारी बेल्बासे र ढालप्रसाद बेल्बासे
स्थायी ठेगाना :सितगंगा-६, अर्घाखाँची
अस्थायी ठेगाना :ठिमी, भक्तपुर
शिक्षादीक्षा :शिक्षाशास्त्रमा स्नातकोत्तर (M.Ed.)
पेसा व्यवसाय तथा काम :शिक्षण (अध्यापन)
रुचि क्षेत्र :साहित्य अध्ययन, लेखन र सिर्जनात्मक अध्यापन
कामको अनुभव :निजी शैक्षिक संस्थामा करिब १३ वर्ष र सामुदायिक विद्यालयमा ४ वर्ष निरन्तर अध्यापन
तालिम :उच्च स्तरको कम्प्युटर तालिम तथा आधुनिक शिक्षक तालिम
विशेष दक्षता :प्रविधिमैत्री अनलाइन शिक्षण, शैक्षिक भिडियो सामग्री निर्माण तथा शिक्षण सामग्री विकास
सम्पर्क नम्बर :९८४२१*****
इमेल :humakanta.belbase@email.com
हस्ताक्षर :(हस्ताक्षर गरिएको)
११. लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाइँलाई भविष्यमा कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो, लेख्नुहोस् ।

उत्तरः
नेपाली साहित्यका उज्ज्वल नक्षत्र तथा युगपुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रेरणादायी र सङ्घर्षमय जीवनी पढेपछि मलाई भविष्यमा समाज र राष्ट्रका लागि समर्पित एक असल, निष्कलङ्क र परोपकारी मान्छे बनूँ जस्तो लाग्यो । हुनत मसँग महाकवि देवकोटासँग जस्तो अलौकिक, अद्वितीय र विराट् बौद्धिक प्रतिभा त छैन र त्यो सम्भव पनि नहोला, तैपनि आफ्नो व्यक्तिगत क्षमता, शैक्षिक स्तर र हैसियतले भ्याएसम्म समाजको कुनै न कुनै क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने दृढ इच्छा र भावना मभित्र जागृत भएको छ ।

मभित्र देवकोटा जस्तो उच्च साहित्यिक र कलाका क्षेत्रमा ठुलो काम गर्न सक्ने विशिष्ट खुबी नभए तापनि एउटा सच्चा, निस्वार्थ समाजसेवी भएर समाजका असहाय, गरिब र पिछडिएका मानिसहरूको सेवा गर्न मन लागेको छ । यस जीवनीले मलाई हामी मानिसले केवल आफ्नो व्यक्तिगत स्वार्थ, धनसम्पत्ति र भौतिक खुसी मात्र हेरेर बस्नु नहुने रहेछ भन्ने अमूल्य ज्ञान दियो। एउटा सामाजिक र चेतनशील प्राणी भएको नाताले हामीले समाज र देशका लागि पनि केही सार्थक काम गर्नुपर्ने रहेछ। त्यसैले, म सर्वप्रथम त लगनशील भएर आफ्नो अध्ययनलाई पूर्ण गर्ने छु र भविष्यमा एउटा सफल, प्राविधिक रूपमा दक्ष र असल मान्छे बनेर आफ्नो मातृभूमिको सेवा र हितमा निरन्तर लागिरहने प्रण गर्दछु।

१२. देवकोटा छाँगो छङ्छङाए झैं कविता लेख्ने कवि हुन्' भन्ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्नुहोस् ।

पाठक प्रतिक्रिया

‘देवकोटा छाँगो छङ्छङाए झैँ कविता लेख्ने कवि हुन्'

महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने र नेपाली साहित्यलाई समृद्धिको शिखरमा पुर्‍याउने आधुनिक नेपाली साहित्यका महान् युगपुरुष हुन्। उनी वास्तवमै पहाडको अग्लो भिरबाट बाधा-अड्चन विना प्रकृतिको तालमा छाँगो छङ्छङाए झैँ तीव्र विजुली वेगमा धाराप्रवाह कविता लेख्थे। उनले लगातार चार दशकसम्म विभिन्न साहित्यिक विधाका दर्जनौँ कालजयी कृतिहरू रचना गरी नेपाली वाङ्मयलाई अद्वितीय रूपमा समृद्ध तुल्याए, जुन कुरा सामान्य मानवका लागि अचम्मको विषय हो ।

उनी मानिसहरूसँग सामान्य कुराकानी गर्दागर्दै पनि तुरुन्तै सुन्दर कविता रच्न सक्थे र अझ भनौँ भने, उनी कवितैकविताको माध्यमबाटै कुराकानी गर्न सक्ने अद्भुत क्षमताका धनी थिए । उनले मात्र तीन महिनाको छोटो अवधिमा 'शाकुन्तल' महाकाव्य, केवल १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातको अन्धकारमा 'कुञ्जिनी' खण्डकाव्य लेखेर नेपाली साहित्यमा आफ्नो जादुमयी र अलौकिक कवित्व प्रमाणित गरेका थिए । यिनै अतुलनीय योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात र सम्मानित छन् ।

प्रशस्त, गहकिला र दार्शनिक भावले भरिएका कविता, खण्डकाव्य र महाकाव्य जस्ता रचनाले गर्दा उनी 'महाकवि' का रूपमा जनमानसमा पूजनीय छन् । उनी उच्च कोटिका आशुकवि थिए, जो हिँड्दा-हिँड्दै, बस्दा-बस्दै विना कुनै मानसिक दबाब धारा प्रवाह कविता लेखिदिन्थे । उनले केवल छोटो समयमा धेरै सङ्ख्यामा मात्र लेखेनन्, बरु ती कृतिहरू विश्व स्तरका, अत्यन्तै स्तरीय र गहन भाव बोकेका छन् । त्यसैले उच्च पहाडको कन्दराबाट बग्ने छाँगो छङ्छङाए झैँ उनका कलमबाट सदैव अनुपम साहित्यिक सिर्जनाहरू प्रस्फुटित भइरहन्थे भन्ने कुरामा कसैको पनि दुई मत हुन सक्दैन र यो भनाइ शतप्रतिशत सत्य छ भनी म आफ्नो पूर्ण सहमति प्रकट गर्दछु ।

१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(अ) चट्याङ भनेको के हो ?
उत्तरः समुद्र सतहभन्दा करिब १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा बादलहरूको घर्षणबाट उत्पन्न हुने शक्तिशाली विद्युत्को प्रवाह नै चट्याङ हो ।


(आ) चट्याङ कसरी पर्छ ?
उत्तरः जब वायुमण्डलको बादलमा भएका मसिना कणहरू आपसमा घर्षण भई आवेशित हुन्छन् र धन तथा ऋण आवेशमा परिवर्तित हुन्छन्, तब आकाशमा तीव्र विद्युत् उत्पन्न हुन्छ । यो उत्पन्न भएको शक्तिशाली करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजका साथ ठक्कर खान्छ र यसरी जमिनमा चट्याङ पर्छ ।


(इ) चट्याङ परेका वेला गर्न नहुने काम के के हुन् ?
उत्तरः चट्याङ परेका वेला ज्यान जोगाउनका लागि अग्लो वस्तु, ठुला रुख, खुला गाडी, खुला मैदान वा ठाउँ, झन्डा बाँध्ने फलामे पाइप वा बाँसनजिक र घरभित्रका विद्युतीय उपकरण तथा वस्तुहरूनजिक जानुहुँदैन र तिनको प्रयोग गर्नुहुँदैन ।


(ई) चट्याङबाट हुने दुर्घटनाबाट कसरी बच्न सकिन्छ ?
उत्तरः चट्याङबाट हुने सम्भावित ठुलो दुर्घटना र धनजनको क्षतिबाट बच्नका लागि चट्याङ परेको वा गड्याङगुडुङ गरेको वेला तुरुन्तै सुरक्षित र पक्की भवनमा गई आश्रय लिनुपर्छ, साथै घरहरूमा अर्थिङ वा लाइटनिङ एरेस्टर (चट्याङ प्रतिरोधक यन्त्र) जडान गर्नुपर्छ ।

Sikshya Plus
निरन्तर सिकाई, उज्ज्वल भविष्य।

Frequently asked questions

What is लक्ष्मीप्रसाद देवकोटा about?

This chapter is centered around the life, literary contributions, and biography of the great Nepali poet Laxmi Prasad Devkota. It includes various language exercises such as vocabulary matching, expanding abbreviations, sentence making, reading comprehension, and writing personal profiles and book reviews.

Which topics are covered in लक्ष्मीप्रसाद देवकोटा?

Class 10 Nepali “लक्ष्मीप्रसाद देवकोटा” covers: लक्ष्मीप्रसाद देवकोटाको जीवनी; शब्दभण्डार र वाक्य गठन; सङ्क्षिप्त शब्दका पूरा रूप; बोध र अभिव्यक्ति; साहित्यिक योगदानको समीक्षा.

What should I focus on in लक्ष्मीप्रसाद देवकोटा for the exam?

Students should focus on the biography of Laxmi Prasad Devkota, his literary contributions, and language exercises like expanding abbreviations and writing personal profiles for exams.

What are the key formulas or definitions in लक्ष्मीप्रसाद देवकोटा?

सिङ्गो शब्दको वाक्यमा प्रयोग गर्ने तरिका; जीवनीका आधारमा घटना र सालको तालिकरण; व्यक्तिवृत्त (Bio-data) तयार पार्ने ढाँचा; पाठक प्रतिक्रिया र समीक्षा लेखन.

Where can I read the Class 10 Nepali “लक्ष्मीप्रसाद देवकोटा” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for लक्ष्मीप्रसाद देवकोटा. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install